क्रिकेटर सन्दीप लामिछानेलाई धरौटीमा रिहा गर्न आदेश
नेपालबहस संवाददाता
पुस २८, २०७९ शुक्रबार ०:५९:५६
२८ पुष, काठमाडौं । क्रिकेटर सन्दीप लामिछाने धरौटीमा रिहा भएका छन्। उच्च अदालत पाटनले बिहीबार राष्ट्रिय क्रिकेट टोलीका कप्तानसमेत रहेका लामिछानेलाई धरौटीमा रिहा गर्न आदेश दिएको हो।
उच्च अदालत पाटनका न्यायाधीश ध्रुवराज नन्द र रमेश ढकालको संयुक्त इजलास पुर्पक्षका लागि थुनामा राख्ने जिल्ला अदालत काठमाडौंको आदेश बदर गरिदिएको हो।उनलाई २० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश भएको उच्च अदालत पाटनका रजिस्ट्रार ठगिन्द्र कट्टेलले जानकारी दिए। उनका अनुसार लामिछानेलाई विदेश जान रोक लगाइएको छ।
काठमाडौंको गौशालास्थित एक होटलको कोठामा राखेर सन्दीपले आफूलाई जबर्जस्ती बलात्कार गरेको भन्दै एक १७ वर्षीय किशोरीले प्रहरी वृत्त गौशालामा उजुरी गरेकी थिइन्।
जाहेरीपछि लामिछाने सम्पर्कविहीन भएका थिए। प्रहरीले पक्राउ पुर्जी जारी गरी उनलाई पक्राउ गर्नको लागि इन्टरपोलसँग आग्रह गरेको थियो। जाहेरी परेको करिब एक महिनापछि असोज २० गते सन्दीप नेपाल फर्किएका थिए। प्रहरीले उनलाई त्रिभुवन विमानस्थलबाटै पक्राउ गरेको थियो।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपन्याय परिषदद्वारा उच्च अदालतका १४ जना न्यायाधीशको सरुवा
असोज ११, २०८१ शुक्रबार
बाहिर नेपाल बारको धर्ना, भित्रबाट पाण्डे र निरौलालाई सर्वोच्चको न्यायाधीशमा सिफारिस
असोज ११, २०८१ शुक्रबार
द्वन्द्वकालीन गम्भीर अपराधका घटनामा आममाफी दिइने छैन : प्रधानमन्त्री ओली
असोज १२, २०८१ शनिबार
शनिबार २ बजेसम्ममा देशभर ५० जनाको मृत्यु: १०५३ जनाको उद्धार, १२४४ घर डुबे
असोज १२, २०८१ शनिबार
टी–२० सिरिजको पहिलो खेलमा नेपाल क्यानडासँग पराजित
असोज १३, २०८१ आइतबार
बाढी पहिरोबाट अहिलेसम्म ९९ जनाको मृत्यु, ७२ बेपत्ता
असोज १३, २०८१ आइतबार
आज यी ठाउँहरुमा हुनेछ ठूलो वर्षा, सर्तकता अपनाउन आग्रह
असोज १३, २०८१ आइतबार
कस्तो छ तपाईको आजको राशीफल ?
असोज १३, २०८१ आइतबार
क्यानडाविरुद्ध नेपालले टस जित्यो
असोज १२, २०८१ शनिबार