बीमा समिति अब प्राधिकरणमा रुपान्तरण, कार्तिक २२ देखि नयाँ बीमा ऐन कार्यान्वयनमा आउने
नेपालबहस संवाददाता
असोज ३१, २०७९ सोमबार १६:४४:४७
३१ असोज, काठमाडौं । नयाँ बीमा ऐन राजपत्रमा प्रकाशित भएको छ । बीमा समितिलाई प्राधिकरणमा रूपान्तरण गर्ने ऐन गत साता राष्ट्रपति बिद्यादेवी भण्डारीले प्रमाणीकरण गरेकी थिइन् । उक्त ऐन हिजो आइतबार राजपत्रमा प्रकाशित भएको छ ।
राष्ट्रपतिले प्रमाणीकरण गरेको ३१ दिन अर्थात् कात्तिक २२ गतेबाट ऐन लागु हुने प्रावधान रहेको छ । ऐन अनुसार अब बीमा समिति बीमा प्राधिकरण बन्नेछ । प्राधिकरणले आवश्यकता अनुसार नेपाल भित्र वा बाहिर जुनसुकै ठाउँमा बीमा कम्पनीले आफ्नो कार्यालय खोल्न पाउने व्यवस्था गरिएको छ । बीमाको पहुँच न्यून आय भएका वर्गका जनतासम्म पुर्याउनेदेखि लघुबीमा व्यवसायको प्रवर्द्धन गर्ने व्यवस्था नयाँ ऐनमा समेटिएको छ।
बीमा प्रणाली तथा बीमा व्यवासायलाई व्यवस्थित, नियमित, प्रतिस्पर्धी तथा विश्वासनीय बनाइ त्यसको विकास गर्न, गुणस्तरीय सेवा प्रदान गर्न बीमितको हक हित संरक्षण गर्न, बीमा सम्बन्धी प्रचलित कानूनलाई संशोधन र एकीकरण गरी समयानुकूल बनाउन यो ऐन बनाइएको सरकारले जनाएको छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपराष्ट्रिय बीमा कम्पनीले माग्यो कार्यकारी प्रमुख
माघ २४, २०८० बुधबार
आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स र सिद्धि स्मृति प्रतिष्ठानबिच नगद रहित सेवा सम्झौता
मंसिर १५, २०८० शुक्रबार
न्यून कार्बन उत्सर्जन गर्न ऊर्जा प्रभावकारी भवन निर्माण आवश्यक छ : उपप्रधानमन्त्री सिंह
असोज ११, २०८१ शुक्रबार
नेपाली कांग्रेस शिक्षा विभागमा १० सदस्य मनोनीत
असोज ११, २०८१ शुक्रबार
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा चङ्गा, ड्रोन र बेलुन उडाउनेलाई कारबाही गरिने
असोज ११, २०८१ शुक्रबार
उखु र दुध किसानको भुक्तानीका लागि रकम निकासा
असोज ११, २०८१ शुक्रबार
उपत्यकाका नदीहरुमा पानी सतह बढ्यो, बागमती नदीले खतराको तह पार गर्यो
असोज ११, २०८१ शुक्रबार
न्यायाधीश सिफारिस गरेकोप्रति बारको असन्तुष्टि
असोज ११, २०८१ शुक्रबार