हस्पाइस नेपालको धापाखेलमा भवन शिलान्यास
नेपालबहस संवाददाता
असोज २८, २०७९ शुक्रबार २३:१०:४७
२८ असोज, काठमाडौं । दिर्घकालिन रोग लागेका व्यक्तिहरुको सामान्य उपचार तथा हेरचाह र निको नहुने रोग लागेका मानिसहरुको हेरचाह गर्ने संस्था हस्पाइस नेपालको धापाखेलमा शिलान्यास भएको छ ।
हस्पाइस नेपाल नेपाल सरकारमा विधिवत रुपमा दर्ता भएको गैर नाफा मुलक, गैरसरकारी संस्था हो । देशमा उपशामक सेवाको विकास गर्ने उद्धेश्यले २०५७ सालमा यसको स्थापना भएको थियो ।
यसले लगनखेलमा आठ शय्याको एकाइमा बिरामी सेवा, काठमाडौं उपत्यकामा सामुदायिक सेवा रग्रामीण समुदायमा आधारित सेवा प्रदान गर्दछ। काठमाडौंको लगनखेलमा सामुदायिक सेवा अन्तर्गत लगनखेलमा आठ शय्याको एकाइमा र मकवानपुरमा ग्रामीण विकास अन्तर्गत मकवानपुर जिल्लामा सेवा प्रदान गर्दछ।
यी दुवै अस्पतलमा सेवाहरु निशुल्क हुनेछन् ।देशैभरि उपशामक सेवा उपलब्ध गराउन हस्पाइस नेपालले तालिम सुविधा युक्त २० शैयाको नमुना उपशामक सेवा केन्द्रको अवधारणा बनाएको छ । यसको लागि ललितपुरको धापाखेलमा ५ रोपनी जग्गा लिइएको छ भने राष्ट्रिय र अन्तरराष्ट्रिय रुपमा कोष संकलन गर्ने कार्य जारी छ ।
प्रोजेक्ट हस्पाइस नेपालमा संलग्न सम्पूर्ण सदस्यहरुको निरन्तरको प्रयास पश्चात ललितपुरको धापाखेलमा गत असोज २५ गते शिलान्यास गरिएको हो । यसको स्थापनाले मुलुकमा उपशामक सेवाको नयाँँ उचाइ प्राप्त गर्ने विश्वास गरिएको छ
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपन्यायोचित ढङ्गबाट कार्यसम्पादन गर्ने लेखापरीक्षक राष्ट्रका आर्थिक पहरेदार : राष्ट्रपति पौडेल
बैशाख २७, २०८१ बिहिबार
पत्रकार महासंघको २७ औँ महाअधिवेशन काठमाडौंमा जारी
बैशाख २१, २०८१ शुक्रबार
फोर एच नोपलको एक बर्षे नेपाल मन्थन अभियान शुरु
बैशाख २०, २०८१ बिहिबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ७, २०८१ सोमबार
सिटिजन्स बैंकका सबै कार्डहरू अति सुरक्षित छन्, ढुक्कले चलाउनु भए हुन्छ
जेठ ६, २०८१ आइतबार
कोरियन नागरिकको सहयोगमा विद्यालयमा शौचालय
जेठ ७, २०८१ सोमबार
महिला उद्योगी व्यवसायी बढ्दै, १० महिनामा दुई करोड ६३ लाख राजस्व संकलन
जेठ ७, २०८१ सोमबार
वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ
जेठ ७, २०८१ सोमबार
आम्दानीको स्रोत बन्दै बगरखेती
जेठ ७, २०८१ सोमबार
बाँदरबाट जोगाउन नसकिएपछि धानको विकल्पमा कागतीखेती
जेठ ७, २०८१ सोमबार