बीपी स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्ट्रारलाई २४ घण्टे स्पष्टीकरण
नेपालबहस संवाददाता
पुस १५, २०७९ शुक्रबार २३:३:४०
१५ पुष, धरान । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्ट्रारलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २४ घण्टे स्पष्टीकरण सोधेको छ ।
स्वास्थ्य मन्त्रालयअन्तर्गतको आर्थिक वर्ष २०७९/८० को प्रथम त्रैमासिकमा सञ्चालित विकास कार्यक्रम र आयोजनाको समीक्षा बैठकमा उपस्थित नभएको भन्दै प्रतिष्ठानका रजिष्ट्रार सूर्य संग्रौलालाई स्पष्टीकरण सोधेको हो ।
स्वास्थ्य मन्त्रालयका नीति योजना तथा अनुगमन महाशाखा प्रमुख डा. कृष्ण प्रसाद पौडेलले पत्र लेखेर स्पष्टीकरण सोधेका हुन् । ‘मिति २०७९ पुस १२ गते संचालन भएको मन्त्रालय स्तरीय विकास समस्या समाधान उपसमितिको बैठकमा तहाँबाट कुनै पनि पदाधिकारी उपस्थित भएको देखिएन ।
तसर्थ मन्त्रालय स्तरीय विकास समस्या समाधान उपसमिति जस्तो महत्त्वपूर्ण बैठकमा केकेति कारणले उपस्थित हुन नसकेको हो सो को स्पष्टीकरण पत्र प्राप्त भएको २४ घण्टाभित्र पठाउनु हुन यस मन्त्रालय सचिवस्तरीय निर्णयानुसार जानकारी गराइन्छ’ पत्रमा भनिएको छ ।
स्वास्थ्य मन्त्रालयले आयोजना गरेको महत्त्वपूर्ण बैठकमा बीपी प्रतिष्ठानका रजिष्ट्रार संग्रौला अनुपस्थित रहँदा उनको आलोचना हुने गरेको छ । पत्रपछि मन्त्रालयमा हलचल मच्चिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनर्सहरुमाथिको दमन आखिर कहिलेसम्म ?
जेठ ८, २०८० सोमबार
अषाढ मै रौतहट पुर्ण खोप जिल्ला घोषणा हुने
जेठ ६, २०८० शनिबार
सबै अस्पतालको उपकरण जाँच १५ दिनभित्र गर्न स्वास्थ्यमन्त्री बस्नेतको निर्देशन
जेठ ५, २०८० शुक्रबार
रविको बयान : खातामा आएको २ करोड झिकेर चलाएको हुँ, कसले पठायो थाहा भएन !
नेपालबहस संवाददाता
कात्तिक २९, २०८१ बिहिबार
प्रहरीद्वारा रवि लामिछानेको सम्पत्ति रोक्का गर्न सम्बन्धित निकायमा पत्राचार
नेपालबहस संवाददाता
कात्तिक ३०, २०८१ शुक्रबार
सीआईबीमा धनराजको बयानः 'सहकारीले श्रीमति, घर र इज्जत पनि लग्यो, ऋण पनि बोकायो'
नेपालबहस संवाददाता
कात्तिक २८, २०८१ बुधबार
प्रहरीद्वारा रवि लामिछानेको सम्पत्ति रोक्का गर्न सम्बन्धित निकायमा पत्राचार
कात्तिक ३०, २०८१ शुक्रबार
हनी ट्रयापमा जोडिएका एसपी थापाको सीआईबीमा बयान, मुद्दा यसै साता बुझाइने
कात्तिक ३०, २०८१ शुक्रबार
नेपाली सेनामा खुल्यो विभिन्न पदमा विज्ञापन
कात्तिक ३०, २०८१ शुक्रबार
कोप–२९ सम्मेलनमा हिमालका मुद्दाबारे छलफल
कात्तिक ३०, २०८१ शुक्रबार
राज्माखेतीमा ढुसीको सङ्क्रमण
कात्तिक ३०, २०८१ शुक्रबार
गाजा युद्धविरामका लागि हमास ‘तयार’, इजरायललाई ‘दबाब’ दिन ट्रम्पलाई आग्रह
कात्तिक ३०, २०८१ शुक्रबार
स्वास्थ्य प्रवर्द्र्धन केन्द्रबाटै नागरिकलाई निःशुल्क एक्स–रे सेवा
कात्तिक ३०, २०८१ शुक्रबार
चोरीका सुनको गरगहनासहित दुई जना पक्राउ
कात्तिक ३०, २०८१ शुक्रबार
प्रतिलिटर ३ रुपैयाँले डिजेल र मट्टितेलको मूल्य बढ्यो
कात्तिक ३०, २०८१ शुक्रबार