निर्वाचन कार्यतालिका हेरफेर गर्न आयोगद्वारा अस्वीकार, संसद अधिवेशन अत्य गर्ने तयारी
नेपालबहस संवाददाता
भदौ ३१, २०७९ शुक्रबार १८:१३:१९
३१ भदौ, काठमाडौं । निर्वाचन आयोगले शनिबार मध्यरातिबाट संसदको कार्यकाल सकिने जनाएपछि शनिबार मध्यरातिबाट संसद अधिवेशन अन्त्य गर्ने तयारी भएको छ । त्यसका लागि सभामुख अग्नीप्रसाद सापकोटाले सांसदहरूलाई बिदाई गर्ने तयारी समेत थालिसकेका छन् ।
सरकारले संसदकाे कार्यकाल लम्ब्याउन लागेको गलत सन्देश गएकाले समानुपातिकको बन्दसूची बुझाउने अघिल्लो दिनबाटै राष्ट्रपतिसमक्ष संसद अधिवेशन अन्त्यको सिफारिस गर्ने तयारी भएको एक उच्च अधिकारीले बताए ।
मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको समानुपातिकतर्फको कार्यक्रम आइतबारदेखि सुरु हुँदैछ । आइतबार र सोमबार राजनीतिक दलले उम्मेदवारको बन्दसूची बुझाउनुपर्ने कार्यक्रम तय गरिएको छ । आयोगले बन्दसूची बुझाउने अघिल्लो दिन नै संसदकाे कार्यकाल सकिने जानकारी गराइसकेको थियो । सरकारले भने राष्ट्रपतिले नागरिकता विधेयक पारित नगरेसम्म प्रतिनिधिसभा कायम राख्ने प्रयत्न गरेको थियो । निर्वाचन आयोगले निर्वाचन कार्यक्रम सार्न नसक्ने जनाउ दिएपछि सरकारले अधिवेशन अन्त्यको सिफारिस गर्न लागेको हो ।
‘संसदको अन्त्यसँगै सभामुखले सांसदहरुको बिदाई कार्यक्रम पनि राखेका छन्’, स्रोतले भन्यो । स्रोतका अनुसार सांसदहरुलाई समय भने भनिएको छैन । करिब पाँच वर्षे कार्यकाल सिध्याएर सांसदहरु आगामी निर्वाचनको तयारीमा जिल्ला जाने कार्यक्रम बनाएका छन् । २०७४ साल फागुन २१ गते संघीय संसद भवन नयाँ बानेश्वर छिरेका प्रतिनिधिसभाका सांसदहरु असोज १ गतेबाट बिदा हुन लागेका हुन् । संघीय संसद सचिवालयले असोज १ गतेसम्म सांसदहरुको बिदाई कार्यक्रम गर्ने तयारी गरेको छ ।
प्रतिनिधिसभाको कार्यर्काल शनिबार सकिने भएपछि २७ वटा विधेयक निष्क्रिय हुने भएका छन् । राष्ट्रियसभाबाट पारित भएर प्रतिनिधिसभाले अड्काएकै कारण ५ वटा विधेयक निष्क्रिय हुँदैछन् । संविधानको धारा १११ को उपधारा १० मा प्रतिनिधिसभाको कार्यकाल समाप्त भएपछि यही सभामा उत्पत्ति भएको विधेयक स्वतः निष्क्रिय भएको मानिने व्यवस्था छ । सरकारले भने प्रतिनिधिसभाको कार्यकाल अन्त्य नभई ११ औं अधिवेशन अन्त्यको घोषणा गर्न लागेको हो । संसद अधिवेशनको अन्त्यसँगै सरकारले निर्वाचनका लागि तयारी गर्न सबै पक्षलाई आग्रह गर्ने भएको छ ।
मुलुकका सबैजसो दलहरु शनिवार र आइतबार समानुपातिक निर्वाचनका लागि उम्मेदवार छनौटमा व्यस्त रहनेछन् । ‘निर्वाचन लागिसक्यो खास सरकारी कामहरु हुँदैनन, नियमति कामहरु हुनेछन् ठूला कामहरु थाति रहनेछन्’, एक मन्त्रीले भने । निर्वाचन आयोगलाई समानुपातिकको नाम पेश गर्ने समय केही पर सार्न सरकारले आग्रह गरेको भएपनि आयोगले त्यसलाई मानेको छैन । ‘समानुपातिकको बन्द सूची हेरफेर गर्न आयोगलाई आग्रह गरिएको थियो, तर अस्वीकार भयो’, स्रोतले भन्यो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपइलाममा एकीकृत समाजवादी र राप्रपाको लज्जास्पद हार, झलनाथ थिए चुनावी कमाण्डर !
बैशाख १८, २०८१ मंगलबार
इलाम–२ मा रास्वपाको जमानत जफत
बैशाख १८, २०८१ मंगलबार
इलाम- २ मा एमालेका सुहाङ नेम्वाङ विजयी
बैशाख १८, २०८१ मंगलबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
हावाहुरीले उदयपुरमा करोडौँको क्षति
जेठ ६, २०८१ आइतबार
ट्राफिक प्रहरी जवानको हत्या आरोपमा ६ जना पक्राउ
जेठ ६, २०८१ आइतबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ७, २०८१ सोमबार
७५ प्रतिशत नागरिक उच्च गुणस्तरको खानेपानीको पहुँच बाहिर
जेठ ६, २०८१ आइतबार
बर्दियामा मृतावस्थामा पाटेबाघ फेला पर्यो
जेठ ६, २०८१ आइतबार
बर्दियामा मृतावस्थामा पाटेबाघ फेला प¥यो
जेठ ६, २०८१ आइतबार
कञ्चनपुरको न्यायिक समितिमा इजलास र जनशक्ति अभाव
जेठ ६, २०८१ आइतबार
बिआरआई कार्यान्वयन योजना अन्तिम चरणमा
जेठ ६, २०८१ आइतबार