पहिलो अडिसनबाट पाँचौं ब्युटिसियन ट्यालेन्ट नेपालमा १३ जना चयन
नेपालबहस संवाददाता
चैत ८, २०७९ बुधबार १७:२४:५४
७ चैत, काठमाडौं । ‘ब्युटिसियन ट्यालेन्ट नेपाल–२०२३’ पाँचौं श्रृंखलाको काठमाडौंमा पहिलो अडिसन सम्पन्न भएको छ । पहिलो अडिसनमा राजधानी र मोफसलबाट विभिन्न व्युटिसियनहरु सहभागी भएका थिए । नेपालका व्युटिसियनहरुको व्यक्तित्व विकाश र प्रतिभा प्रस्तुतिका लागि ६ वर्षबाट हुँदै आएको छ ।
यो प्रतियोगिताको अन्तिम प्रतिस्पर्धाको लागि पहिलो अडिसनबाट १३ जना प्रतियोगीहरु चयन भएका छन् । जसमा मनिषा श्रेष्ठ, प्रमिला दर्नाला ९पुजा०, श्वेता मगर श्रेष्ठ, दीपा श्रेष्ठ, आयुषा खड्का, मन्दिरा श्रेष्ठ, रजनी खड्का, सञ्जिना सितिखु, सुनिता प्रजापति मानन्धर, पुनम साउद, संगीता सुवेदी, प्रनिशा डंगोल र उर्मिला मानन्धर थिए ।
रोज ब्युटी एकेडेमी र विलक्षण क्रियसन प्रालि.द्धारा आयोजित यो प्रतियोगिताको लागि दोश्रो अडिसन यही १० चैतमा राखिने भएको छ । अडिसन सम्पन्न भएपछि १२ चैटबाट प्रशिक्षण सुरु गर्ने र आगामी २८ चैतमा पाँचौ व्युटिसियन ट्यालेन्ट नेपाल २०२३ को एक भव्य समारोहबी चयन गरिने पनि आयोजक संस्था रोज ब्युटी एकेडेमीकी अध्यक्ष एव्म बरिष्ट व्युटिसियन सोनी कारँजितले कार्यक्रममा बताएकी छिन् ।
आईतबार सम्पन्न अडिसनको निर्णायकमा हास्य अभिनेत्री पल्पसा डँगोल, अग्रज व्युटिसियन अनिता खड्का रायमाझी, लायन्स सुरेन्द गिरी, ब्युटिसियन ट्यालेन्ट नेपालकी पहिलो बिजेता तथा गायिका÷सञ्चारकर्मी सरिता भारती र कस्मेटिक विज्ञ परिषी कारंजित थिए ।
प्रतियोगीहरुलाई ब्युटिसियन सम्बन्धि दुई साता लामो विभिन्न प्रशिक्षण दिएर बल्ल फाईनल प्रतियोगितामा उतारिने भएको छ । बिजेताले काठमाडौं बैंकक काठमाडौंको ५० हजार रुपैयाँ बराबरका हवाई टिकट प्राप्त गर्ने आयोजक पक्षले जनाएको छ ।
प्रशिक्षणको क्रममा ५० हजार भन्दा बढी मुल्यको व्युटिसियन समबन्धि विभिन्न प्रशिक्षण दिईने विलक्षण क्रियसनका अध्यक्ष डब्बु क्षत्रीले बताएका छन् । उनका अनुसार व्युटिसियनहरुलाई पार्लरबाट नियमित रुपमा र्याम्प र स्टेजमा ल्याउँदै आएको यो नै व्युटिसियन सम्बन्धि नेपाली पेजेन्ट हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपविश्वको सबैभन्दा ठूलो मेट गाला सुरु
बैशाख २५, २०८१ मंगलबार
निहारा र अदितिलाई ‘किड्स क्यापिटल नेपाल’ को उपाधि
बैशाख २४, २०८१ सोमबार
डा. आयुष्नोभा बनिन् मिस इन्टरकन्टिनेन्टल नेपाल
बैशाख २०, २०८१ बिहिबार
हावाहुरीले उदयपुरमा करोडौँको क्षति
जेठ ६, २०८१ आइतबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ७, २०८१ सोमबार
सिटिजन्स बैंकका सबै कार्डहरू अति सुरक्षित छन्, ढुक्कले चलाउनु भए हुन्छ
जेठ ६, २०८१ आइतबार
कोरियन नागरिकको सहयोगमा विद्यालयमा शौचालय
जेठ ७, २०८१ सोमबार
महिला उद्योगी व्यवसायी बढ्दै, १० महिनामा दुई करोड ६३ लाख राजस्व संकलन
जेठ ७, २०८१ सोमबार
वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ
जेठ ७, २०८१ सोमबार
आम्दानीको स्रोत बन्दै बगरखेती
जेठ ७, २०८१ सोमबार
बाँदरबाट जोगाउन नसकिएपछि धानको विकल्पमा कागतीखेती
जेठ ७, २०८१ सोमबार