गुणस्तर चेक गर्न रुपन्देहीका होटल तथा रेष्टुरेण्टको अनुगमन
नेपालबहस संवाददाता
माघ २४, २०७९ मंगलबार १६:५७:५९
२४ माघ, रुपन्देही । रुपन्देहीका होटल तथा रेष्टुरेण्टहरूलाई खाद्य स्वच्छताका आधारमा स्तरीकरण सुरुआत गरिएको छ । खाद्य, प्रविधि तथा गुण नियन्त्रण कार्यालय भैरहवाले खाद्य स्वच्छताको मापदण्ड तय गरेर होटल तथा रेष्टुरेण्टको स्तरीकरण थालेको हो ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय भैरहवाका प्रमुख विमलकुमार दाहालले कृषि तथा पशुपक्षी विकास मन्त्रालयले खाद्य स्वच्छताका आधारमा होटल तथा रेष्टुरेण्ट स्तरीकरण गर्ने निर्देशिका जारी गरेबमोजिम होटल तथा रेष्टुरेण्टको अनुगमन गरिएको बताए ।
कार्यालयबाट खटिएका निरीक्षकको अनुगमनपछि परिणामका आधारमा होटल तथा रेष्टुरेण्टमा पुगेर स्टिकर टाँसिएको उनले बताए । अतिउत्तम, उत्तम, सन्तोषजनक र सामान्य गरी चारवटा स्तर निर्धारण गरिएकाले सोही स्टिकरका आधारमा उपभोक्ताले होटल तथा रेष्टुरेण्टको गुणस्तर थाहा पाउने प्रमुख दाहालको भनाइ छ ।
जिल्लामा हालसम्म २५ होटल तथा रेष्टुरेण्टको अनुगमन गरिएकामा एउटा होटलमात्रै अतिउत्तम निर्धारण गरिएको छ । सय पूर्णाङ्कमा मूल्याङ्कन गर्दा ९० भन्दामाथि अङ्क प्राप्त गर्ने होटल तथा रेष्टुरेण्टमा तीनवटा तारा भएको ‘क वर्ग’को हरियो स्टिकर टाँसिएको छ । ‘अतिउत्तम’, ८० देखि ८९ सम्म अङ्क प्राप्त गर्नेलाई दुईवटा तारा भएको ९ख वर्ग०को हरियो स्टिकर ‘उत्तम’, ६५ देखि ७९ सम्म ल्याउनेलाई एउटा तारा भएको हरियो स्टिकर तथा ६५ भन्दामुनि र ५० भन्दामाथि अङ्क प्राप्त गर्ने होटल तथा रेष्टुरेण्टमा पहँेलो स्टिकर टाँसिएको छ ।
स्वच्छताका आधारमा ५० बुँदामा प्रत्येक बुँदाको २ नम्बरको हिसाबले एक सय पूर्णाङ्कको आधारमा चारवटा श्रेणीमा स्तरीकरण गरिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबर्दियामा मृतावस्थामा पाटेबाघ फेला प¥यो
जेठ ६, २०८१ आइतबार
बहुविवाहका आरोपी दाङका पौडेल पुर्पक्षका लागि कारागार चलान
जेठ २, २०८१ बुधबार
कपिलवस्तुमा राष्ट्रिय एकता अभियानको सम्मेलन सम्पन्न
बैशाख ३१, २०८१ सोमबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
हावाहुरीले उदयपुरमा करोडौँको क्षति
जेठ ६, २०८१ आइतबार
ट्राफिक प्रहरी जवानको हत्या आरोपमा ६ जना पक्राउ
जेठ ६, २०८१ आइतबार
कांग्रेस संसदीय दलको बैठक बस्दै
जेठ ७, २०८१ सोमबार
आइपिएलको प्लेअफको समीकरण पुरा, पहिलो क्वालिफायरमा कोलकोता र सनराइजर्स खेल्ने
जेठ ७, २०८१ सोमबार
प्रतिनिधिसभाको बैठक बस्दै, प्रधानमन्त्रीले विश्वासको मत लिने कार्यसूची
जेठ ७, २०८१ सोमबार
मानसरोवर यात्राः रसुवागढी नाकामा बढ्याे चहलपहल
जेठ ७, २०८१ सोमबार
म्यानचेस्टर सिटीले जित्यो प्रिमियर लिगको उपाधि
जेठ ७, २०८१ सोमबार