सभापति देउवाविरुद्ध ५६ जिल्लाका सभापतिहरु असन्तुष्ट !
![इन्द्र रिजाल](
https://nepalbahas.prixacdn.net/media/albums/Indra_Rijal_MwZXtSM0ir.jpg
)
इन्द्र रिजाल
फागुन २१, २०७५ मंगलबार १८:३७:४७
![](https://snowberry.prixacdn.net/media/gallery_folder/logo_u9UuLIVas7_gfmsqcbqyudnlk52y0lythcjrnu7anmatg1lb8rylf5mt4quwfztywuergov.png)
काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय समितिले महासमिति बैठकको भावनाविपरित विधान पास गरेपछि जिल्ला सभापतिहरू असन्तुष्ट बनेका छन ।
असन्तुष्ट बनेका ५६ जिल्लाका सभापतिहरुले तत्काल निर्णय नसच्याए विशेष महाधिवेशन बैठक बोलाउने समेत चेतावनी दिएका छन ।महासमिति बैठकबाट पास भैसकेको बिषयलाई केन्द्रीय कार्यसमितिको पछिल्लो बैठकले उल्टाएपछि ५६ जिल्लाका सभापतिहरु आक्रोशित बनेका हुन् ।
कांग्रेसको २०७५ पुष २९ गते देखि माघ ९ गते सम्म काठमाडौँमा सम्पन्न महासमिति बैठकमा सभापति देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलले अधिकांश महासमिति सदस्यहरुको प्रस्ताव अनुसार विधानमा उल्लेखित स्वतः प्रतिनिधि सम्बन्धि प्रावधान हटाउन र समानुपातिक तथा आरक्षण कोटाबाट एकै व्यक्ति लाई दोहोर्याएर अबसर नदिने सम्बन्धि व्यवस्था थप गर्ने सम्बन्धमा एक्यबध्दता जनाएका थिए ।
महासमिति बैठकका दौरान जिल्ला सभापतिहरुले उठाएको र सभापति शेरबहादुर देउवाले प्रतिबद्धता जनाएको विषय छलेर विधान पारित गरिएकोमा ५६ जिल्लाका सभापतिहरुले आपत्ति जनाएका हुन् ।
जिल्ला सभापतिहरुद्धारा जारी विज्ञप्तीमा भनिएको छ,उक्त दुई बिषयलाई लिएर पार्टी केन्द्रीय कार्यालयको सचिवालयमा औपचारिक रुपमै दर्ता भएको दर्ता नम्बर ९३ महासमिति सदस्यहरुको हस्ताक्षरलाई वेवास्ता गरी संसोधन प्रस्ताव नै नआएको जस्ता गलत प्रचारबाजीमा उत्रनु अझै हास्यास्पद छ ।
महासमिति बैठक र यसको निर्णयबाट उत्साहित भएका आम पार्टी सदस्यहरुलाई केन्द्रीय समितिको पछिल्लो निर्णयले निराश बनाएको छ ।
५६ जिल्लाका सभापतिहरु:
प्रदेश नम्बर १
१. लिला देवी बोखिम — ताप्लेजुंग
२. नरेन्द्र कुमार केरुङ्ग — पांचथर
३. हिमालय कर्माचार्य — ईलाम
४. उद्धव थापा — झापा
५. गोविन्द ढुंगाना — तेह्रथुम
६. नन्दमणि राई — भोजपुर
७. नरेश कुमार श्रेष्ठ — खोटांग
८. बिनोद बस्नेत — सोलुखुम्बु
९. राजिब कोइराला — सुनसरी
१०. डिग बहादुर लिम्बु — मोरंग
११. बिदुर बस्नेत — गाईघाट
१२. दिपेन कुमार श्रेष्ठ – संखुवासभा
प्रदेश नम्बर २
१. कृष्ण देव यादव — रौतहट
२. अजय दुवेदी — पर्सा
प्रदेश नम्बर ३
१. उज्जल बराल — सिन्धुली
