गठबन्धनको भरमा माओवादीलाई पहिलो कम्युनिष्ट पार्टी बनाउने प्रचण्डको उद्घोष, एमाले परास्त हुने दावी
नेपालबहस संवाददाता
भदौ ३०, २०७९ बिहिबार १८:४२:३१
३० भदौ, काठमाडौं । सत्ता गठबन्धनमा सीट बाँडफाँड मिलाउन नसकिरहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले आगामी निर्वाचनमा माओवादीलाई नेपालको पहिलो कम्युनिष्ट पार्टी बनाउने उद्घोष गरेका छन् । उनले जनताले देशको चाबी माओवादीलाई दिन चाहेकाले आगामी निर्वाचनबाट एमाले परास्त हुने दावीसमेत गरेका छन् ।
पोष्टबहादुर बोगटीको स्मृति दिवसमा काठमाडौं केन्द्रीय कार्यालयमा बिहीबार आयोजित कार्यक्रममा अध्यक्ष प्रचण्डले आगामी प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा पहिलो कम्युनिष्ट पार्टी बन्ने दाबी गर्दै स्थानीय तह निर्वाचनको सन्देश जनताले माओवादी पार्टीको हातमा देश सञ्चालनको चाबी दिन चाहेको देखिएको बताए ।
उनले पार्टी एकजुट भएर जानुपर्ने, पार्टीको निर्णयलाई सर्वोपरी राखेर अगाडि बढ्नुपर्ने भन्दै माओवादी कमजोर भए राष्ट्र कमजोर हुने र संविधान प्रतिगमनतिर जाने दावी गरे । स्थानीय तहमा पार्टी कार्यकर्ता एकढिक्का भएर नलागेको पनि दाहालको गुनासो थियो । स्थानीय तह निर्वाचनमा माओवादी नेता र कार्यकर्ताहरूले जति मिहिनेत गर्नुपर्ने, जति एकतावद्ध हुनुपर्ने हो, जति जनताको बीचमा जानुपर्ने हो त्यो हुन नसकेको भन्दै दाहालले गुनासो व्यक्त गरेका थिए ।
आन्तरिक व्यवस्थापन राम्रो नगर्दा जनताको साथ हुँदा पनि देशको पहिलो पार्टी बन्ने अवसर स्थानीय तहमा गुमाएको भन्दै उनले स्थानीय तह निर्वाचनमा पार्टीभित्र देखिएको समस्या समाधान गर्नका लागि पार्टीभित्र छलफल भइरहेको उनले जानकारी दिए । उनले माओवादी कमजोर भए र माओवादी र जनताको सम्बन्ध सदृढ, सुमधुर हुन नसके मुलुक फेरि राजनीतिक संकटमा जाने भनाइ राखे ।
प्रतिनिधिसभा विघटनलाई माओवादी कमजोर हुनुको परिणामसँग तुलना गर्दै प्रचण्डले भने, ’माओवादी पार्टी कमजोर भए, माओवादी र जनताको सम्बन्ध सदृढ, सुमधुर हुन सकेन भने कुनैपनि बेला संघर्ष र बलिदानबाट प्राप्त भएको उपलब्धि उल्ट्याउने षड्यन्त्र हुनसक्छ ।’
प्रचण्डले पार्टीभित्रको व्यवस्थापनलाई राम्रोसँग मिलाउन सके आगामी निर्वाचनमा माओवादी केन्द्र नै पहिलो कम्युनिष्ट पार्टी बन्ने दाबी गरे । पार्टीले विधिगत उम्मेदवार खडा गरेपछि सबैले पार्टीको जितको लागि आवश्यक मेहनत गर्नुपर्ने बताउँदै उनले स्थानीय तहका निर्वाचनबाट र पार्टीका अनुभवबाट शिक्षा लिएर आगामी प्रदेश र प्रतिनिधिसभा सदस्यको निर्वाचनमा सन्तुलित, स्पष्ट, पारदर्शी र एकतावद्ध ढंगले पार्टी अघि बढ्ने बताए ।
