कर्मचारी सञ्चय कोष ६१औँ वर्षमा, गत आवमा ३३ करोड ७८ अर्ब आम्दानी
नेपालबहस संवाददाता
असोज २, २०७९ आइतबार २२:५४:४२
२ भदौ, काठमाडौं । कर्मचारी सञ्चय कोषले शुक्रबार स्थापनाको ६१औँ वार्षिकोत्सव मनाएको छ। कोषले ‘सुरक्षित भविष्यका लागि निवृत्तभरण तथा सञ्चय कोष’ भन्ने मूल नाराका साथ वार्षिकोत्सव कार्यक्रम गरेको हो ।
२०१९ सालमा स्थापना भएको कोषले २०३६ सालदेखि सरकारी शिक्षकहरूको कोष कट्टीको सुरुवात गरेको थियो। ०४७ सालदेखि निजी क्षेत्रको कोष कट्टीको सुरुवात गरेको कोषले २०५२ देखि कूटनीतिक नियोग, गैरसरकारी संस्थालगायतको कोष कट्टी गर्दै आइरहेको छ । कोषले २०७६ देखि योगदानमा आधारित निवृत्तभरण योजना र २०७७ देखि सार्वजनिक निकायको निवृत्तभरण तथा उपदान योजनाको सञ्चालन गर्दै आएको कार्यक्रममा जानकारी दिइयो ।
वार्षिकोत्सव कार्यक्रममा सञ्चय कोषका निमित्त प्रमुख जितेन्द्र धितालले कोषको वर्तमान अवस्था र भावी कार्ययोजनाको विवरण पेस गरे। उनले कोष ६१औँ वर्षमा प्रवेश गर्दा विज्ञान र प्रविधिको उच्चतम् प्रयोगलाई प्राथमिकता दिइएको बताए । विवरण पेस गर्दै धितालले भने, ‘कोषले क्यूआर कोर्डसहितको कार्डको व्यवस्था गर्नुका साथै, कार्यालयको सम्पूर्ण सुविधा र जानकारीको लागि केएसके मोबाइल एपसमेत सञ्चालनमा ल्याएको छ ।’
निमित्त प्रशासक धितालका अनुसार कोषमा ५ लाख ५५ हजार सञ्चयकर्ता छन्। यसबाट कोषले ४ खर्ब ५९ अर्बभन्दा बढी वित्तीय स्रोतको परिचालन गरेको छ। धितालले कोषले सरकारको स्वामित्व वा नियन्त्रणमा रहेका तथा सरकारको अनुदानमा सञ्चालन हुने सबै सबै सार्वजनिक निकायका कर्मचारीको योगदानमा आधारित निवृत्तभरण तथा उपदान योजना सुरुवात गरेको जानकारी दिए। उनले भने, ‘कोषमा ९ भन्दा बढी सार्वजनिक निकाय आबद्ध भएका छन् र यो संख्या निरन्तर बढ्दो क्रममा छ।’
भदौ मसान्तसम्म ३६४ कर्मचारीले केन्द्र, सात प्रदेशमा आठवटा कार्यालय र तीनवटा सेवाकेन्द्रबाट सेवा दिइरहेको छ। निमित्त प्रशासक धितालका अनुसार कोषलाई आर्थिक वर्ष २०७८/७९ मा ३३ अर्ब ७८ करोड आम्दानी भएको छ। यसबाट ४ अर्ब २१ करोड खुद मुनाफा हुने अनुमान छ। यो रकमलाई मुनाफा र सामाजिक सुरक्षा सुविधाको रुपमा सञ्चयकर्ताकै हितमा प्रयोग गर्दै जाने धितालले बताए ।
कार्यक्रममा बोल्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिव दिनेश भट्टराईले कोषले सञ्चयकर्तालाई विश्वास दिलाउने काम गरेर उनीहरूको मन जित्न सफल भएको बताए । उनले भने ‘सञ्चय कोषमा सञ्चयकर्ताको रकम र भविष्य मात्रै सुरक्षित भएको छैन, सबैलाई लाभ पनि मिलेको छ।’
कार्यक्रमलाई सम्बोधन गर्दै एआईजी अरुणकुमार बिसीले आर्थिक सुरक्षा दिने उद्देश्यले खोलिएको सञ्चय कोषले सञ्चयकर्तालाई अन्य सुविधा पनि दिएको भन्दै प्रशंसा गरे। ‘कोषले वित्त, ऊर्जा, पर्यटनलगायत क्षेत्रको विकासमा समेत ठूलो टेवा दिएको छ।’ कार्यक्रममा राजस्व सचिव रामेश्वर दंगाल, नेपाली सेना, नेपाल प्रहरीका उच्च अधिकारी, कोष सञ्चालक समितिका सदस्यलगायतको बाक्लो उपस्थिति थियो।
कार्यक्रममा सञ्चय कोषमा २५ वर्षदेखि कार्यरत तीन जना उच्च तहका कर्मचारीलाई दीर्घ सेवा पदक प्रदान गरियो। त्यस्तै ६ जना अधिकृतलाई १५ वर्ष सेवा गरेबापत् सेवा पदक प्रदान गरिएको थियो। वार्षिकोत्सवमा यस वर्षको एसईईमा राम्रो जीपीए ल्याई उत्र्तीण हुने कर्मचारीका छोराछोरीलाई नगद पुरस्कार तथा प्रशंसापत्रसमेत दिइयो।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप१६ जिल्लाका सीडीओसहित गृहका २५ जना सहसचिवको सरुवा (सूचीसहित)
जेठ १६, २०८१ बुधबार
इमेलबाट पठाइएका निवेदनको दर्ता नं दिन सूचना आयोगको निर्देशन
जेठ १६, २०८१ बुधबार
बढेन कर्मचारीको तलब
जेठ १५, २०८१ मंगलबार
सशस्त्रमा आईजीपी अर्याल विरुद्ध मोर्चाबन्दी !
नेपालबहस संवाददाता
जेठ १६, २०८१ बुधबार
के हो गृहमन्त्री लामिछानेको महिनावारी फण्डा ?
नेपालबहस संवाददाता
जेठ १५, २०८१ मंगलबार
सशस्त्रमा आईजीपी अर्याल विरुद्ध मोर्चाबन्दी !
जेठ १६, २०८१ बुधबार
झापामा हुरीबतासले करोडौँको क्षति, विद्युत् आपूर्ति बन्द
जेठ १६, २०८१ बुधबार
दिल्लीको तापक्रम ४९.९ डिग्री सेल्सियस, पानीको अभाव हुन सक्ने चेतावनी
जेठ १६, २०८१ बुधबार
सुदूरपश्चिम प्रदेशसभाः संसदीय दलका नेताको आधिकारिकतामा विवाद
जेठ १६, २०८१ बुधबार
महिलाले राष्ट्रको नेतृत्व लिन अग्रसर हुनुपर्छ : पूर्वराष्ट्रपति भण्डारी
जेठ १६, २०८१ बुधबार
१६ जिल्लाका सीडीओसहित गृहका २५ जना सहसचिवको सरुवा (सूचीसहित)
जेठ १६, २०८१ बुधबार
विकल पौडेललाई थुनामा पठाउने अदालतको आदेश
जेठ १६, २०८१ बुधबार
हाजिरी जमानीमा छुटे कैलाश सिरोहिया
जेठ १६, २०८१ बुधबार
आरोही भनेपछि आफ्नै परिवारको सदस्यजस्तो लाग्छ : प्रधानमन्त्री दाहाल
जेठ १६, २०८१ बुधबार