नयाँ शक्तिका २०८ भाइ फर्किए पुरानो पार्टीमा
![इन्द्र रिजाल](
https://nepalbahas.prixacdn.net/media/albums/Indra_Rijal_MwZXtSM0ir.jpg
)
इन्द्र रिजाल
फागुन २२, २०७५ बिहिबार ०:५१:२३
![](https://snowberry.prixacdn.net/media/gallery_folder/logo_u9UuLIVas7_gfmsqcbqyudnlk52y0lythcjrnu7anmatg1lb8rylf5mt4quwfztywuergov.png)
उर्लाबारी । नयाँ शक्ति पार्टीका केन्द्रीय सदस्य एवम् प्रदेश नं १ का संयोजक देवराज भण्डरीसहित २०८ जना नेता कार्यकर्ता नेपाल कम्युनिष्ट पार्टी (ने क पा) मा प्रवेश गरेका छन् ।
मोरङको पथरीशनिश्चरेमा नेकपाले आज आयोजना गरेको पार्टी कार्यकर्ता भेटघाट कार्यक्रममा कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले नवप्रवेशीहरुलाई स्वागत गर्दै एकता र सहकार्यले मात्र मुलुक समृद्ध हुने बताए ।
मन्त्री ढकालले नयाँ शक्तिका अध्यक्ष डा बाबुराम भट्टराईको पनि अन्ततः आउने ठाउँ पुरानै घरका रुपमा रहेको ने क पा नै भएको जिकिर गरे । उनले सुकुम्वासीसहितका बसोबासको समाधान गर्न सरकारले निर्माण गरेको कानून अन्तिम चरणमा पुगेको जनाउँदै पथरीशनिश्चरेमा निर्माण हुने प्रदेशकै गौरवको आदिवासी जनजातिसहितको बहुजातीय सांस्कृतिक सङ्ग्रहालयको प्रक्रिया अघि बढेको जानकारी गराएका थिए ।
नवप्रवेशी भण्डारीले एकीकृत रुपमा देशको समृद्धिको अभियानमा आफूहरु एकाकार भएको धारण राखे । नयाँ शक्तिका केन्द्रीय परिषद् सदस्य एवम् युवाका केन्द्रीय सचिव बाबुराम न्यौपाने, प्रदेश सदस्य एवम् पूर्वजनमुक्ति सेनाका मोरङ संयोजक जीतबहादुर रसाइली, राज्य कमिटी सचिवालय सदस्य वासु बराल, प्रदेश सदस्य एवम् ३ नं क्षेत्रीय संयोजक पर्शुराम मिश्रसहित पार्टीमा प्रवेश गरेका थिए ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपटीआरसी विधेयक टुंग्याउन तीन दलले बनाए कार्यदल
असार १७, २०८१ सोमबार
एकीकृत समाजवादीको बन्द सत्र आज, विद्युतीय मेसिनमार्फत मतदान हुने
असार १७, २०८१ सोमबार
तपाईको आजको राशीफल कस्तो छ ?
असार १७, २०८१ सोमबार
युरोकपमा आज फ्रान्स र बेल्जियम बीच कडा प्रतिस्पर्धा हुने
असार १७, २०८१ सोमबार
चैनपुर जिरोपोइन्टमा राखिएको चैनपुरे करुवा
असार १७, २०८१ सोमबार
टीआरसी विधेयक टुंग्याउन तीन दलले बनाए कार्यदल
असार १७, २०८१ सोमबार
कुमाल टोलको आम्दानीको स्रोत माटोका सामग्री
असार १७, २०८१ सोमबार
दमकका उत्कृष्ट शिक्षक र विद्यालय पुरस्कृत
असार १७, २०८१ सोमबार