ज्यादती नसहने भन्दै इनरुवा अस्पतालका चिकित्सकले दिए सामूहिक राजीनामा
नेपालबहस संवाददाता
माघ २७, २०७९ शुक्रबार २३:१:३७
२७ माघ, काठमाडौं । डाक्टरलाई मानसिक तनाव दिने र ज्यान मार्ने धम्की दिनेव्यक्तिलाई अस्पतालले संरक्षण दिएको भन्दै विरोधमा इनरुवा अस्पतालका ८ मेडिकल अधिकृतले सामूहिक राजीनामा दिएका छन् ।
बिहीबार बेलुका सुनसरीको इनरुवा अस्पतालका मेडिकल अधिकृतहरुले बिरामी र मेडिकल अधिकृतबीच भएको विवादमा मेडिकल सुपरिटेन्डेन्ट डा. देवराज घिमिरे मौन बसेको आरोप उनीहरुको छ । विवादमा मौनता साँधेको भन्दै छात्रावृत्ति र करारका ८ जना चिकित्सकहरुले अस्पताल व्यवस्थापन पक्षलाई शुक्रबार सामूहिक राजीनामा बुझाएका छन् ।
सामूहिक राजीनामा बुझाउनेमा मेडिकल अधिकृत समेत रहेका चिकित्सकहरु महेशकुमार शाह, रतिकुमार यादव, आशिष देव, अभिषेकुमार सिंह, श्रेया पंगेनी, कृतिका हमाल, दिपेन्द्र मेहता र वीरेन्द्र मण्डल रहेका छन् ।
मेडिकल सुपरिटेन्डेन्ट घिमिरेले राजनैतिक शक्तिको आडमा आडमा चिकित्सक र कर्मचारीहरुमाथि ज्यादति थोपरिएको र चिकित्सकमाथि हुने आक्रमणमा समेत आक्रमणकारीलाई साथ दिँदै आएको उनीहरुको को आरोप छ ।
गत बिहीबार साँझ फुड पोइजनका बिरामी उपचारका लागि अस्पताल आउँदा अस्पतालमा चिकित्सक नभेटेपछि फोन गर्दा नर्ससँग सम्पर्क गर्न भनी जवाफ दिएको निहुँमा बिरामी आफन्तले विवाद गरेका थिए । नर्स समेत ड्यूटीमा नरहेको भन्दै विवाद थप चर्काएको र बिरामीलाई बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान रिफर गरिएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकोशीमा न्युनतम साझा कार्यक्रम बनाउन कार्यदल गठन
असोज ६, २०८१ आइतबार
कोशीका मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिँदै
असोज २, २०८१ बुधबार
विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै
असोज १, २०८१ मंगलबार
न्यून कार्बन उत्सर्जन गर्न ऊर्जा प्रभावकारी भवन निर्माण आवश्यक छ : उपप्रधानमन्त्री सिंह
असोज ११, २०८१ शुक्रबार
नेपाली कांग्रेस शिक्षा विभागमा १० सदस्य मनोनीत
असोज ११, २०८१ शुक्रबार
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा चङ्गा, ड्रोन र बेलुन उडाउनेलाई कारबाही गरिने
असोज ११, २०८१ शुक्रबार
उखु र दुध किसानको भुक्तानीका लागि रकम निकासा
असोज ११, २०८१ शुक्रबार
उपत्यकाका नदीहरुमा पानी सतह बढ्यो, बागमती नदीले खतराको तह पार गर्यो
असोज ११, २०८१ शुक्रबार
न्यायाधीश सिफारिस गरेकोप्रति बारको असन्तुष्टि
असोज ११, २०८१ शुक्रबार