अब जीडीपीको एक तिहाइसम्म विदेशी ऋण लिन पाइने
नेपालबहस संवाददाता
मंसिर १४, २०७९ बुधबार २१:३७:०
१४ मंसिर, काठमाडौं । सरकारलाई विदेशी ऋण लिन सीमा तोकिएको छ । यसअघि सरकारले पाए र चाहेजति विदेशी ऋण लिने गरिएकोमा त्यसमा कानुनै बनाएर सीमा तोकिएको हो ।
अघिल्लो संसदले बनाएको ‘सार्वजनिक ऋण व्यवस्थापन ऐन, २०७९’ले विदेशी ऋणको सीमा तोकिदिएको हो । यसबाट सरकारले मनलाग्दो तरिकाले ऋण लिएर देशलाई नै संकटमा पार्न सक्ने खतरा टर्ने विश्वास गरिएको छ ।
सरकारले विदेशी ऋण लिँदा अघिल्लो आर्थिक वर्षको कुल गार्हस्थ उत्पादनको एक तिहाईले हुन आउने रकम बराबर मात्रै लिन पाउने व्यवस्था ऐनमा छ ।
ऐनको दफा ५ (२) मा भनिएको छ, ‘नेपाल सरकारले कुनै विदेशी सरकार, विदेशी सरकारी बैंक वा वित्तीय संस्था वा एजेन्सीबाट आवश्यकता अनुसार जम्मा ऋणको कुल अंक अघिल्लो आर्थिक वर्षको कुल ग्रार्हस्थ उत्पादनको प्रचलित मूल्यमा कायम गर्दा हुने रकमको एक तिहाइमा नबढ्ने गरी त्यतिसम्म अंकको प्रचलित विनिमय दरले हुने विदेशी मुद्रा एकै पटक वा पटक पटक गरी ऋण लिन सक्नेछ ।’
मुलकुमा संघ, प्रदेश र स्थानीय तह गरी ३ तहको सरकार रहेपनि विदेशी ऋण लिने अधिकार संघमा मात्रै छ । संघीय सरकारले प्रदेश वा स्थानीय तहको योजना तथा कार्यक्रम वा नेपाल सरकारले स्वीकृत गरेको परियोजना कार्यान्वयनका लागि कुनै विदेशी सरकार, विदेशी सरकारी बैंक वा वित्तीय संस्था वा एजेन्सीबाट ऋण लिन पाउने व्यवस्था ऐनले गरेको छ ।
यसका साथै सरकारले विदेशी ऋणको साँवा तथा व्याज भुक्तानी म्यादभन्दा अगाडि तिर्न सक्ने अवस्था सिर्जना भएमा तिर्न पाउने व्यवस्था ऐनमा छ । यो व्यवस्था ऐनको दफा ५ (६)मा गरिएको छ । यसअघिसम्म यो व्यवस्था थिएन ।
साथै सार्वजनिक ऋण व्यवस्थापन कार्यालय अबदेखि सरकारले लिने विदेशी ऋणको सबै छलफलमा सहभागी हुन पाउने भएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबुधबार बैंकिङ प्रणालीबाट ३० अर्ब उठाउँदै राष्ट्र बैंक
माघ २, २०८० मंगलबार
बर्खास्त गर्ने चेतावनी दिएपछि एमालेका मन्त्रीहरूले दिए राजीनामा
चैत २१, २०७९ मंगलबार
प्रहरीबाट नेता कुटिएपछि राजविराज तनावग्रस्त
चैत २१, २०७९ मंगलबार
न्यून कार्बन उत्सर्जन गर्न ऊर्जा प्रभावकारी भवन निर्माण आवश्यक छ : उपप्रधानमन्त्री सिंह
असोज ११, २०८१ शुक्रबार
नेपाली कांग्रेस शिक्षा विभागमा १० सदस्य मनोनीत
असोज ११, २०८१ शुक्रबार
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा चङ्गा, ड्रोन र बेलुन उडाउनेलाई कारबाही गरिने
असोज ११, २०८१ शुक्रबार
उखु र दुध किसानको भुक्तानीका लागि रकम निकासा
असोज ११, २०८१ शुक्रबार
उपत्यकाका नदीहरुमा पानी सतह बढ्यो, बागमती नदीले खतराको तह पार गर्यो
असोज ११, २०८१ शुक्रबार
न्यायाधीश सिफारिस गरेकोप्रति बारको असन्तुष्टि
असोज ११, २०८१ शुक्रबार