‘ब्याट्री डाउन’ भएर ‘स्टार्ट’ नै नहुने दमकललाई प्रयोगमा ल्याउदै गाउँपालिका
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_E0Qh2H6kyW.jpeg
)
नेपालबहस संवाददाता
माघ २४, २०७९ मंगलबार १७:३७:४६
![](https://nepalbahas.prixacdn.net/media/albums/Fire-engine-Damkal_20190110014813_0Nj0pH0K0j.jpg)
२४ माघ, खोटाङ । ‘ब्याट्री डाउन’ भएर ‘स्टार्ट’ नै नहुने भएपछि खोटेहाङ गाउँपालिकाको बारुणयन्त्र ‘दमकल’ दुई वर्षदेखि थन्किएर बसेको छ । प्रदेश नं १ नं सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले विसं २०७७ असोज २९ गते गाउँपालिकालाई दमकल हस्तान्तरण गरेको थियो ।
विराटनगरबाट ल्याएको केही महिनापछि नै ब्याट्री डाउन भएको दमकललाई गाउँपालिकाको केन्द्र खोटाङबजारस्थित इलाका प्रहरी कार्यालयमा थन्क्याएर राखिएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकामा दमकल चलाउनयोग्य सडकसमेत छैन । गाउँपालिकाको केन्द्र खोटाङबजारकै सडक पनि साँघुरो छ । यही कारण प्रदेश सरकारले निःशुल्क उपलब्ध गराएको दमकल प्रयोगमा ल्याउन असहज भएको गाउँपालिकाले जनाएको छ ।
जस्तापाता र खरको छाना भएको पुरानो संरचनाका घरहरू रहेको खोटेहाङ गाउँपालिकामा आगलागीका घटना जिल्लाका अन्य स्थानीय तहभन्दा बढी हुने गरेको छ । आगलागीका घटना नियन्त्रण गर्न प्रदेश सरकारले दुई वर्षअघि दमकल उपलब्ध गराए पनि गाउँपालिकाले उक्त दमकल प्रयोगमा ल्याउन नसकेको हो ।
यद्यपि ब्याट्री फेरेर दमकललाई चालु अवस्थामा राख्ने तयारी गरिएको गाउँपालिका प्रमुख उदिमबहादुर राईले बताए । सुक्खा तथा खडेरीको मौसम सुरु भएकाले दमकलको ब्याट्री फेरेर चालु अवस्थामा राख्ने र चलाउने अपरेटर राख्ने योजना रहेको गाउँपालिकाले जनाएको छ ।
प्रदेश सरकारले गाउँपालिकालाई दमकलसहित एउटा प्रहरी पिकअप भ्यानसमेत हस्तान्तरण गरेको थियो । प्रदेश सरकारले उपलब्ध गराएको भ्यान भने इलाका प्रहरी कार्यालय खोटाङबजारले प्रयोग गरिरहेको जनाइएको छ । दमकल र प्रहरी भ्यान लिन पूर्वगाउँपालिका प्रमुख प्रदीपकुमार राई, पूर्वउपप्रमुख कविता राई, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत भट्टराईलगायत विराटनगर पुग्नुभएको थियो । प्रदेश सरकारले दमकल र प्रहरी भ्यान उपलब्ध गराएपछि गाउँपालिकाका स्थानीय बासिन्दासमेत हर्षित भएका थिए ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको दमकलसमेत प्रभावकारीरूपमा सञ्चालन भएको छैन । सात वर्षअघि खरिद गरिएको नगरपालिकाको दमकल अहिलेसम्म एउटा आगलागीका घटनामा पनि प्रयोग भएको छैन । दश स्थानीय तह रहेको जिल्लामा अहिलेसम्म अन्य स्थानीय तहले भने दमकल खरिद गरेको छैन । पहाडी भू–भाग तथा कच्ची सडक रहेको जिल्लामा दमकल भए पनि प्रयोग गर्न असहज हुने देखिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबाढी बस्तीमा पसेपछि विराटनगरमा ५ सय बढी घर डुबानमा, वडा नं ६ धेरै प्रभावित
असार १२, २०८१ बुधबार
ओखलढुङ्गामा पहिरोले घरगोठ पुरिँदा एकजनाको मृत्यु, दुई घाइते
असार १२, २०८१ बुधबार
विराटनगर महानगरको बजेट साढे तीन अर्ब
असार १०, २०८१ सोमबार
विदेशबाट आएका कामतको होटलमा शङ्कास्पद मृत्यु, साथमा आएकी परस्त्री फरार
नेपालबहस संवाददाता
असार ११, २०८१ मंगलबार
अन्तरिक्षबाट घरको छतमा टुक्रा खसेपछि नासाविरुद्ध मुद्धा दायर
नेपालबहस संवाददाता
असार १०, २०८१ सोमबार
भारतको सेमिफाइनल खेलमा वर्षा भयो भने के हुन्छ ?
नेपालबहस संवाददाता
असार १०, २०८१ सोमबार
सर्वोच्चले खारेज गर्यो कोशी प्रदेश सरकार विरुद्धको रिट
असार ११, २०८१ मंगलबार
नेपाल आइडल विजेता करण परियारलाई प्रधानमन्त्रीले दिए बधाई, गितार उपहार
असार १२, २०८१ बुधबार
देशभर मनसुनी वायुको प्रभाव : आज यी ठाउँहरुमा भारी वर्षा हुने
असार १२, २०८१ बुधबार
बाढी पसेपछि विराटनगर विमानस्थल बन्द
असार १२, २०८१ बुधबार
कांग्रेसले स्वास्थ्य तथा गुणस्तरसम्बन्धी गैर सरकारी विधेयक दर्ता गराउने
असार १२, २०८१ बुधबार
ट्राभिस हेड टी-२० वरियताको ब्याट्सम्यानको सूचीमा शिर्ष स्थानमा
असार १२, २०८१ बुधबार
नेपालगञ्जमा महिला क्याम्पसमा अध्ययन गर्नको आकर्षण बढ्यो
असार १२, २०८१ बुधबार
जङ्गली च्याउ खाँदा तीन जनाको मृत्यु, १६ बिरामी
असार १२, २०८१ बुधबार
रुकुमकोट बजार आसपास क्षेत्र
असार १२, २०८१ बुधबार