बाजुरामा दोस्रो चरणको फाइजर खोप लगाइँदै
नेपालबहस संवाददाता
भदौ ३१, २०७९ शुक्रबार १९:४०:८
३१ भदौ, बाजुरा । जिल्लामा विभिन्न स्वास्थ्य संस्थामा पहिलो चरणमा फाइजर खोप लगाएका बालबालिकालाई स्वास्थ्य कार्यालय बाजुराले दोस्रो चरणको फाइजर खोप आजदेखि संचालन गरेको छ ।
पाँचदेखि ११ वर्षमुनिका बालबालिकाको लागि जिल्लाभरि दोस्रो चरणको फाइजर खोप लगाइने स्वास्थ्य कार्यालय बाजुराका कार्यालय प्रमुख महेश चन्दले जानकारी दिए । जिल्लाका नौवटै पालिकाका १९ हजार एक सय ७१ बालबालिकालाई उक्त खोप लगाउन लागिएको हो ।
कार्यालयले एक सूचना जारी गर्दै उक्त उमेर समूहका बालबालिकालाई नजिकैको खोप केन्द्रमा गएर खोप लगाउनसमेत आग्रह गरेको छ । पहिलो चरणमा फाइजर खोप पाएका बालबालिकालाई अनिवार्यरुपमा दोस्रो चरणको खोप लगाउन लागेको कार्यालय प्रमुख चन्दको भनाइ छ ।
स्वास्थ्यचौकी, प्राथमिक स्वास्थ्यचौकी र सामुदायिक स्वास्थ्य सस्था मार्फत् खोप संचालन गर्ने गरी खोप पठाइएको स्वास्थ्य कार्यालयले जनाएको छ । यसका लागि स्वास्थ्यकर्मी पठाइएको छ ।
पहिलो चरणमा खोप पाएका बालबालिकालाई अनिवार्यरुपमा खोप लगाउन र उक्त खोपबाट नछुटाउने गरी आजदेखि संचालन गर्न थालिएको हो । खोप नलाउँदा कोरानो जोखिम उच्च हुने र संक्रमण बढी हुने सम्भावना भएकाले बालबालिकालाई खोप लगाउन आवश्यक रहेको स्वास्थ्य कार्यालयले बताएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजनताको सेवा निस्वार्थ भावले गर्न मुख्यमन्त्री शाहको निर्देशन
असोज १७, २०८१ बिहिबार
सुदूरपश्चिम प्रदेशसभाः बजेटमाथिको छलफल सुरु
असोज ५, २०८१ शनिबार
प्रहरीमा चार हजार दरबन्दी रिक्त, कासमु देखाएर वृत्ति विकासमा बन्ध्याकरण !
नेपालबहस संवाददाता
असोज १८, २०८१ शुक्रबार
कर्णालीले जित्यो एभरेस्ट महिला भलिबल लिगको उपाधि
नेपालबहस संवाददाता
असोज १९, २०८१ शनिबार
दाउन्ने सडकखण्डमा ठूला मालवाहक सवारीसाधन सञ्चालनमा रोक
नेपालबहस संवाददाता
असोज १९, २०८१ शनिबार
कर्णालीले जित्यो एभरेस्ट महिला भलिबल लिगको उपाधि
असोज १९, २०८१ शनिबार
दाउन्ने सडकखण्डमा ठूला मालवाहक सवारीसाधन सञ्चालनमा रोक
असोज १९, २०८१ शनिबार
५६ अंकले बढेर २६५३ विन्दुमा उक्लियो नेप्से, ६ अर्ब १३ करोडको शेयर खरिदबिक्री
असोज २०, २०८१ आइतबार
गौशाला धर्मशालाको व्यबस्थापन पशुपति विकास कोषले गर्ने
असोज २०, २०८१ आइतबार
अवैध लागूऔषधसहित विभिन्न स्थानबाट ११ जना पक्राउ
असोज २०, २०८१ आइतबार
राष्ट्रपतिबाट नवनियुक्त प्रधानन्यायाधीश राउतले लिए शपथ
असोज २०, २०८१ आइतबार
इप्पानद्वारा विद्युत् बिक्री सम्झौताको स्वागत
असोज २०, २०८१ आइतबार