शेखर समूहको सकृयतासँगै कांग्रेसमा पलाएको आशा, दाहाललाई विश्वासको मत फलामको च्यूरा
यज्ञप्रसाद भट्टराई
पुस २३, २०७९ शनिबार २३:८:२२
केही दिनदेखि नेपाली कांग्रेसका नेता तथा पदाधिकारीहरु राजनीतिक भेटघाटमा व्यस्त रहेका देखिन्छन् । बिगतमा शेखर समूहलाई बाईपास गर्दै आफ्ना किचन क्याबिनेटका सदस्यहरुसँगको गलत सल्लाहमा परेर हातमा आएको सत्ताको बागडोर प्रचण्डको पोल्टामा पार्न सफल कांग्रेस सभापति शेरबहादुर देउवा समेत अहिले पश्चातापको आगोमा जलिरहेका छन् । आफ्नै दलभित्र एकता गराउन नसक्ने कमजोर मानसिक धरातलमा उभिएका देउवाले समकक्षी डा. शेखर कोइरालालाई मात्रै हैन, महामन्त्रीद्वय बिश्वप्रकाश शर्मा र गगन थापालाई राखेर राजनीतिक निकासका बारेमा छलफल गर्न नसक्दा अहिले सत्ता कम्युनिष्टहरुको हातमा पुगेको हाे ।
बिकल्पका सयौं बाटाहरु मौजुदा रहँदा पनि बालुवाटारमा सुतेर आफ्नै दलभित्र फाँटो ल्याउन सकृय देउवालाई अहिले पार्टीभित्र र बाहिरबाट एकैपटक हमला शुरु भएको छ । बिगतका राम्रा कामहरु समेत वर्तमानको गलत रबैयाका कारण ओझेलमा परेका छन् । देउवा चतुर राजनीतिक खेलाडी भएरपनि आफ्नै दलभित्रको खिचातानीका कारण असफल बनिसकेका छन् । केबल आफ्नौ ब्यक्तिगत स्वार्थपुर्ति तथा आसेपासेको रोजीरोटी जोगाउने अभियानले सिंगो नेपाली कांग्रेस नै धरासायी बन्दै गैरहेको कुरा स्वयं नेपाली कांग्रेसकै उपल्लो दर्जाका नेताहरुले सार्वजनिक समारोहहरुमा बताउन थालिसकेका छन् ।
नेपाली कांग्रेस अहिले संसदमा सबैभन्दा ठूलो दलको रुपमा स्थापित भएको छ । अन्य साना दलहरुलाई साथमा लिएर जाने अवस्था ज्यूदै रहँदा माओवादीको बुई चढेर केबल आफुमात्रै सत्तारोहणको एकल उत्तराधिकारी बन्न खोज्दा देउवाले धेरै नै ठूलो राजनीतिक उपलब्धि गुमाइसकेको अवस्था छ । बिगतमा नेकपा हुँदा कम्युनिष्टहरुले गरेको सत्ताको चरम दुरुपयोग र दलभित्रको भाँडभैलो अब फेरी संयुक्त सरकार हुँदा गर्दैनन भन्ने कुनै ग्यारेण्टी पनि छैन ।
आफ्नो हातमा आएको सरकारको नेतृत्व गुमेपछि बिगत केही दिनदेखि नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइराला समूह फेरी पनि कम्युनिष्टहरुको हातबाट सरकार आफ्नो हातमा पार्ने प्रयासमा लागेको छ । पाटी सभापति शेरबहादुर देउवा बालुवाटारबाट धुम्बाराही सरेसँगै केवल महामन्त्री गगन थापाको बिरोधमा दिन कटाईरहेका केही अवसरवादी कांग्रेसीहरुले पत्रकार सम्मलेन नै गरेर आफ्नो लाज छोप्ने प्रयास गरिसकेका छन् । राजनीतिलाई गरिखाने भाँडो बनाउनेहरुका लागि अहिले देउवा समूह पानी बिनाको माछो झैं भएको देखिन्छ भने शेखर समूह बिग्रिएको अवस्थालाई सुधार गर्दै पुनः सरकारमा जाने बैकल्पिक बाटोहरुको खोजीमा तल्लिन रहेको देखिन्छ । शेखर गगन समूहको सकृयताले नेपाली कांग्रेस भित्र केही नयाँ आशाका मुनाहरु पलाउने अपेक्षासमेत राजनीतिक वृत्तमा चर्चाको बिषय बनिरहेको छ ।
