नेपालका नेता चीन पुग्दा भारतका नेता नेपालमा, आगामी सरकारको गठनमा दुवै देशको चासो
कुसुम सेञ्चुरी
मंसिर २१, २०७९ बुधबार १८:५६:३४
२१ मंसिर, काठमाडौं । माओवादीका उपमहासचिव वर्षमान पुन यतिबेला चीनमा छन् । स्वास्थ्य उपचारका लागि भन्दै उनी चीन गएका हुन् । तर यहाँबाट जाने बेलामा पुनले राजनीतिक भेटघाट पनि हुनसक्ने बताएका थिए ।
यता सत्ता गठबन्धनको बैठक बसेर गठबन्धनलाई निरन्तरता दिने निर्णय गरिसकिएको छ । पुन चीनमै रहँदा कांग्रेस र माओवादीसहितको बैठकले यस्तो निर्णय गरेको हो । पछिल्लो पटक नेपालको निर्वाचन परिणामलाई लिएर चिनियाँहरुले चासो व्यक्त गरिरहेका छन् । सो विषयमा नेता वर्षमान पुनले रिपोटिङ गर्ने बताइएको छ ।
तर उनी चीन पुगेको भोलीपल्टै सत्तारुढ भारतीय जनता पार्टी बीजेपीका नेता जगदम्बिका पाल मंगलबार विहान नेपाल आएर साँझ फर्केका छन् । लोकसभा सदस्य तथा उर्जासम्बन्धी संसदीय समितिका सभापति जगदम्बिका पाल एयर इण्डियाको उडानबाट बिहान ९ बजे काठमाडौ आएका थिए । उनी हिजो मंगलबार साँझ ५ बजे भिस्तारा एअरको उडानमा दिल्ली फिर्ता भए ।
तर उनी किन नेपाल आए भन्ने बारेमा केही जानकारी छैन । नेपालका सुरक्षा निकायले उनी आएको सुइको पाएपछि सुरक्षाकर्मी उपलब्ध गराएको थियो । गत कार्तिक १४ गते दिउँसो १ बजे ११ जनाको टोलीसहित आएर जगदम्बा सिमेन्टका साहुजीको महाराजगन्जस्थित गेस्ट हाउसमा बसेका उनी भोलिपल्ट फर्केका थिए । मंगलबार रितेश पाण्डेसहित अरु दुई जना आएपनि उनीहरु भने नेपालमै छन् ।
नेपालको राजनीतिमा भारत र चीनको बेग्लाबेग्लै चासो रहेको बेला पालको नेपाल भ्रमण र पुनको चीन भ्रमणलाई अर्थपूर्ण मानिएको छ । निर्वाचनपछि भारतीय नेताहरुको नेपालमा ओहोरदोहोर चलिरहेको छ । तर निर्वाचनको सम्मुखमा भने चिनियाँ नेताहरुको टोली नेपाल आएको थियो । कात्तिकको अन्तिम साता नेपालमा चिनियाँ अधिकारीहरु आएका थिए । चीनका संस्कृति तथा पर्यटन मन्त्रालयका उपमन्त्री ली चुन आफ्नो ५ दिने भ्रमण गरेर फर्केका थिए । नेपालको निर्वाचनको मुखैमा आएको चुन नेतृत्वको भ्रमण टोलीले औपचारिकरुपमा उच्चस्तरीय भेटवार्ता भने गरेन । चुनको भ्रमणलाई नेपाल सरकारले सहमति प्रदान नगरेका कारण उनी अनौपचारिक गतिविधिमा सहभागी भएर स्वदेश फर्किएका थिए ।
