स्थानीय स्रोत साधन प्रयोग गर्ने कम्पनीले आईपीओ जारी गर्दा तीन पटक सूचना प्रकाशित गर्नुपर्ने
नेपालबहस संवाददाता
कात्तिक २०, २०७९ आइतबार १६:१:६
२० कात्तिक, काठमाडौं । अब स्थानीय स्रोत साधन प्रयोग गर्ने कम्पनीले आईपीओ जारी गर्दा तीन पटक सार्वजनिक निष्काशनको लागि सूचना प्रकाशित गर्नुपर्ने भएको छ । कम्पनीले स्थानीय प्रभावित क्षेत्रका जनतालाई पहिलोपटक, वैदेशिक रोजगारमा गएकालाई दोस्रोपटक र सर्वसाधारणलाई तेस्रोपटक शेयर निष्काशन गर्नुपर्नेछ ।
नेपाल धितोपत्र बोर्डले हालै वैदेशिक रोजगारीमा गएका कामदारलाई पनि आईपीओमा १० प्रतिशत कोटा तोकेपछि त्यस्ता कम्पनीले तीन पटक सार्वजनिक निष्काशन गर्नुपर्ने भएको हो । स्थानीय स्रोत साधन प्रयोग गर्ने कम्पनीले यसअघि आयोजना प्रभावित जनताका लागि भनेर पहिलोपटक कुल शेयरको १० प्रतिशत शेयर प्राथमिक निष्काशन गर्दथ्यो ।
आयोजना प्रभावितलाई बाँडफाँड गरिसकेर बाँकी रहेको शेयर समेत थप गरेर पुनः सर्वसाधारणको लागि सार्वजनिक निष्काशन हुने गरेको थियो । दुईपटक शेयर निष्काशन गर्नुपर्दा नै प्रक्रिया जटिल भयो भनेर गुनासाे गर्नेहरुले वैदेशिक रोजगारीमा जानेहरुको लागि पनि फेरि छुट्टै आइपीओ जारी गर्नुपर्ने भएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपराजनीतिमा जस्तै शेयर बजारमा पनि उतारचढाव
फागुन २५, २०८० शुक्रबार
तीन पटक सर्किट ब्रेक लागेर आजको कारोबार बन्द
मंसिर २४, २०८० आइतबार
तारागाउँ रिजेन्सी होटल्स लिमिटेडको शेयर कारोबार स्थगन
मंसिर १८, २०८० सोमबार
घट्यो पेट्रोलियम पदार्थको मूल्य, ग्यासको यथावत
जेठ १८, २०८१ शुक्रबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ १९, २०८१ शनिबार
दरबार हत्याकाण्ड: जमिम शाहले भने, ‘आज ठूलै घटना भएको छ, पत्रिका प्रेसमा नपठाउनु’
जेठ १९, २०८१ शनिबार
मुगुमा यार्सागुम्बा संकलनमा गएका तीन जनाको मृत्यु
जेठ १९, २०८१ शनिबार
चीनमा खाद्य सुरक्षा कानुन लागु
जेठ १९, २०८१ शनिबार
नेपालको पूर्वी भूभागमा मनसुन भित्रिन अझै केही दिन लाग्ने
जेठ १९, २०८१ शनिबार
माछापुच्छ्रे बैंकद्धारा सल्यानको विद्यालयमा खानेपानी ट्याङ्की निर्माण
जेठ १९, २०८१ शनिबार
काठमाडौं महानगरले करारमा २४१ नगर प्रहरी भर्ना गर्दै
जेठ १९, २०८१ शनिबार