आईपीओ जारी गर्न धितोपत्र बोर्डमा ३४ कम्पनीको आवेदन, १२ अर्बमाथिको लगानी !
नेपालबहस संवाददाता
असोज २३, २०७९ आइतबार १७:३४:३७
२३ असोज, काठमाडौं । धितोपत्र बोर्डले सर्वसाधारणका लागि विभिन्न क्षेत्रका ३४ कम्पनीलाई आईपीओ जारी गर्न अनुमति दिएको छ । आईपीओ अनुमतिका लागि ती कम्पनीले नियामक निकाय धितोपत्र बोर्डमा आवेदन दिइसकेका छन् ।
बोर्डबाट अनुमति पाएपछि ती कम्पनीको शेयरबजारमा आउनेछ । धितोपत्र बोर्डबाट अनुमति पाएको दुई महिनाभित्र शेयर निष्कासन गरिसक्नुपर्ने कानुनी व्यवस्था छ । यसका आधारमा अबको दुई महिनाभित्रै तीन दर्जनभन्दा बढी कम्पनीको आईपीओ बजारमा आउने भएका हुन् ।
धितोपत्र बोर्डमा आवेदन दिएका विभिन्न क्षेत्रका ३४ कम्पनीले १२ अर्ब १० करोड ५७ लाख ३० हजार ८ सय रुपैयाँ बराबरको (८ करोड १८ लाख २५ हजार ४ सय ८१ कित्ता) आईपीओ निष्कासन गर्न लागेका हुन् । सेयर निष्कासनका लागि आवेदन दिएका ३४ कम्पनीमध्ये २० वटा जलविद्युत् क्षेत्रका हुन् । बिमा र होटल एन्ड टुरिजम्सका २÷२ वटा, लघुवित्त २ वटा, अन्यका ३ वटा, उत्पादन तथा प्रशोधनका ४ वटा र एउटा इन्भेस्टमेन्ट कम्पनी छ ।
नेपाली पुँजीबजारमा बैंक तथा वित्तीय संस्थाको प्रभुत्व बिस्तारै घट्दो क्रममा छ । पछिल्लो समयमा बैंक तथा वित्तीय संस्था र बिमाको हिस्सा घट्दै जानु र जलविद्युत्लगायत अन्य उपसमूहको हिस्सा बढ्दै गएको छ । विगतका वर्षमा पुँजी बजारमा बैंक तथा वित्तीय संस्था र बिमा कम्पनीहरूको हिस्सा ८० देखि ९० प्रतिशतसम्म थियो ।
नयाँ व्यवस्थाअनुसार जलविद्युत्लगायत उत्पादनमूलक क्षेत्रका कम्पनीले आयोजना प्रभावितबाहेक थप कम्तीमा १० प्रतिशत शेयर सर्वसाधारणलाई निष्कासन गर्नुपर्छ । पछिल्लो समयमा उत्पादन तथा प्रशोधन, होटल तथा टुरिजमलगायत वास्तविक क्षेत्रका कम्पनीले पनि सेयर जारी गर्ने क्रम बढेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपराष्ट्रिय बीमा कम्पनीले माग्यो कार्यकारी प्रमुख
माघ २४, २०८० बुधबार
आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स र सिद्धि स्मृति प्रतिष्ठानबिच नगद रहित सेवा सम्झौता
मंसिर १५, २०८० शुक्रबार
न्यून कार्बन उत्सर्जन गर्न ऊर्जा प्रभावकारी भवन निर्माण आवश्यक छ : उपप्रधानमन्त्री सिंह
असोज ११, २०८१ शुक्रबार
नेपाली कांग्रेस शिक्षा विभागमा १० सदस्य मनोनीत
असोज ११, २०८१ शुक्रबार
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा चङ्गा, ड्रोन र बेलुन उडाउनेलाई कारबाही गरिने
असोज ११, २०८१ शुक्रबार
उखु र दुध किसानको भुक्तानीका लागि रकम निकासा
असोज ११, २०८१ शुक्रबार
उपत्यकाका नदीहरुमा पानी सतह बढ्यो, बागमती नदीले खतराको तह पार गर्यो
असोज ११, २०८१ शुक्रबार
न्यायाधीश सिफारिस गरेकोप्रति बारको असन्तुष्टि
असोज ११, २०८१ शुक्रबार