ढल निकास नहुँदा स्थानीयहरु समस्यामा
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_E0Qh2H6kyW.jpeg
)
नेपालबहस संवाददाता
माघ १३, २०७९ शुक्रबार २०:१८:४३
![](https://nepalbahas.prixacdn.net/media/albums/dal_Lo8S5CokbK.jpg)
१३ माघ, लहान । सिरहाको लहान बजारमा व्यवस्थित ढल निकास नहुँदा स्थानीयहरु समस्यामा परेका छन् । बजार क्षेत्रबाट बग्ने ढल कतै भत्किने त कतै जाम पर्ने समस्याले फोहोर पानी घरभित्र पस्न थालेपछि स्थानीय समस्यामा परेका हुन् ।
ढल निकास थुनिएर सार्वजनिक बाटोमा फोहोर जम्मा हुँदा आवतजावत गर्दा नाक थुनेर हिँड्नु पर्ने अवस्था रहेको लहान नगरपालिका-८ का सत्यनारयण चौधरीको भनाइ छ । “ढल निकासको उचित व्यवस्था नहुँदा बारम्बार बजार क्षेत्रको फोहोर पानी घरभित्र पस्ने गरेको छ र यसले निकै दुःख दिएको छ ।” ढल निकासका लागि नगरपालिकालाई पटक-पटक आग्रह गर्दा पनि कुनै सुनुवाई नभएको स्थानीयको गुनासो छ ।
इलाका प्रशासन कार्यालय ग्रामीण चोकदेखि जम्मा हुँदै आएको ढल दक्षिण तिर हुलाकको बाटो हुँदै पूर्व पश्चिम महेन्द्र राजमार्ग आइपुग्दा ढलको नाली जाम भइ बीच बजार जलमग्न भएको छ । कञ्चनपुर-कर्जना सडकखण्ड अन्तर्गत चार लेनको बाटो बिस्तारका क्रममा चाइना रेलवे कम्पनीले लहान बजारमा कलभर्ट बनाउने क्रममा तत्कालका लागि ढल निकासामा समस्या आएको लहान नगरपालिका-७ का वडाअध्यक्ष राम औतार शर्माको भनाइ छ ।
नगरपालिकाले लामो समयदेखि फोहोरमैला र ढलको उचित व्यवस्थापन नगर्दा यो समस्या आएको चाइना रेलवे कम्पनीका जनसम्पर्क अधिकृत नविन दुवाडीको दाबी छ । “कलभर्ट बनाउने काम १० दिनभित्रै सकिन्छ । त्यतिञ्जेलसम्मका लागि जम्मा भएको पानी ट्यांङ्रबाट अन्यन्त्र बिस्थापित गरेर भएपनि ढलमा पानीको सतह बढ्न दिएका छैनौँ”, उनले भने । उनले फोहोरमैला तथा ढलको दीर्घकालिन व्यवस्थापनको जिम्मेवारी नगरपालिकाको भएको बताए ।
नगर प्रमुख महेश चौधरीले नगरपालिका ढल निकाससम्बन्धी व्यवस्थित योजना ल्याउने तयारीमा रहेको बताए । “फोहोरमैला तथा ढलको उचित व्यवस्थापन नगरको समस्या हो, वृहत योजनासहित चाँडै समाधान गर्ने तयारीमा छौँ”, उनले भने ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरौतहटमा बिजुली काटेर स्कार्पियो गाडी चोरी
असार १४, २०८१ शुक्रबार
आईटी आर्मीका कार्यकर्ताहरूले श्रममन्त्रीको पुतला जलाए
असार १४, २०८१ शुक्रबार
मधेस प्रदेशका मुख्यमन्त्री सिंहले असार २१ गते विश्वासको मत लिने
असार १४, २०८१ शुक्रबार
सशस्त्र प्रहरीका एसपी र डीएसपी सरुवामा गृहमन्त्रीको मनलाग्दी
नेपालबहस संवाददाता
असार १२, २०८१ बुधबार
यी राशीमा ३ दिनपछि आर्थिक संकटको छायाँ पर्न सक्छ !
नेपालबहस संवाददाता
असार १२, २०८१ बुधबार
बसमा सवार यात्रुको मृत्यु, चालक र सहचालक पक्राउ
नेपालबहस संवाददाता
असार १३, २०८१ बिहिबार
गृहमन्त्री लामिछानेको सचिवालयमा दाम जम्मा गर्न नसक्दा रोकिएको श्रेष्ठ र आचार्यको बढुवा !
असार १४, २०८१ शुक्रबार
एसइईमा फेल भएका सबैले मौका परीक्षा दिन पाउने
असार १४, २०८१ शुक्रबार
पचास प्रतिशत रोपाइँ मनसुनी वर्षाकै भरमा
असार १५, २०८१ शनिबार
युरोकप नकआउट चरणको पहिलो खेलमा आज इटाली र स्वीजरल्याण्ड भिड्दै
असार १५, २०८१ शनिबार
बागलुङमा श्रीमान–श्रीमती घरसहित पहिरोमा पुरिए
असार १५, २०८१ शनिबार
तपाईको आजको राशीफल कस्तो छ ?
असार १५, २०८१ शनिबार
मनसुनी वायुको प्रभाव : देशका विभिन्न ठाउँमा वर्षा, यी स्थानमा ठूलो पानी पर्ने
असार १५, २०८१ शनिबार
टी-२० विश्वकपको फाइनल आज, भारत र दक्षिण अफ्रिका भिड्दै
असार १५, २०८१ शनिबार