टिकापुर घटनाका अपराधिलाई उन्मुक्ति, आफैमा अर्को अपराध हो
यज्ञप्रसाद भट्टराई
पुस १, २०७९ शुक्रबार २२:१:४४
दलकै नेताका कारण नेपाली राजनीति त्यसै पनि कलंकित छ । अपबित्र, अपमानित र अपहेलित छ । अहिलेको यो प्रबृतिलाई परिवर्तन गरेको उदाहरण राजनीतिक दलहरुबाट नहुँदासम्म नेपालको राजनीति सुगन्धित हुन सक्दैन भन्ने कुरा अब स्पष्ट भैसकेको छ । देशलाई सत्मार्गमा डोर्याउन जनताले विश्वास गरेका जनताका प्रतिनिधिहरु नै स्वयं अपराधिहरुको चंगुलमा फसिरहने दुर्भाग्यका कारण देशले समानता र न्यायका ढोकाहरु बन्द गरिरहनु पर्ने कार्यको निरन्तरतालाई अझै धेरै बर्षसम्म झेलिरहनु पर्ने अवस्था कायमै रहेने देखिन्छ ।
जनता सुशासन चाहान्छन्, न्याय चाहन्छन्, अपराधिहरु दण्डित भएको हेर्न चाहान्छन्, अन्यायमा परेकालाई न्यायको प्रत्याभूति भएको देख्न चाहान्छन्, तर स्वयं राज्य सञ्चालनको बागडोर हातमा लिएर बसेकाहरुबाट नै यस्ता कुराहरुको उलंघन भएको नाङ्गो आँखाले टुलुटुलु हेर्नु पर्ने अवस्था आउँछ तब जनतामा आक्रोसको ज्वालामुखी दन्कन शुरु हुन्छ ।
गाउँघरमा हुने सामान्य अपराधहरु गाउँलेहरुले नै मिलाउँछन् । यसमा इज्जत, मान, प्रतिष्ठा, सामाजिक न्याय, भाइचारा आदि धेरै कुराहरुले सम्बोधन गरेको देखिन्छ । तर, राज्यमा हुने अपराधहरुमा स्वयं सरकारको संलग्नता हुन पुग्छ । स्वयं राज्यले नै आफुखुसी आफु अनुकुल न्यायको ब्याख्या र अपब्याख्या गर्न थाल्छ तब जनतामा राज्यको कानून प्रति नैराश्यता उत्पन्न हुन थाल्दछ । यसले केहि ब्यक्ति तथा केहि राजनीतिक दलहरुलाई क्षणिक लाभ पुग्ला तर यसको दीर्घकालीन असर भने समाजमा र राष्ट्रमा चिरकालसम्म रहिरहन्छ ।
अहिले टिकापुर घटनामा आम माफि दिने बिषय ब्यापक चर्चामा छ, यसैका लागि ल्याएको अध्यादेशको चर्चा र परिचर्चाहरु पनि भैरहेका छन् । बिगतमा यहि सरकारमा संलग्न दलहरुको सरकार रहेको बेला न्यायको अन्तिम ब्याख्याता अदालतबाट अपराधि साबित गरी जेल सजायको भागिदार बनेका केहि राजनीतिक दलहरुका नेताहरु र तिनलाई पक्षपोषण गर्ने बिशुद्ध स्वार्थ दलहरुको चलखेल अहिले पुनः उक्तः घटनालाई ढाकथोप गरी अपराधिलाई उन्मुक्ति दिने भन्ने जुन प्रकारका समाचारहरु बाहिर आइरहेका छन् त्यसले देशको न्याय प्रणाली मात्रै बदनाम भएको छैन, राजनीतिक दलहरुसमेत बदनाम भएका छन् ।
हिजो उसैलाई अपराधी साबित गर्न हात धोएर पछि लागेका राजनीतिक दलहरु नै अहिले फेरी गहुँत छर्केर चोख्याउन किन यत्ति धेरै लालायित भैरहेका छन् ? यसमा कस कसको हात छ ? किन यसरी मरिहत्ते गर्नुपर्यो ? यस बिषयमा भविष्यले केहि कुराहरुको अनुसन्धान गर्ला नै तर बर्तमानमा अपराधिकरणका नाइकेहरुको हस्तक्षेपकारी भूमिकाले नेपालको न्याय प्रणालीलाई नै गलत दीशातर्फ डोर्याउने छ भन्ने कुराको डर भने हुन थालिसकेको छ ।
आम नेपालीहरु अहिले भनिरहेका छन् किन यस्ता अपराधीहरु छुटाउन नेपालमा राजनीति भैरहन्छ ? के यो नियम हामी र हामीजस्ता न्याय प्रणालीमा पहुँच नभएका आम नागरिकहरुलाई पनि लागू हुन्छ ? के भोली ज्यानमाराको अभियोग लागेका सबै कैदीहरुले उन्मुक्ति पाउने हो ? के अब न्यायको ढोका सदाका लागि बन्द भएकै हो ? यी र यस्ता अनगिन्ती प्रश्नहरुको उत्तर अहिले समाजले खोजिरहेको छ, सिंगो देशले खोजिरहेको छ यसको उत्तर अब सरकारले दिनै पर्छ भनेर आम रुपमा आवाज उठिरहेको छ ।
हिजो टिकापुर घटनामा जे दृष्य देखिएको थियो त्यसको प्रत्यक्ष दृष्यावलोकन गर्ने नेपालीहरु अझै पनि जिवितै छन् । सिंगो प्रहरी परिवारको दर्दनाक हत्याको भग्नावशेषसमेत निमिट्यान्न पार्ने गरी काम चलाउ सरकारले केबल नीहित सत्ता स्वार्थका लागि गर्न लागिएको सौदाबाजीलाई यदि नेपाली नागरिकहरुले टुलुटुलु हेरेर मात्रै बसिरहने हो भने अब नेपालमा नागरिकहरु नै छैनन, सबै पार्टीका झोलेहरु मात्रै छन् जो पार्टीले गर्ने हरएक गलत कार्यमा निरिह दर्शकको भूमिका मात्र निर्वाह गर्छन भन्दा कुनै आपत्ति मान्ने छैनन् । नत्र ९÷९ जना प्रहरीका परिवारको न्यायप्रतिको विश्वासमा पर्न जाने नकारात्मक प्रभाव र त्यसबाट उत्पन्न हुनसक्ने बिद्रोहको ज्वालामुखीलाई रोक्न सक्ने ताकत के यो कामचलाउन सरकारसँग छ ?