पुष २६ गते प्रधानमन्त्री पुष्पकमल दाहालले संसदमा विश्वासको मत लिदैछन् । उनले हिजो आफुलाई समर्थन गरेर प्रधानमन्त्रीमा आसिन गराउने राजनीतिक दलहरुलाई कत्तिको विश्वासमा राख्न सक्छन् ? यसका लागि पुष २६ गतेसम्म कुर्नुपर्ने हुन्छ तर संसदमा कसैको पनि बहुमत नरहेको र बैकल्पिक सरकार बन्न सक्ने संभावना टरिनसकेको अवस्थामा दाहाललाई विश्वासको मत फलामको च्यूरा हुनसक्ने संभावना पनि उत्तिकै टट्कारो रुपमा देख्न थालिसकिएको छ । संसदमा सानो आकारमा भए पनि राष्ट्रिय प्रजातन्त्र पार्टी सरकार बनाउने बिषयमा चाबीको रुपमा देखिएको छ । भोली राप्रपाले दाहाललाई विश्वासको मत नदिए दाहाल सरकार केबल पुष २६ गतेसम्मका लागिमात्रै हुनसक्छ ।
त्यसैगरी अहिले नेपाली कांग्रेसले राप्रपा अध्यक्ष राजेन्द्र लिङ्गदेनलाई प्रधानमन्त्रीको रुपमा अघि सारेर नयाँ सत्ता समिकरण बनाउने खेलमा लागिसकेको छ । अन्य साना दलहरु र माधव नेपालको समाजवादी पार्टीको समर्थन जुटाउने प्रयासमा लागेको नेपाली कांग्रेसको युवा नेतृत्वले राष्ट्रिय स्वतन्त्र पार्टीलाई समेटन सक्यो भने वर्तमान सरकारको बिकल्पमा गैर कम्युनिष्टहरुको अर्को सरकार बन्न सक्ने संभावनामा अहिले खेल भैरहेको छ । यसले नेपाली कांग्रेसको वर्तमान नेतृत्वको गलत निर्णयका कारण आम कार्यकर्ता तहमा देखिएको निराशालाई केही हदसम्म शान्त पार्नसक्ने अवस्था देखिन्छ ।
कांग्रेस कार्यकर्ता तहमा मरिसकेको आशा बिउँत्याउन डा. शेखर कोइराला र महामन्त्रीद्वयले गरेको प्रयासलाई हामी सबैको साथ र समर्थन रहनु पर्छ । यसले नेपाली कांग्रेस भित्र पुनः एकताको सञ्चार प्रवाह हुनसक्छ र भविष्यमा युवापुस्तामा नेतृत्व हस्तान्तरण गर्न सहजता समेत प्रदान गर्दछ । अब बुढो नेतृत्वबाट बहरको काम हुन्छ भन्ने आशालाई उक्त समूहमा रहेका नेताहरुले पनि बुझ्न आवश्यक छ । सर्धै एउटै ब्यक्तिलाई एउटै पदमा बिराजमान गराईरहँदा यसले लोकतन्त्रको मर्म माथि पनि प्रश्नचिन्ह खडा गर्दछ ।
संसदमा सरकारमा रहँदा होस या प्रतिपक्षमा रहँदा होस जनताका सरोकारका बिषयमा खरो उत्रनु नेपाली कांग्रेसको धर्म हो । बिगतमा गरेका कमीकमजोरीहरु पुनः दोहोर्याउने हो भने नेपाली जनताले बैकल्पिक शक्तिको रुपमा अन्य कसैलाई पनि नेपाली राजनीतिमा स्थापित गराउँछन् भन्ने कुरा बुझेर नेपाली कांग्रेसले आगामी कार्यदिशा बनाउनु आवश्यक छ । बिगतमा एउटै थालमा खाने बाचा गरेका कम्युनिष्टहरु खानेकुराको भाग नमिल्दा झगडा गरेर छुट्टिएको यथार्थतालाई बुझ्न सक्ने हो र नेपाली जनतालाई बुझाउन सक्ने हो भने राजेन्द्र लिङ्गदेनलाई प्रधानमन्त्री स्वीकार गरेर कांग्रेस सरकारमा जानु आवश्यक पनि छ । यसले केन्द्र सरकारदेखि प्रदेश र स्थानीय सरकारसम्म नेपाली कांग्रेसको उपस्थिति बढन जानेछ । यो ५ बर्ष नेपाली कांग्रेसले राम्रो काम गर्न सक्यो भने आगामी निर्वाचनमा नेपाली कांग्रेसप्रतिको नेपाली जनताको भरोषा अझ बढेर जानेछ ।
