महोत्तरी, धनुषा र सिन्धुलीमा जङ्गली हात्तीको उपद्रो
नेपालबहस संवाददाता
फागुन १४, २०७९ आइतबार १६:५६:४७
१४ फागुन, महोत्तरी । महोत्तरी, धनुषा र सिन्धुलीको साँध चुरे पहाड वारिपारि जङ्गली हात्तीको त्रास बढेको छ । वारिका महोत्तरी जिल्लाको बर्दिबास, धनुषाको मिथिला र पारिका सिन्धुली जिल्लाका कमलामाई र दुधौली नगरपालिका क्षेत्रका चुरेकाछका बस्तीमा जङ्गली हात्तीको त्रास छाएको हो ।
शनिबार बिहान झिसमिसेमा सिन्धुलीतर्फको रानीबास बस्तीमा जङ्गली हात्तीको आक्रमणमा एक जनाको मृत्यु भएपछि चुरेकाछका बस्तीमा त्रास छाएको छ । चुरेपारिको जोडिएकै बस्तीमा हात्तीको उपद्रो बढेपछि महोत्तरीका पर्साहीधाप, रजबास, कालापानी, धनुषाका तुलसी, विसम्भर, बाहुनमारा र लोहटासहितका बस्तीमा सर्वसाधारण कामविशेषले हिँडडुल गर्न पनि छाडेका छन् ।
“ऊ त्यहीँ पारि मान्छे मा¥यो, कसरी सुत्न सकिन्छ रु” बर्दिबास–३ रजबासका सामाजिक कार्यकर्ता रामबहादुर थापाले भने, “जङ्गली हात्तीको त्रासले मान्छे घरबाट निस्कन छाडेका छन् ।” हात्तीको आक्रमणमा मान्छे मरेपछि हिजो शनिबार दिनभरि बर्दिबास–कटारी रुटमा कुनै सवारी साधन चलेनन् ।
बर्सेनि चुरेकाछका बस्तीमा जङ्गली हात्तीको उपद्रव हुँदै आएको छ । खेतबारीको बालीनाली माडेर नोक्सान गर्ने, पराल राखेका माच लडाउने, केराका थाम उखेल्ने र काठेघर लडाउनेसम्मका हात्तीको उपद्रव खेप्दै आइएको काछवासी बताउँछन् । कहिले एउटै र धेरैजसो तीनवटाको सङ्ख्यामा पछिल्लो एक दशकयता बर्सेनिजसो जङ्गली हात्तीको उपद्रो चुरे क्षेत्रमा हुँदै आएको छ । यसपालि पछिल्लो तीन–चार दिनयता एउटै हात्ती बस्ती पस्ने गरेको सर्वसाधारणले बताएका छन् ।
दिउँसभरि घना जङ्गलभित्र लुक्ने हात्ती मध्यरातपछि बस्ती पस्ने गरेको पाइएको छ । शनिबार पनि बिहान कुखुरा बास्ने बेलातिर हात्तीले रानीबासमा मान्छे मारेको हो । सर्वसाधारण त्रासमा भएका बेला डिभिजन वन कार्यालय सिन्धुलीले अहिले बस्ती पस्ने गरेको हात्तीलाई शनिबार लट्टिने औषधि प्रयोग गरिएको जनाएको छ । बस्ती पसेको हात्तीले मिथिला नगरपालिकाको ढल्केवर माथिल्लो बस्तीमा तीन जनालाई पछारेर मारेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपस्थानीय तहको उपनिर्वाचनका लागि दल दर्ता आजदेखि
असोज १०, २०८१ बिहिबार
स्थानीय तहको उपनिर्वाचनका लागि दल दर्ता गर्न निर्वाचन आयोगको आग्रह
असोज ९, २०८१ बुधबार
गोरखाको अजिरकोटमा कमसल ब्राण्डका बाह्य अल्कोहलिक पदार्थ बिक्रीमा रोक
असोज ९, २०८१ बुधबार
न्यून कार्बन उत्सर्जन गर्न ऊर्जा प्रभावकारी भवन निर्माण आवश्यक छ : उपप्रधानमन्त्री सिंह
असोज ११, २०८१ शुक्रबार
नेपाली कांग्रेस शिक्षा विभागमा १० सदस्य मनोनीत
असोज ११, २०८१ शुक्रबार
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा चङ्गा, ड्रोन र बेलुन उडाउनेलाई कारबाही गरिने
असोज ११, २०८१ शुक्रबार
उखु र दुध किसानको भुक्तानीका लागि रकम निकासा
असोज ११, २०८१ शुक्रबार
उपत्यकाका नदीहरुमा पानी सतह बढ्यो, बागमती नदीले खतराको तह पार गर्यो
असोज ११, २०८१ शुक्रबार
न्यायाधीश सिफारिस गरेकोप्रति बारको असन्तुष्टि
असोज ११, २०८१ शुक्रबार