प्रचण्डले माओवादी पार्टी कमजोर भए र माओवादी र जनताको सम्बन्ध सदृढ, सुमधुर हुन नसके कुनै पनि बेला संघर्ष र बलिदानबाट प्राप्त भएको उपलब्धि उल्ट्याउने षड्यन्त्र हुनसक्ने आशंका व्यक्त गरे । माओवादी केन्द्रलाई वैचारिक ढंगले परिमार्जन गर्न आवश्यक रहेको बताउँदै प्रचण्डले पार्टी भित्रका सम्बन्धलाई सहज बनाउने र जनसम्बन्धलाई पनि घनिष्ट बनाउने कुरामा पार्टी लाग्नुपर्ने आवश्यक्ता रहेको औँल्याए । समाजवादको लागि कम्युनिष्टहरुबीचमा एकताको आवश्यक रहेको भन्दै उनले व्यावहारिक संघर्षलाई निरन्तरता दिनुपर्ने खाँचो रहेको उल्लेख गरे ।
प्रचण्डले भने, ‘कहिलेकाहिं त म सौभाग्यशाली हो कि, अभागी हो कि जस्तो लाग्छ । तपाईंले हेर्नुभयो भने कांग्रेस पनि त्यहीँ हुन्छ, एमाले पनि त्यहीँ हुन्छ, अरु पार्टी पनि त्यहीँ हुने जो स्थिति बनेको छ । तपाईं हामी सबैले यो ठूलो कुरा छ, यसको रक्षा गर्नुपर्छ भनेर भनिदिनुभयो, बुझिदिनुभयो भने र मैले जत्तिकै सबैले मिहिनेत गरिदिनुभयो भने ठूलो कुरा हुन्छ भन्ने लाग्छ ।’
राजनीतिको केन्द्र आफू बन्दा जनयुद्धको बेलामा जस्तो फुर्सद पनि नहुने अनुभव उनले सुनाए । अहिले आफूले जनयुद्धको बेलामा भन्दा बढी मिहिनेत गर्ने गरेको भन्दै प्रचण्डले पार्टीका नेता–कार्यकर्ताहरुलाई पनि पार्टीलाई बलियो बनाउन मिहिनेत गर्न सुझाए । माओवादीलाई पहिलो कम्युनिष्ट पार्टी बनाउने कुरामै धेरै समय खर्चिका प्रचण्डले गठबन्धनबारे भने कुनै भनाइ राखेनन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपइलाममा एकीकृत समाजवादी र राप्रपाको लज्जास्पद हार, झलनाथ थिए चुनावी कमाण्डर !
बैशाख १८, २०८१ मंगलबार
इलाम–२ मा रास्वपाको जमानत जफत
बैशाख १८, २०८१ मंगलबार
इलाम- २ मा एमालेका सुहाङ नेम्वाङ विजयी
बैशाख १८, २०८१ मंगलबार
सशस्त्रमा आईजीपी अर्याल विरुद्ध मोर्चाबन्दी !
नेपालबहस संवाददाता
जेठ १६, २०८१ बुधबार
के हो गृहमन्त्री लामिछानेको महिनावारी फण्डा ?
नेपालबहस संवाददाता
जेठ १५, २०८१ मंगलबार
झापामा हुरीबतासले करोडौँको क्षति, विद्युत् आपूर्ति बन्द
नेपालबहस संवाददाता
जेठ १६, २०८१ बुधबार
डीआईजी र एसएसपी सरुवामा गृहमन्त्रीको मनोमानी, ५ महिना नपुग्दै लखेटिए आचार्य
जेठ १७, २०८१ बिहिबार
सन्दीप लामिछानेलाई अमेरिकाले फेरि पनि दिएन भिसा
जेठ १७, २०८१ बिहिबार
सिटिजन्स बैंकको पार्टनर फर प्रोग्रेस भिडियो प्रतियोगिता
जेठ १७, २०८१ बिहिबार
सिटिजन्स बैंकका ग्राहकलाई अनमोल डेण्टलका सेवाहरुमा १५% सम्मको आकर्षक छुट
जेठ १७, २०८१ बिहिबार
तापक्रममा ‘रेकर्ड ब्रेक’ : वर्षकै सबैभन्दा बढी नेपालगञ्जमा ४४.२ डिग्री
जेठ १७, २०८१ बिहिबार
बजेट पारदर्शितामा नेपाल ५८ औं स्थानमा
जेठ १७, २०८१ बिहिबार
मधेस प्रदेश सरकारको बेरुजु एक अर्ब ५९ करोड
जेठ १७, २०८१ बिहिबार
कांग्रेस मात्रै लोकतान्त्रिक पार्टी हो : नेता निधि
जेठ १७, २०८१ बिहिबार