बैंकिङ प्रणाली मार्फत नरैनापुरमा सामाजिक सुरक्षा भत्ता वितरण
नेपालबहस संवाददाता
मंसिर २०, २०७९ मंगलबार १८:३२:२४
२० मंसिर, नरैनापुर । बाँकेको नरैनापुर गाँउपालिकाले पालिकमा रहेको सनराईज बैंकमार्फत सामाजिक सुरक्षा भत्ता वितरण गर्न सुरु गरेको छ । सोमबार एक औपचारिक कार्यक्रमको आयोजना गरी बैंकमार्फत् सामाजिक सुरक्षा भत्ता वितरण सुरु गरिएको बैंकका म्यानेजर दिपक राज अधिकारीले जानकारी दिए ।
बैंक परिसरमा आयोजित कार्यक्रममा नरैनापुर गाँउपालिका अध्यक्ष इश्तियाक अहमद शाहले स्थानीय ६८ बर्षिय इमामीन सार्ईलाई सानराईज बैंक मार्फत नगद रकम हस्तान्तरण गरेर सेवाको सुभारम्भ गरेका हुन ।
जनप्रतिनिधि र वडाका कर्मचारीमार्फत घरैमा बसेर भत्ता बुझ्दै आएका नरैनापुरका लक्षित वर्गका लाभग्राहीलाई बैंकमार्फत सामाजिक सुरक्षा भत्ता वितरण हुन थालेपछि बैंकसम्म पुग्न, बैंकिङ प्रणालीका कागजी प्रक्रिया मिलाउन र भत्ता बुझ्न सामान्य समस्या रहे पनि रकम हिनामिना हुनबाट जोगिएको नरैनापुर ४ का ७४ वर्षीय प्यारे अहिरले बताए ।
नरैनापुर गाँउपालिकाको दोस्रो कार्यकालका लागि नवनिर्वाचित पालिकाका अध्यक्ष इश्तियाक अहमद शाहले अशक्त, अपांगता भएका नागरिक, जेष्ठ नागरिकले पाउने पैसामा अनियमितता भएको देखेपछि बैंकिङ प्रणाली मार्फत सामाजिक सुरक्षाभत्ता वितरण सुरु गरेको बताए ।
हाल यस नरैनापुरमा सामाजिक सुरक्षा भत्ता लिने ३ हजार ३ सय ७७ जना छन् । भत्ता वितरण कार्यक्रममा नरैनापुर गाँउपाकिाका अध्यक्ष इश्तियाक अहमद शाह, प्रमुख प्रशासकिय अधिकृत मणिराम खराल, वडा नं ४ का अध्यक्ष मनोज शर्मा, कार्यपालिका सदस्य सन्तोष श्रीवस्ताव लगायतको सहभागिता रहेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपस्थानीय तहको उपनिर्वाचनका लागि दल दर्ता आजदेखि
असोज १०, २०८१ बिहिबार
स्थानीय तहको उपनिर्वाचनका लागि दल दर्ता गर्न निर्वाचन आयोगको आग्रह
असोज ९, २०८१ बुधबार
गोरखाको अजिरकोटमा कमसल ब्राण्डका बाह्य अल्कोहलिक पदार्थ बिक्रीमा रोक
असोज ९, २०८१ बुधबार
द्वन्द्वकालीन गम्भीर अपराधका घटनामा आममाफी दिइने छैन : प्रधानमन्त्री ओली
असोज १२, २०८१ शनिबार
शनिबार २ बजेसम्ममा देशभर ५० जनाको मृत्यु: १०५३ जनाको उद्धार, १२४४ घर डुबे
असोज १२, २०८१ शनिबार
क्यानडाविरुद्ध नेपालले टस जित्यो
असोज १२, २०८१ शनिबार
विपद् अपडेट : देशभर बाढी, पहिरो र डुबानबाट ८७ जनाको मृत्यु, ७२ बेपत्ता
असोज १२, २०८१ शनिबार
आपत्कालीन उपचारका लागि चौबिसै घण्टा तयार रहन स्वास्थ्यमन्त्री पौडेलको निर्देशन
असोज १२, २०८१ शनिबार
झ्याप्ले खोलामा पहिरोले पुरिएका २ सवारी साधनबाट १४ शव निकायो
असोज १२, २०८१ शनिबार
काठमाडौं उपत्यकामा वर्षाको ‘रेकर्ड ब्रेक’
असोज १२, २०८१ शनिबार