सिम्रिक साकोसको ईकाईगत साधारणसभा दमकमा सम्पन्न
यज्ञप्रसाद भट्टराई
असोज २६, २०७९ बुधबार २३:२६:५४
२६ असोज, काठमाडौं । झापा, ईलाम, पाँचथर र मोरंगमा आफ्नो कार्यक्षेत्र बनाई बिभिन्न ४७ वटाभन्दा बढी सेवाकेन्द्रहरु मार्फत आफ्ना शेयर सदस्यहरुलाई सेवा प्र्याइरहेको सिम्रिक बचत तथा ऋण सहकारी संस्था लि. बिर्तामोड ४ झापाको १२ बार्षिक साधारणसभा सम्पन्न गर्ने क्रममा पाँचौ ईकाईगत बार्षिक साधारणसभा हिजो दमकको कस्मिक पार्टी प्यालेसमा सम्पन्न भएको छ ।
दमक नगर पालिका भित्र रहेका ३ वटा सेवाकेन्द्रहरु, पाडाजुँगी, गौरादह र गौरिगञ्ज सेवाकेन्द्र गरी जम्मा ६ वटा सेवाकेन्द्रहरुको ईकाईगत बाषिक साधारणसभा दमकमा सञ्चालन गरिएको सिम्रिक साकोसका मानव संशाधन बिभागका बिभागिय प्रमूख मिन बहादुर अधिकारीले नेपालबहसलाई बताए ।
कार्यक्रममा प्रमूख अतिथि दमक नगर पालिकाका नगर प्रमूख रामकुमार थापाले स्थानीय सरकार र सहकारी संस्थाहरु बिच एक आपसमा सहकार्य र समन्वय गरेर अघि बढन आग्रह गर्दै हामी सबैको एउटै साझा लक्ष सदस्यहरु र आम नागरिकहरुको भलाई रहेको बताएका थिए । अझै पनि दमकमा तिनहजार सातसय ब्यक्तिहरु सरकारले लागु गरेको स्वास्थ्य वीमा कार्यक्रमबाट बञ्चित रहेको बताउँदै नगर प्रमूख थापाले यस कार्यमा सहकार्य र समन्वय गरेर अगाडि बढन दमक नगर पालिका सदैब तत्पर रहेको बताउदै दमकमा रहेका सम्पूर्ण सहकारी संस्थाहरुलाई यस कार्यमा हातेमालो गर्न आग्रह समेत गरेका छन् ।
दमक नगरका नगर पिता रामकुमार थापाले अरुका गल्ती कमजोरी मात्रै केलाउँदै जाने अनि आफु चाहिँ कहिले पनि नसच्चिने हो भने हाम्रो दुर्गति धेरै टाढा नरहेको समेत स्पष्ट रुपमा बताएका छन् । जिम्मेवार ब्यक्तिले चिल्ला गाढी चढेर मात्रै अब मुलुक परिवर्तन नहुने बताउँदै प्रमूख अतिथि नगर पिता थापाले हामीले परिवर्तनका नाममा जनताको जीवनस्तर कति माथि उठायौं ? हाम्रो नेतृत्वमा जनताले के पाए ? सिटिवाला, ठेलावाला, अति बिपन्न ब्यक्तिले के उपलब्धी गरे ? यि कुराहरुमा हामी सबैले गम्भिर भएर सोच्ने बेला आएको बताउदै यि माथिका बिषयहरुमा निकट भविष्यमै दमकमा रहेका सहकारी संस्थाहरुसँग बसेर ठोस कार्यक्रम बनाउने समेत बताएका छन् ।
सिम्रिक साकोसका कार्यकारी प्रमूख कमल बहादुर बस्नेतले सहकारी संस्थाको सवल पक्ष र कमजोर पक्ष केलाउँदै सिम्रिक साकोसले सरकारी बिधि, बिधान, ऐन, बिनियम र नियमावली भित्र रहेर काम गरिरहेकोले सिम्रिक साकोसका कुनै पनि शेयर सदस्यहरुले बजारमा आएका हल्लाको आधारमा आत्तिनु पर्ने अवस्था नरहेको स्पष्ट पारेका थिए । सञ्चालकहरुले सहकारीबाट धेरै नै सुबिधा लिएको छ कि ? भन्ने भ्रममा नपर्न शेयर सदस्यहरुलाई आग्रह गर्दै एक जना सञ्चालकले धितो कर्जामा रु. सातलाख रुपैयाँ बाहेक अन्य कुनै पनि सञ्चालक समिति सदस्यले तिनलाख भन्दा बढी कर्जा नलिएको समेत स्पष्ट पारेका थिए ।