यसका लागि डा. शेखर कोइराला, गगन थापा, विश्वप्रकाश शर्मा, चन्द्र भण्डारी, प्रदीप पौलेल लगायतका युवा नेताहरुले अब जबर्जस्त नेतृत्वमा हस्तक्षेप गर्न आवश्यक छ । संसदीय दलको निर्वाचनमा देखिएको हिजोको सानो गल्तीले आज जसरी सभासदहरु नै आलोचित र बदनाम भैरहेका छन्, हिजोको समानुपातिक सांसदमा परिवारवादका बिरुद्धमा जसरी कार्यकर्ताहरु बिरुद्धमा सडकमा उत्रिएका छन्, त्यसरी नै नेपाली कांग्रेस भित्र फेरी अर्को बिद्रोहको बिगुल फुक्नु नपरोस भनी आम कांग्रेस कार्यकर्ता तहबाट निस्कदैन भन्ने कुनै ग्यारेण्टी छैन । त्यसकारण नेपाली कांग्रेसले अत्यन्तै सुझबुझका साथ वर्तमान सरकारलाई बिस्थापित गरेर नयाँ सरकार बनाउन गरेको पहललाई आम नेपाली कांग्रेसको तर्फबाट पूर्ण साथ र सहयोग हुनु आवश्यक छ ।
यज्ञप्रसाद भट्टराई
यज्ञप्रसाद भट्टराई पूर्वको झापामा रहेर राजनीतिक, सामाजिक अभियानमा क्रियाशील छन् । सहकारी आन्दोलनमा समेत सरिक रहेका भट्टराईले पछिल्लो समय नेपालबहस डटकममा आबद्ध रहेर लेखन तथा पत्रकारिता गरिरहेका छन् ।
लेखकबाट थपएन्टीथेसिसः दाहालको ‘थेसिस’ असफल, संविधानको अन्तरवस्तुमा संशोधनको बहस अपरिहार्य
जेठ १८, २०८१ शुक्रबार
वि.सं. २००७ सालपछिको राजनीति: अस्थिरताको पर्याय
जेठ १६, २०८१ बुधबार
राज्यसंयन्त्र र नेताहरूको यस्तो व्यवहारमा समाजवादको कल्पना गर्न सकिएला ?
जेठ १५, २०८१ मंगलबार
सशस्त्रमा आईजीपी अर्याल विरुद्ध मोर्चाबन्दी !
नेपालबहस संवाददाता
जेठ १६, २०८१ बुधबार
घट्यो पेट्रोलियम पदार्थको मूल्य, ग्यासको यथावत
नेपालबहस संवाददाता
जेठ १८, २०८१ शुक्रबार
घट्यो पेट्रोलियम पदार्थको मूल्य, ग्यासको यथावत
जेठ १८, २०८१ शुक्रबार
बजेट सच्याउने निर्णय गराएर करका दरमाथि खेल्दै अर्थमन्त्री, 'टाइपिङ इरर' भएको बहाना
जेठ १८, २०८१ शुक्रबार
गृहमन्त्रीको नजरः सुन तस्करीमा संलग्न निजामतिलाई काखा, प्रहरीलाई पाखा
जेठ १८, २०८१ शुक्रबार
शल्यक्रिया गर्न पालो कुर्नुपर्ने समस्या अन्त्य गरिने
जेठ १९, २०८१ शनिबार
क्यामरा आकृतिको भवन
जेठ १९, २०८१ शनिबार
नेपालगञ्जका विद्यालयमा गर्मी बिदा बढाइयो
जेठ १९, २०८१ शनिबार
दरबार हत्याकाण्डको २३ वर्ष पूरा
जेठ १९, २०८१ शनिबार
युक्रेनले रुसविरुद्ध आफ्नो सीमाभित्र अमेरिकी हतियार प्रयोग गर्नसक्ने
जेठ १९, २०८१ शनिबार
मलाइका र अर्जुनको ब्रेकअप !
जेठ १९, २०८१ शनिबार