कांग्रेसले देउवालाई दियो समानुपातिक सांसद छान्ने अधिकार
नेपालबहस संवाददाता
मंसिर २४, २०७९ शनिबार २०:७:४१
२४ मंसिर, काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी र कार्यसम्पादन समितिले प्रतिनिधिसभातर्फ समानुपातिक सांसदमा सिफारिस गर्ने नामको टुंगो लगाउने जिम्मा पार्टी सभापति शेरबहादुर देउवालाई दिएको छ । पार्टी प्रवक्ता प्रकाशशरण महतका अनुसार सूचीको अन्तिम टुंगो सभापति देउवाले लगाउने गरी जिम्मा दिइएको हो ।
उनले अन्तिम टुंगो लगाउन धेरै तलमाथि गर्ने ठाउँ नभएकाले पहिले दिएको प्राथमिकताको आधारमा गर्ने भनिएको र छलफलमा आएको मतको आधारमा सभापतिले पदाधिकारी र समितिका सदस्यसँग सल्लाह गरेर त्यसको आधारमा अन्तिम सूची पठाउने बताए । निर्वाचन आयोगले दलहरूलाई आजसम्म प्रतिनिधिसभा र प्रदेशसभाको समानुपातिकतर्फका सांसदको सूची क्लस्टर मिलाएर पठाउन निर्देशन दिएको छ ।
समानुपातिकमा पठाउने नाम टुंगो लगाउन कांग्रेसको पदाधिकारी र कार्यसम्पादन समितिको बैठक आज बसेको थियो । आफ्नो पार्टीबाट नाम चयन गर्दै सिफारिस गर्न अन्य राजनीतिक दलको बैठक पनि अहिले बसिरहेका छन् ।
यसैबीच, प्रदेशसभातर्फ प्रदेश–१, मधेस प्रदेश, वाग्मती प्रदेश र लुम्बिनी प्रदेशको सामनुपातिक सांसदमा कसलाई पठाउने भन्ने विषय पनि मिल्न बाँकी रहेको छ । बाँकी प्रदेशको भने पदाधिकारी बैठकले टुंगो लगाइसकेको छ ।
केही समयपछि पुनः पदाधिकारी बैठक बालुवाटारमा बस्ने भएको छ । पदाधिकारी बैठकमा जीवन परियार र फर्मुल्लाह मन्सुर भने सहभागी हुने छैनन् । उनीहरुको नाम पनि समानुपातिक सूचीमा रहेकाले निर्णय प्रभावित हुने भएकाले पदाधिकारी बैठकमा उनीहरु सहभागी हुन पाउने छैनन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपइलाममा एकीकृत समाजवादी र राप्रपाको लज्जास्पद हार, झलनाथ थिए चुनावी कमाण्डर !
बैशाख १८, २०८१ मंगलबार
इलाम–२ मा रास्वपाको जमानत जफत
बैशाख १८, २०८१ मंगलबार
इलाम- २ मा एमालेका सुहाङ नेम्वाङ विजयी
बैशाख १८, २०८१ मंगलबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
हावाहुरीले उदयपुरमा करोडौँको क्षति
जेठ ६, २०८१ आइतबार
ट्राफिक प्रहरी जवानको हत्या आरोपमा ६ जना पक्राउ
जेठ ६, २०८१ आइतबार
कस्तो छ आजको मौसम पूर्वानुमान ?
जेठ ७, २०८१ सोमबार
प्रधानमन्त्री प्रचण्डले आज विश्वासको मत लिँदै
जेठ ७, २०८१ सोमबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ७, २०८१ सोमबार
७५ प्रतिशत नागरिक उच्च गुणस्तरको खानेपानीको पहुँच बाहिर
जेठ ६, २०८१ आइतबार
बर्दियामा मृतावस्थामा पाटेबाघ फेला पर्यो
जेठ ६, २०८१ आइतबार
बर्दियामा मृतावस्थामा पाटेबाघ फेला प¥यो
जेठ ६, २०८१ आइतबार