दमककै प्रबुद्ध ब्यक्तित्व शिक्षाबिद्, समाजसेवी तथा राजनीतिज्ञ तथा सिम्रिक साकोसका सल्लाहकार समिति सदस्य गोबिन्द बहादुर बस्नेतले सिम्रिक सहकारी संस्थामा आबद्ध भएर सहकार्य गरिरहनु भएका शेयर धनीहरुले आफ्नो बचतको सुरक्षा र सहकारीले गरेको लगानीको अवस्थाका बिषयमा शेयर सदस्यहरु चनाखो हुनुपर्ने बताएका थिए ।
संस्थाका अध्यक्ष शुवास भट्टराईले संस्थाको बार्षिक लक्ष तथा प्रगति सहितको १२ औं बार्षिक साधारणसभामा प्रस्तुत हुने बार्षिक प्रतिबेदन प्रस्तुत गर्दै संस्थाले आगामी बर्ष सम्पन्न गर्ने कार्ययोजना समेत पढेर सुनाएका थिए । संस्थाको २०७९ आषाढ मसान्तसम्मको वासलात २६,३०,०६,२४८८।४० रहेको, आषाढ मसान्तसम्ममा शेयर सदस्य संख्या ५१,४३६ जना रहेको, २,१६,२८,६८,३५०।– रुपैयाँ लगानीमा रहेको, संस्थाको निक्षेप रकम रु. ११,३४,३६,०७७८।५३।– रहेको, शेयर पूँजी रु. ३१,८३,९८,८००।– रहेको, जगेडा कोष ७,०७,७६,०४९।६१, संस्थाका स्थिर सम्पत्ति ८,२४,९१,५४४।९७ रहेको अध्यक्ष शुवास भट्टराईको प्रतिबेदनमा उल्लेख रहेको छ ।
३५० भन्दा बढी शेयर सदस्यहरुको उपस्थिति रहेको ईमाईगत साधारणसभामा संस्थाका सञ्चालक समितिका पदाधिकारीहरु, सल्लाहकार समितिका पदाधिकारीहरु, कर्मचारीहरु लगायतको उपस्थिति रहेको थियो ।
यज्ञप्रसाद भट्टराई
यज्ञप्रसाद भट्टराई पूर्वको झापामा रहेर राजनीतिक, सामाजिक अभियानमा क्रियाशील छन् । सहकारी आन्दोलनमा समेत सरिक रहेका भट्टराईले पछिल्लो समय नेपालबहस डटकममा आबद्ध रहेर लेखन तथा पत्रकारिता गरिरहेका छन् ।
लेखकबाट थपकोशी प्रदेशको एक अर्ब ३१ करोड बेरुजु
जेठ १६, २०८१ बुधबार
झापामा हुरीबतासले करोडौँको क्षति, विद्युत् आपूर्ति बन्द
जेठ १६, २०८१ बुधबार
न्यायाधीश सुवेदी र शर्माको इजलासमा पर्यो कोशी सरकारविरुद्धको रिट
जेठ १६, २०८१ बुधबार
सशस्त्रमा आईजीपी अर्याल विरुद्ध मोर्चाबन्दी !
नेपालबहस संवाददाता
जेठ १६, २०८१ बुधबार
के हो गृहमन्त्री लामिछानेको महिनावारी फण्डा ?
नेपालबहस संवाददाता
जेठ १५, २०८१ मंगलबार
झापामा हुरीबतासले करोडौँको क्षति, विद्युत् आपूर्ति बन्द
नेपालबहस संवाददाता
जेठ १६, २०८१ बुधबार
डीआईजी र एसएसपी सरुवामा गृहमन्त्रीको मनोमानी, ५ महिना नपुग्दै लखेटिए आचार्य
जेठ १७, २०८१ बिहिबार
सन्दीप लामिछानेलाई अमेरिकाले फेरि पनि दिएन भिसा
जेठ १७, २०८१ बिहिबार
गण्डकी नीति तथा योजना आयोग उपाध्यक्षमा देवकोटा
जेठ १८, २०८१ शुक्रबार
आज काठमाडौँमा हल्का वर्षा हुने पूर्वानुमान
जेठ १८, २०८१ शुक्रबार
बेलबारीमा बाल कला महोत्सव
जेठ १८, २०८१ शुक्रबार
किसानलाई अनुदानमा ट्रयाक्टर वितरण
जेठ १८, २०८१ शुक्रबार
तनहुँको खुदीखोलामा पक्की पुल बन्दै
जेठ १८, २०८१ शुक्रबार
अमेरिकी पूर्व राष्ट्रपति ट्रम्प सबै ३४ आरोपमा दोषी ठहर, जुलाई ११ मा सजाय तोकिने
जेठ १८, २०८१ शुक्रबार