२. मधु आचार्य — काभ्रे
३.लवश्री न्यौपाने — रामेछाप
४. बिकाश लामा — सिन्धुपाल्चोक
५. जगदीश नरसिंह केसी — नुवाकोट
६. दुर्लभ थापा — भक्तपुर
७. सबुज बानिया — काठमाडौँ
८. पेम्बा क्षिरिङ्ग लामा — रसुवा
९. रमेश धमला — धादिंग
१०. जित नारायण श्रेष्ठ — चितवन
प्रदेश नम्बर ४
१. बैकुण्ठ न्यौपाने — तनहुँ
२. कृष्ण केसी —कास्की
३. खम्ब गर्बुजा —म्याग्दी
४. यङ्गजीङ्ग बिष्ट —मुस्तांग
५. कुमार राणा —स्याङजा
६. बिष्णु प्रसाद लामिछाने —नवलपुर
७. भेष बहादुर पौडेल —लम्जुङ्ग
८. हरि ब घले —गोरखा
प्रदेश नम्बर ५
१. अर्जुन पोखरेल —परासी
२. बिर बहादुर राणा —पाल्पा
३. भुवन श्रेष्ठ —गुल्मी
४. बिष्णु प्रसाद खनाल ‘मुश्कान’ —अर्घाखाची
५. सुरेन्द्र प्रसाद आचार्य —कपिलबस्तु
६. अम्मर प्रसाद भण्डारी — प्युठान
७. अमर सिंह पून —रोल्पा
८. केशर मान रोका —पूर्व रुकुम
९. किरण कोइराला —बाँके
१०. संजय गौतम — बर्दिया
प्रदेश नम्बर ६
१. खड्ग बहादुर शाही — मुगु
२. दिप बहादुर शाही —जुम्ला
३. हर्ष बहादुर बम —कालिकोट
४. कृष्ण कुमार बिसी — दैलेख
५. कमल राज रेग्मी —सुर्खेत
६. प्रेम प्रकाश ओली —पश्चिम रुकुम
७. गणेश बहादुर चन्द —सल्यान
८. दिपक जंग शाही — जाजरकोट
९. जयपति रोकाया —हुम्ला
१०. अंगत बुढा —डोल्पा
प्रदेश नम्बर ७
१. कर्ण बहादुर मल्ल —डडेल्धुरा
२. ललित सिंह बोहरा —दार्चुला
३. नरेन्द्र सिंह थापा —बैतडी
४. हर्क जंग बहादुर सिंह —बझांङ्ग
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपप्रचण्ड सरकारलाई एक महिनाः काम चलाउन कि कमाउन ?
असार १८, २०८१ मंगलबार
एआईजी कि हबल्दार मेजर ?
असार १८, २०८१ मंगलबार
के देउवाले ओलीलाई सत्ताको साँचो सम्हाल्न आग्रह गरेका हुन ?
असार १६, २०८१ आइतबार
एआईजी कि हबल्दार मेजर ?
नेपालबहस संवाददाता
असार १८, २०८१ मंगलबार
सभापति देउवासँग अध्यक्ष नेपालको भेट
नेपालबहस संवाददाता
असार १८, २०८१ मंगलबार
सभापति देउवासँग अध्यक्ष नेपालको भेट
असार १८, २०८१ मंगलबार
सत्ता सजिलै नछाड्ने प्रधानमन्त्री प्रचण्डको संकेत, अब कसरी गठन हुन्छ नयाँ सरकार ?
असार १९, २०८१ बुधबार
नुनको भाउ बढ्यो, कति पुग्यो मूल्य ?
असार १८, २०८१ मंगलबार
अपांगता भएकालाई बाख्रा वितरण
असार १९, २०८१ बुधबार
संखुुवासभामा बाढीपहिरोबाट ४३ परिवार विस्थापित
असार १९, २०८१ बुधबार
किसानलाई कृषि उपकरणसँगै बीउविजन वितरण
असार १९, २०८१ बुधबार
प्रतिनिधि सभाबाट प्राप्त सन्देश राष्ट्रियसभामा टेबुल
असार १९, २०८१ बुधबार
सचिव अधिकारीले लिए शपथ
असार १९, २०८१ बुधबार
गरुडामा बाँदरविरुद्ध किसान
असार १९, २०८१ बुधबार