पर्सामा घुम्ती स्वास्थ्य शिविरबाट ६ सयभन्दा बढी महिला लाभान्वित
नेपालबहस संवाददाता
चैत २०, २०७९ सोमबार २०:४४:१५
२० चैत, पोखरीय । पर्साको विभिन्न स्थानमा सञ्चालित घुम्ती स्वास्थ्य शिविरबाट ६ सयभन्दा बढी महिला लाभान्वित भएका छन् । वीरगञ्ज महानगरपालिकाद्वारा आयोजित घुम्ती शिविरमा महिलामा हुने आङ खस्ने समस्या, पाठेघरको मुखको क्यान्सर, स्तन क्यान्सर, फिस्टुला तथा पाठेघरसम्बन्धी स्क्रिनिङ जाँचलगायतका विभिन्न स्वास्थ्य जाँच गरिएको हो ।
वीरगञ्ज महानगरपालिकाको स्वास्थ्य तथा सामाजिक विकास महाशाखा अन्तर्गतको जनस्वास्थ्य प्रवद्र्धन शाखाको सहकार्यमा चैत ८ गतेदेखि सुरु भएको शिविर विभिन्न वडा हुँदै चैत १९ मा सम्पन्न भएको हो । उपचारका लागि टाढासम्म जान नसक्ने महिलालाई लक्षित गरी ६ वटा वडामा सञ्चालन गरिएको घुम्ती स्वास्थ्य शिविरबाट ६ सय ६१ महिला लाभान्वित भएका हुन् ।
शिविरमा एक सय नौ जनाको पाठेघरको मुखको क्यान्सरसम्बन्धी गरिएको परीक्षणमा २० जनामा गम्भीर समस्या देखिएको र १६ जनामा शङ्कास्पद अवस्था देखिएको थियो । साथै ७३ जनाको अवस्था सामान्य भएको पाइएको छ ।
त्यसैगरी २९ जना गरिएको स्तनसम्बन्धी परीक्षणमा १२ जनाको अवस्था शङ्कास्पद देखिएको र उनीहरुलाई अस्पताल पठाइएको थियो । साथै १७ जनामा सामान्य अवस्था पाइएको छ ।
चौबीस महिलामा आङ खस्ने समस्याबारे गरिएको चेकजाँचमा तीन जनामा सुरुवाती चरण देखिएको तथा १७ जनामा पहिलो र दोस्रोचरणको समस्या देखिएको थियो । त्यसैगरी तीन जनामा तेस्रो चरणको समस्या देखिएको थियो भने एक जनामा चौँथोचरणको समस्या पाइएको डाक्टरहरुले बताएका छन् ।
त्यस्तै चेकजाँचको क्रममा चारजनामा पाठेघरको मुखमा मासु पलाएको र १४ जनामा भने सिस्टोसेलसम्बन्धी समस्या पाइएको डाक्टरले जनाएका छन् । स्त्री रोग विशेषज्ञ डाक्टर प्रतिति यादव र डा दिप्ती यादवले परीक्षण गर्नुभएको थियो भने वीरगञ्ज महानगर वडा नं २८ बगही प्राथमिक स्वास्थ्य केन्द्रकी स्टाफ नर्स रिन्कुकुमारी साहले सहजीकरण गरेकी थिइन् ।
वीरगञ्ज महानगरपालिका–२९ बसडील्वाको स्वास्थ्य चौकीबाट सुरु भएको शिविर वडा नं २८ को बगही स्वास्थ्य केन्द्र, वडा नं २० हरपतगञ्जको स्वास्थ्य चौकी, वडा नं २६ सुगौली विर्ताको स्वास्थ्य चौकी, वडा नं २४ रागढवाको स्वास्थ्य चौकी हुँदै वडा नं २३ प्रसौनी विर्ताको स्वास्थ्य चौकी पुगी सम्पन्न भएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनर्सहरुमाथिको दमन आखिर कहिलेसम्म ?
जेठ ८, २०८० सोमबार
अषाढ मै रौतहट पुर्ण खोप जिल्ला घोषणा हुने
जेठ ६, २०८० शनिबार
सबै अस्पतालको उपकरण जाँच १५ दिनभित्र गर्न स्वास्थ्यमन्त्री बस्नेतको निर्देशन
जेठ ५, २०८० शुक्रबार
सशस्त्रमा आईजीपी अर्याल विरुद्ध मोर्चाबन्दी !
नेपालबहस संवाददाता
जेठ १६, २०८१ बुधबार
घट्यो पेट्रोलियम पदार्थको मूल्य, ग्यासको यथावत
नेपालबहस संवाददाता
जेठ १८, २०८१ शुक्रबार
घट्यो पेट्रोलियम पदार्थको मूल्य, ग्यासको यथावत
जेठ १८, २०८१ शुक्रबार
बजेट सच्याउने निर्णय गराएर करका दरमाथि खेल्दै अर्थमन्त्री, 'टाइपिङ इरर' भएको बहाना
जेठ १८, २०८१ शुक्रबार
गृहमन्त्रीको नजरः सुन तस्करीमा संलग्न निजामतिलाई काखा, प्रहरीलाई पाखा
जेठ १८, २०८१ शुक्रबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ १९, २०८१ शनिबार
समयमै क्यासिनो नवीकरणको आवेदन नदिए इजाजतपत्र खारेज हुने
जेठ १८, २०८१ शुक्रबार
स्वास्थ्य क्षेत्रको समस्या समाधान गर्न मन्त्री यादवद्वारा समिति गठन
जेठ १८, २०८१ शुक्रबार
वाग्मती प्रदेशको नीति तथा कार्यक्रम स्वीकृत
जेठ १८, २०८१ शुक्रबार
अत्यधिक गर्मीले बर्दियाका विद्यालय थप ६ दिन बन्द
जेठ १८, २०८१ शुक्रबार
दुबईबाट फर्केर तरकारीखेती
जेठ १८, २०८१ शुक्रबार