प्रतिनिधिसभातर्फ समानुपातिकमा कुन दलबाट कति पुरुष परे ? (नामावलीसहित)
नेपालबहस संवाददाता
मंसिर २५, २०७९ आइतबार २२:५८:१७
२५ मंसिर, काठमाडौं । आमनिर्वाचन २०७९ को अन्तिम नतिजासँगै दलहरूले समानुपातिकतर्फ सासंद बन्नेहरूको नामावली टुंग्याएका छन् । निर्वाचन आयोगको निर्देशनानुसार दलहरूले अन्तिम बन्दसूचीमा परेका उम्मेदवारहरूलाई क्लस्टरका आधारमा नामावली टुंग्याएका हुन् । संविधानतः निर्वाचनमा प्रत्यक्षतर्फ प्रतिनिधित्व नभएका लिंग, समुदाय तथा क्षेत्रगत समावेशितालाई समेटेर समानुपातिक सांसद टुंग्याउनु पर्दछ ।
प्रतिनिधिसभातर्फ प्रत्यक्षमा महिला उम्मेदवार कम हुनु र न्यून संख्यामा विजयी हुनुले संविधानतः ३३ प्रतिशत महिला प्रतिनिधित्व पुर्याउन दलहरूलाई प्राप्त समानुपातिक सिटमा अधिक महिला सांसद सिफारिस भएका छन् ।
समानुपातिकमा प्रतिनिधिसभातर्फ खसेको कुल सदर मतको ३ प्रतिशत मत ल्याउनुपर्ने भएकाले केही दलले दलले मात्र राष्ट्रिय पार्टीको मान्यता पाएका छन् । समानुपातिकतर्फ एमाले पहिलो दल बनेको छ । उसले समानुपातिकमा ३४ सिट प्राप्त गरेको छ ।
एमालेले पाएको ३४ सिटमध्ये १२ सिटमा पुरुष उम्मेदवार सिफारिस गरेको छ । जसमध्ये आदिवासी जनजाति पुरुषतर्फ देवीप्रसाद भट्टचन, हेमराज राई र कालुराम राई परेका छन् । खसआर्यतर्फ पुरुषमा रघुजी पन्त, एकनाथ ढकाल र दयालबहादुर शाहीको नाम सिफारिस भएको छ ।
दलित पुरुषतर्फ ईश्वरबहादुर रिजाल, प्रभु हजारा पासवान र चन्द्रबहादुर विश्वकर्मा सांसद सिफारिस भएका छन् । मधेसी पुरुषतर्फ गंगाप्रसाद यादव र अमृतराज लालवंशी समानुपातिक सांसद सिफारिस भएका छन् । यस्तै मुस्लिमतर्फ सराज अहमद फारखी सिफारिस भएका हुन् ।
समानुपातिकमा ३२ सिट पाएको नेपाली कांग्रेसबाट तीनजना मात्र पुरुष सांसदमा सिफारिस भएका छन् । कांग्रेसबाट खसआर्यतर्फ प्रकाशशरण महत, मधेसीतर्फ विमलेन्द्र निधि र दलिततर्फ जीवन परियार सांसद सिफारिस भएका छन् ।
माओवादी केन्द्रले पाएको १४ सिटमध्ये दुईवटामा मात्र पुरुष सांसद सिफारिस गरेको छ । जसमध्ये खसआर्यतर्फ हितराज पाण्डे र दलिततर्फ रणेन्द्र बराली रहेका छन् । राष्टिय स्वतन्त्र पार्टीले समानुपातिकतर्फ पाएको १३ सिटमध्ये सातजना पुरुष उम्मेदवार सिफारिस भएका छन् ।
दलिततर्फ सन्तोष परियार र शिव नेपाली सिफारिसमा परेका छन् । यस्तै थारुतर्फ अशोककुमार चौधरी, मुस्लिमतर्फ असिम शाहलाई सिफारिस गरेको छ । मधेसतर्फ मनिष झा सिफारिस हुँदा आदिवासी जनजातितर्फ ढाकाकुमार श्रेष्ठ सिफारिस भएका छन् । खसआर्यतर्फ डोलप्रसाद अर्याल सांसद सिफारिस भएका छन् ।
समानुपातिकमा सात सिट पाएको राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले दुईजना पुरुषलाई सांसद सिफारिस गरेको छ । जसमध्ये खसआर्यबाट पशुपतिशम्शेर राणा र आदिवासी जनजातितर्फ बुद्धिमान तामाङ सिफारिस भएका हुन् ।
समानुपातिकमा पाँच सिट पाएको जनमत पार्टीले पुरुषतर्फ दुईजनालाई सिफारिस गरेको छ । जसमा मधेसीतर्फ वसन्तकुमार कुशवाहा र मुस्लिमतर्फ अब्दुल खानलाई सांसद सिफारिस गरेको छ । जनता समाजवादी पार्टी जसपाले प्राप्त गरेको समानुपातिकतर्फको पाँच सिटमा पुरुषतर्फ खसआर्यमा प्रकाश अधिकारी र मुस्लिमतर्फ सहनाज रहमान गरी दुईजना सिफारिसमा परेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपइलाममा एकीकृत समाजवादी र राप्रपाको लज्जास्पद हार, झलनाथ थिए चुनावी कमाण्डर !
बैशाख १८, २०८१ मंगलबार
इलाम–२ मा रास्वपाको जमानत जफत
बैशाख १८, २०८१ मंगलबार
इलाम- २ मा एमालेका सुहाङ नेम्वाङ विजयी
बैशाख १८, २०८१ मंगलबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ६, २०८१ आइतबार
हावाहुरीले उदयपुरमा करोडौँको क्षति
जेठ ६, २०८१ आइतबार
ट्राफिक प्रहरी जवानको हत्या आरोपमा ६ जना पक्राउ
जेठ ६, २०८१ आइतबार
७५ प्रतिशत नागरिक उच्च गुणस्तरको खानेपानीको पहुँच बाहिर
जेठ ६, २०८१ आइतबार
बर्दियामा मृतावस्थामा पाटेबाघ फेला पर्यो
जेठ ६, २०८१ आइतबार
बर्दियामा मृतावस्थामा पाटेबाघ फेला प¥यो
जेठ ६, २०८१ आइतबार
कञ्चनपुरको न्यायिक समितिमा इजलास र जनशक्ति अभाव
जेठ ६, २०८१ आइतबार
बिआरआई कार्यान्वयन योजना अन्तिम चरणमा
जेठ ६, २०८१ आइतबार
संसदीय छानबिन समिति गठन नभएसम्म संसद् बैठकमा अवरोध जारी रहन्छ : कांग्रेस
जेठ ६, २०८१ आइतबार