नेपाल सरकारको तर्फबाट उक्त भ्रमण स्थगित गर्न अनुरोध गरिएको थियो । चिनियाँ पक्षले भ्रमणलाई अनौपचारिक र सांस्कृतिक बनाउने भनेपछि भ्रमण स्वीकृत गरिएको थियो । चुन उपत्यकाका सांस्कृतिक सम्पदाहरुको अवलोकन गरेर स्वदेश र्फकिएका थिए । त्यतिबेला निर्वाचनको पूर्वसन्ध्यामा भएको चिनियाँ पक्षको यो भ्रमण अर्थपूर्ण रहेको परराष्ट्र मामिलाका जानकारहरुले जनाएका थिए । भारत, अमेरिका र युरोपियन युनियन लगायतका देशहरुकै चासोका बीचमा चिनियाँ चासो पछिल्लो समय बढेको चुनको भ्रमणले देखाएको थियो ।
परराष्ट्र मामिलाको विषयमा अनुसन्धान गर्ने एक अनुसन्धानदाता नेपालका लागि तत्कालीन चिनियाँ राजदूत होउ यान्छी आफ्नो कार्यकाल पूरा गरेर स्वदेश फर्किएपछि आएको चुन नेतृत्वको भ्रमण टोली सन्देशसहित आएको भएपनि निर्वाचनपछि नेपालमा चिनियाँ अधिकारीहरु भने आएका छैनन । तर भारतीय अधिकारी र राजदूतहरुले नेपाली राजनीतिज्ञहरुसँग भेटघाट गरिरहेका छन् ।
कुसुम सेञ्चुरी
नेपालबहस डटकमकी समाचार सम्पादक/ समाचार प्रमुख कुसुम सेञ्चुरी राजनीति तथा समसामयिक विषयवस्तुमा कलम चलाउँछिन् । फुलवारी एफएमदेखि रेडियो पत्रकारिता शूरु गरेकी कुसुमले रासस, रेडियो अन्नपूर्ण र देशान्तर एफएममा पनि काम गरेकी छन् । केही समय उनले नाइस टीभीमा समाचार प्रस्तोताको रुपमा पनि कुशलतापूर्वक जिम्मेवारी निभाएकी छन् ।
लेखकबाट थपगृहमन्त्रीको नजरः सुन तस्करीमा संलग्न निजामतिलाई काखा, प्रहरीलाई पाखा
जेठ १८, २०८१ शुक्रबार
बजेट सच्याउने निर्णय गराएर करका दरमाथि खेल्दै अर्थमन्त्री, 'टाइपिङ इरर' भएको बहाना
जेठ १८, २०८१ शुक्रबार
संसदीय छानबिनको सूचीमा नअटाएको माओवादी निकट गतिशील सहकारीको २ अर्ब हिनामिना
जेठ १६, २०८१ बुधबार
दरबार हत्याकाण्ड: जमिम शाहले भने, ‘आज ठूलै घटना भएको छ, पत्रिका प्रेसमा नपठाउनु’
जेठ १९, २०८१ शनिबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ १९, २०८१ शनिबार
किसानलाई आत्मनिरर्भर बनाउन निःशुल्क धानको बीउ वितरण
जेठ १९, २०८१ शनिबार
बङ्गलादेशमा दुई करोड बालबालिकालाई भिटामिन ‘ए प्लस’ क्याप्सुल वितरण
जेठ १९, २०८१ शनिबार
‘संसद्ले कार्यपालिकालाई निगरानी गर्न नसके लोकतन्त्रमाथि खतरा’
जेठ १९, २०८१ शनिबार
सार्वजनिक यातायातलाई अपाङ्ग तथा अशक्तमैत्री बनाउन निर्देशन
जेठ १९, २०८१ शनिबार
चीनद्वारा बालबालिकाका लागि २१ औषधि बजारमा पठाउन अनुमति
जेठ १९, २०८१ शनिबार
खानेपानीका लागि महोत्तरीका महिलाहरु रातभर जाग्राम
जेठ १९, २०८१ शनिबार
वर्षा भएसँगै देशभर तापक्रम घट्यो, कहाँ कति छ ?
जेठ १९, २०८१ शनिबार