‘हेरिटेज पेजेन्टस् २०२३’ को तयारी सुरु
नेपालबहस संवाददाता
चैत १२, २०७९ आइतबार १८:१७:२७
१२ चैत, काठमाडौं । विश्वका विभिन्न मुलुकका सम्पदा र संस्कृतिको जगेर्ना तथा प्रवद्र्धन गर्ने उदेश्यले सुरु भएको सौन्दर्य प्रतियोगीता ‘हेरिटेज पेजेन्टस्’ को नयाँ संस्करण सुरु भएको छ । आयोजक ईप्लानेट सिंगापुरले एक बिज्ञप्ती जारी गर्दै प्रतियोगीताको नयाँ संस्करणको तयारी सुरु भएको हो ।
आगामी नोभेम्बरमा थाइल्याण्डमा आयोजना हुने प्रतियोगीताको अध्यक्षमा इ–प्लानेट नेपालका सन्तोष सापकोटा र कोरियोग्राफर रोजिन शाक्य रहनेछन् । आवेदन समेत खुल्ला गरिएको प्रतियोगीताको कार्यक्रम संयोजक सुसान सनफुर्मी कोह र स्थानिय कोअडिनेटर फन्तिप सृवारान्यो रहेका छन् । प्रतियोगीतामा मिस तर्फ १८ देखि २७ र मिसेस् तर्फ २० देखि ४५ वर्ष उमेर समूहकाले सहभागीता जनाउन सक्ने आयोजक संस्थाका अध्यक्ष सन्तोष सापकोटाले बताए ।
हेरिटेज पेजेन्ट एउटा अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता हो । जसले शान्ति, वातावरण, पर्यटन, संस्कृति र सबै भन्दा माथि विश्वव्यापी सम्पदालाई विश्वव्यापी परिप्रेक्ष्यबाट प्रवद्र्धन गर्ने प्रयास गर्दछ ।
‘बुद्ध र सगरमाथा नेपालीको पहिचान, सम्पदा, संस्कृति, पर्यटन प्रवद्र्धन र सम्वद्र्धन हाम्रो अभियान’ भन्ने मुल नाराका साथ ई–प्लानेट नेपालको आयोजना यो प्रतियोगीता पहिलो पटक २०१४ मा नेपालमा आयोजना गरिएको हो । प्रतियोगिताको दोस्रो संस्करण सन् २०१५ मा भारतको नयाँ दिल्ली, तेस्रो संस्करण सन् २०१६ मा श्रीलंका, चौथौं संस्करण सन् २०१९मा सिंगापुर तथा पाँचौं संस्करण सन् २०२२ मा मलेशियामा आयोजना भएको थियो ।
ईप्लानेट नेपाल सिंगापुरको अर्किड कन्ट्रि क्लबमा आयोजित विशेष समारोहमा एसिया प्यासिफीक प्रेस्टिजियस विजनेस व्राण्ड अवार्डबाट सम्मानित संस्था हो । ईप्लानेटले देश भित्र क्षेत्रिय एवं राष्ट्रिय स्तरमा विभिन्न सौन्दर्य प्रतियोगिता, सभा सम्मेलन, प्रदर्शनी एवं कर्पोरेट इभेन्टहरुको सफल व्यवस्थापन गर्दै आएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसानेपाको हेरिटेज गार्डेनमा नेपाल फेसन फेस्टिबल
जेठ ११, २०८१ शुक्रबार
विश्वको सबैभन्दा ठूलो मेट गाला सुरु
बैशाख २५, २०८१ मंगलबार
निहारा र अदितिलाई ‘किड्स क्यापिटल नेपाल’ को उपाधि
बैशाख २४, २०८१ सोमबार
घट्यो पेट्रोलियम पदार्थको मूल्य, ग्यासको यथावत
जेठ १८, २०८१ शुक्रबार
यस्ता छन् मन्त्रिपरिषद् बैठकका २६ निर्णय ( हेर्नुस सुचिसहित )
जेठ १८, २०८१ शुक्रबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ १९, २०८१ शनिबार
बजेट अर्थमन्त्री र माओवादीप्रति ढल्किएको ओलीको आरोप
जेठ १९, २०८१ शनिबार
यार्सा संकलनमा गएका दुईजनाको मृत्यु, एक सिकिस्त
जेठ १९, २०८१ शनिबार
कुमारी बैंक ‘इन्फोसिस फिनाकल इनोभेसन अवार्ड-२०२४’ बाट सम्मानित
जेठ १९, २०८१ शनिबार
दार्चुलामा यार्सा टिप्न गएका युवकको लडेर मृत्यु
जेठ १९, २०८१ शनिबार
किसानलाई आत्मनिरर्भर बनाउन निःशुल्क धानको बीउ वितरण
जेठ १९, २०८१ शनिबार