भन्सार एजेन्ट पैदल हिड्दा उनका प्रतिनिधि भने महंगा गाडीमा सरर….
नेपालबहस संवाददाता
माघ १२, २०७९ बिहिबार २३:५१:२६
१२ माघ, विराटनगर । विराटनगर भन्सारका भन्सार प्रतिनिधिहरुको जीवनस्तर दैनिक रुपमा विलासी बन्दै गएको घट्ना सार्वजनिक भए पश्चात कसले महंगो गाडी चढ्ने भन्दै भन्सार प्रतिनिधिहरुका बीचमा प्रतिस्पर्धा नै सुरु भएको रहस्य खुलेको छ ।
स्रोतले दिएको जानकारी अनुसार हाल विराटनगर भन्सारमा प्रतिनिधिका रुपमा काम गर्ने भन्सार प्रतिनिधिहरुले विगत दश पन्ध्र वर्षदेखि सामान्य जीवनयापनबाट एक्कासी विलासी बन्दै गएपछि केही वर्ष अगाडी राजश्व अनुसन्धानदेखि सम्पति शुद्धीकरण विभागले समेत छानविन थालेपनि राजनीतिक दवाव र हस्तक्षेपका कारण त्यसै छोडिदिएपछि विराटनगर भन्सारका भन्सार प्रतिनिधिहरुको महंगा महंगा गाडी चढ्ने प्रतिस्प्रर्धा नै चलेको दावी भन्सार स्रोतले गरेको छ ।
भन्सार प्रतिनिधिले व्यक्तिगत पान नम्बरका भरमा करोडाैंको कारोवार गर्ने भएका कारण भन्सार प्रतिनिधिलाई राज्यले अहिलेसम्म पनि कुनै करको दायरामा ल्याउन नसकेका कारण उनीहरुलाई अब करको दायरामा ल्याउने की नल्याउने भन्ने गम्भीर प्रश्न समेत अहिले उठ्न थालेको छ ।
भन्सार एजेन्टका रुपमा भर्खरै इजाजत पाएका भन्सार एजेन्ट कृति साहको भन्सार प्रतिनिधि संजय दुगड, विनोद पोद्दारको प्रतिनिधि सुनिल पोद्दार, कृष्ण पोखरेलको प्रतिनिधि राजेश भट्टराई, गोपीकृष्ण उप्रेती (विराटनगर भन्सारको भन्सार अधिकृतबाट अवकाश प्राप्त कर्मचारी ) को प्रतिनिधि राकेश ठाकुर, कृष्ण थापाको प्रतिनिधि अरविन्द ठाकुर, बीरगञ्ज भन्सारका भन्सार एजेन्टको प्रतिनिधि निरन्जन अग्रवाल, बीरगञ्ज भन्सारकै भन्सार एजेन्टका प्रतिनिधि शरण खरेल, कृष्ण थापाको अर्को प्रतिनिधि राजकुुमार रौनियार, रमेश कर्णको प्रतिनिधि ललित बोहोरा, भरत भट्टराईको प्रतिनिधि अकबर अली र विनोद पोद्दार कै अर्का प्रतिनिधि अनिल पोद्दारको विलासी जीवनशैली र महंगा महंगा गाडी चढ्ने प्रतिस्पर्धा चलेको बताइएको छ ।
यी सबै भन्सार प्रतिनिधिहरु दश वर्ष अगाडी सम्म सामान्य जीवन बिताउँदै आइरहेकामा पछिल्लो समय ३० लाखदेखि १ करोडसम्मका सुविधा सम्पन्न विलासी गाडीको प्रयोग गर्न थालेपछि अब सरकारले यिनलाई करको दायरामा कसरी ल्याउने भन्ने गम्भिर प्रश्न अगाडी आएको छ ।
विराटनगर भन्सारको उच्च स्रोतका अनुसार भन्सार प्रतिनिधि अरविन्द ठाकुरले ७५ लाखको टोयटा, राकेश ठाकुरले १ करोडको इसुजु, संजय दुगडले ३० लाखको सेन्ट्रो, राजकुमार रौनियारले ३० लाखको पोलो, ललित बोहोराले ३० लाखको स्वीफट, शरण खरेल ६५ लाखको हुण्डाई, अकबर अलीले ३० लाखको महेन्द्रा एक्स ब्लु १००, सुनिल पोद्दारले ७५ लाखको महेन्द्रा, अनिल पोद्दारले ३५ लाखको महेन्द्रा र राजेश भट्टराईले ३५ लाख बराबरका हुण्डाई गाडी चढ्ने गरेको रहस्य पनि खोलेको छ ।
तर आफनो जीवन नै भन्सार एजेन्टका रुपमा बिताएका पुुराना भन्सार एजेन्टहरु अझै अहिलेसम्म पनि सार्वजनिक यातायात नै प्रयोग गर्दै भन्सारसम्म आएर आफनो इमान्दारीका साथ काम गर्दै आएको दावी भन्सारको छ ।
र याे पनि….. विराटनगर भन्सारमा एजेन्ट भन्दा प्रतिनिधिको जीवनस्तर विलासी: नियमन निकाय मौन
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमेची भन्सारद्वारा रु एघार अर्ब ५९ करोड राजस्व संकलन
जेठ ६, २०८१ आइतबार
आन्तरिक स्रोतलाई दिगो बनाउँदै राजस्वको दायरा बढाउन कर प्रणाली सुधार गरिने
जेठ १, २०८१ मंगलबार
यातायात कार्यालय धनगढीद्वारा ५१ करोड राजश्व संकलन
बैशाख २७, २०८१ बिहिबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ६, २०८१ आइतबार
हावाहुरीले उदयपुरमा करोडौँको क्षति
जेठ ६, २०८१ आइतबार
ट्राफिक प्रहरी जवानको हत्या आरोपमा ६ जना पक्राउ
जेठ ६, २०८१ आइतबार
७५ प्रतिशत नागरिक उच्च गुणस्तरको खानेपानीको पहुँच बाहिर
जेठ ६, २०८१ आइतबार
बर्दियामा मृतावस्थामा पाटेबाघ फेला पर्यो
जेठ ६, २०८१ आइतबार
बर्दियामा मृतावस्थामा पाटेबाघ फेला प¥यो
जेठ ६, २०८१ आइतबार
कञ्चनपुरको न्यायिक समितिमा इजलास र जनशक्ति अभाव
जेठ ६, २०८१ आइतबार
बिआरआई कार्यान्वयन योजना अन्तिम चरणमा
जेठ ६, २०८१ आइतबार
संसदीय छानबिन समिति गठन नभएसम्म संसद् बैठकमा अवरोध जारी रहन्छ : कांग्रेस
जेठ ६, २०८१ आइतबार