हिजो १७००० नेपाली नागरिकहरुले बिनाहकमा ज्यान गुमाउनु पर्यो नेपाली जनताले गरुङ्गो मन गरेर सहे । हिजो ब्यक्तिका नीजि सम्पत्ति र राज्यको साधन श्रोतमा ब्यक्तिगत सम्पत्ति झै ठानेर हालिमुहाली गरियो जनताले बाध्यतामा परेर सहे तर अब पनि यीनीहरुका जुनसुकै हर्कत र स्वार्थका लागि नतमष्तक भएर सही दिनु पर्ने कुनै कानूनमा पनि लेखिएको पाइदैन् । राजनीतिक फाइदाका लागि टिकापुर घटनाका दोषीहरुलाई उन्मुक्ति दिइनु हुँदैन् । टिकापुर घटनाका अपराधीहरुलाई उन्मुक्ति दिइनु पनि आफैमा एउटा अर्को अपराध हो त्यो अपराधको भागिदार बर्तमान सरकार हुनुपर्छ । यसको सजाय बर्तमान सरकारका नाइकेहरुले पाउनु पर्छ । यदि न्याय मर्ने अवस्था आए जिन्दाबाद र मुर्दाबाद भन्दै दलका झण्डा बोकेर आइँदैन् ।
दलभन्दा माथि देश हो, राज्यले आफ्ना नागरिकहरुको संरक्षण गर्न सक्नु पर्छ । अपराधीहरुलाई छुटाएर फेरि पनि समाजमा उद्धण्ड र अराजकता उत्पन्न हुन अवस्था आयो भने यीनै दलका नेताहरुलाई पहिला सिलौटामा अचार पिसेझै पिस्नु पर्छ । हिजो यीनीहरुले गरेका अपराधलाई आम माफि दिइएको भए पनि अब एकएक हिसाब किताब लिनु पर्छ । यो देश यीनिहरुका बाबुको बिर्ता होइन, जे मन लाग्यो त्यहि गर्ने छुट यीनीहरुलाई छैन भन्ने सवक सिकाउनै पर्छ । देशमा न्याय मरेको दिन यो देश रक्तपातपूर्ण अवस्थामा जाने निश्चित छ यसलाई अहिल्यै रोक्नु पर्छ । यसका लागि आवश्यक परे दलका झण्डा फालेर राष्ट्रिय झण्डा समेत बोक्नुपर्छ ।
यज्ञप्रसाद भट्टराई
यज्ञप्रसाद भट्टराई पूर्वको झापामा रहेर राजनीतिक, सामाजिक अभियानमा क्रियाशील छन् । सहकारी आन्दोलनमा समेत सरिक रहेका भट्टराईले पछिल्लो समय नेपालबहस डटकममा आबद्ध रहेर लेखन तथा पत्रकारिता गरिरहेका छन् ।
लेखकबाट थपदरबार हत्याकाण्ड: जमिम शाहले भने, ‘आज ठूलै घटना भएको छ, पत्रिका प्रेसमा नपठाउनु’
जेठ १९, २०८१ शनिबार
अस्थिर र अराजक राजनीतिबाट प्रभावित बजेटले कस्तो परिवर्तन देला ?
जेठ १९, २०८१ शनिबार
एन्टीथेसिसः दाहालको ‘थेसिस’ असफल, संविधानको अन्तरवस्तुमा संशोधनको बहस अपरिहार्य
जेठ १८, २०८१ शुक्रबार
दरबार हत्याकाण्ड: जमिम शाहले भने, ‘आज ठूलै घटना भएको छ, पत्रिका प्रेसमा नपठाउनु’
जेठ १९, २०८१ शनिबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ १९, २०८१ शनिबार
किसानलाई आत्मनिरर्भर बनाउन निःशुल्क धानको बीउ वितरण
जेठ १९, २०८१ शनिबार
बङ्गलादेशमा दुई करोड बालबालिकालाई भिटामिन ‘ए प्लस’ क्याप्सुल वितरण
जेठ १९, २०८१ शनिबार
‘संसद्ले कार्यपालिकालाई निगरानी गर्न नसके लोकतन्त्रमाथि खतरा’
जेठ १९, २०८१ शनिबार
सार्वजनिक यातायातलाई अपाङ्ग तथा अशक्तमैत्री बनाउन निर्देशन
जेठ १९, २०८१ शनिबार
चीनद्वारा बालबालिकाका लागि २१ औषधि बजारमा पठाउन अनुमति
जेठ १९, २०८१ शनिबार
खानेपानीका लागि महोत्तरीका महिलाहरु रातभर जाग्राम
जेठ १९, २०८१ शनिबार
वर्षा भएसँगै देशभर तापक्रम घट्यो, कहाँ कति छ ?
जेठ १९, २०८१ शनिबार