साताको पहिलो दिन नेप्सेमा हरियाली, म्युचुअल फण्डबाहेक सबै कम्पनीको कारोबार वृद्धि
नेपालबहस संवाददाता
कात्तिक २०, २०७९ आइतबार २१:४२:४७
२० कात्तिक, काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसुचक उकालो लागेको छ । आज नेप्से परिसुचक २.२५ प्रतिशतले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार ४३.२० अंकले बढेर १९६५.३६ विन्दुमा रोकिएको छ ।
साथै ‘क’ वर्गको सेन्सेटिभ इन्डेक्समा २.१३ प्रतिशतले वृद्धि भइ ८.०९ अंकले बढेर ३८७.५२ विन्दुमा रोकिएको छ । बिहीबार भने नेप्से परिसुचकमा ०.८३ अंकले घटेको थियो । यस्तै ३९ लाख १३ हजारभन्दा बढीको शेयर किनबेच हुँदा एक अर्ब ५४ करोड आठ लाख ३२ हजार ५६१ रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।
म्युचुअल फण्डबाहेक सबै कम्पनीको कारोबार बढेको छ । माइक्रोफाइनान्स १९६.२, जीवन बिमा ९५.०९, विकास बैंक ९१.०५, हाइड्रो पावर ६६.६८, होटल तथा पर्यटन ६१.१८, बैंकिङ ११.३९, ट्रेडिङ ५२.८४, फाइनान्स ६४.६९, निर्जीवन बिमा १३३.२६ र अन्य ५६.७६ अंकले बढेको छ ।
आइतबार १८६ कम्पनीको कारोबार भएकोमध्ये १८५ कम्पनीमा वृद्धि भएको छ भने एउटा मात्र कम्पनी घाटेको छ । मानुसी लघुवित्त वित्तिय संस्था १०६.३०, जाल्पा सामुदायिक लघुवित्त वित्तिय संस्था ३०९.९० र एनइएसडिओ समृद्ध लघुवित्त वित्तिय संस्था २८८.५० अंकले वृद्धि भएको छ ।
एनइएसडिओ समृद्ध लघुवित्त वित्तियको शेयर किनबेच गर्दा १० करोड १४ लाख ९६ हजार कढी र एभरेष्ट बैंकमा भने सात करोड नौ लाख एक हजारभन्दा बढीको कारोबार भएको नेप्सेले जनाएको छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपराजनीतिमा जस्तै शेयर बजारमा पनि उतारचढाव
फागुन २५, २०८० शुक्रबार
तीन पटक सर्किट ब्रेक लागेर आजको कारोबार बन्द
मंसिर २४, २०८० आइतबार
तारागाउँ रिजेन्सी होटल्स लिमिटेडको शेयर कारोबार स्थगन
मंसिर १८, २०८० सोमबार
दरबार हत्याकाण्ड: जमिम शाहले भने, ‘आज ठूलै घटना भएको छ, पत्रिका प्रेसमा नपठाउनु’
जेठ १९, २०८१ शनिबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ १९, २०८१ शनिबार
किसानलाई आत्मनिरर्भर बनाउन निःशुल्क धानको बीउ वितरण
जेठ १९, २०८१ शनिबार
वर्षा भएसँगै देशभर तापक्रम घट्यो, कहाँ कति छ ?
जेठ १९, २०८१ शनिबार
दाङमा हुरीसहितको वर्षाले घर भत्किँदा एक जनाको मृत्यु
जेठ १९, २०८१ शनिबार
संघीयताको मर्मअनुसार प्रदेशले अधिकार पाएनः मुख्यमन्त्री पाण्डे
जेठ १९, २०८१ शनिबार
चीनको साउदर्न एयरलाइन्सको दैनिक दुई उडान सुरु
जेठ १९, २०८१ शनिबार
विधिको शासन सञ्चालनका लागि तीन अङ्गबीच समन्वय जरुरीः सभामुख घिमिरे
जेठ १९, २०८१ शनिबार
‘बेहुली फ्रम मेघौली’ को पोस्टर सार्वजनिक, ट्रयाकटर चलाउदै स्वस्तिमा
जेठ १९, २०८१ शनिबार