अब सहज अवतरण भयो, सबैका लागि ऐतिहासिक समय: सीके राउत
इन्द्र रिजाल
फागुन २४, २०७५ शुक्रबार २०:५२:४९
काठमाडौं । स्वतन्त्र मधेस गठबन्धनका नेता सीके राउत सरकार र आफ्नो संगठनबीच भएको सहमति ऐतिहासिक भएको बताएका छन् । शुक्रबार आज काठमाडौँमा भएको राजनीतिक सहमति घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै डा.राउतले सो कुरा बताएका हुन् ।
’विगत केही वर्षदेखि विकारल समस्याले हामी पनि चितिन्त थियौं । कुन रुप लेला भन्ने हामीमा चिन्ता थियो,’ उनले भने, ‘अब सहज अवतरण भएको छ । सबैका लागि ऐतिहासिक समय हो ।’
डा. राउतले आफूहरु बुद्धका सन्तान भएको भन्दै राउतले अहिंसा शरीरभित्र अन्तरनिहित रहेको बताए । राउतले भने, ‘हामी बुद्धका सन्तान हौं, अहिंसा हाम्रो रगरगमा बसेको छ ।’ हिंसात्मक आन्दोलन गर्न सजिलो भए पनि गर्न नहुने भन्दै त्यस्ता गतिविधिमा नलाग्न अन्य पक्षलाई आह्वानसमेत गरे ।
‘हामीले हिंसात्मक आन्दोलन गरेर समय खेर फाल्ने बेला होइन । जनताले चाहेपनि जे पनि हासिल गर्न सक्छ । वार्तामार्फत राज्यले प्रतिबद्धता पनि जनाएको छ । सबै शक्ति जनताको हातमा निहित रहेको छ । जस्तो व्यवस्था ल्याउन छ, त्यसका लागि अभिमत प्रयोग गरुन् । समग्र देशको विकास हासिल गर्ने बेला आएको छ ।’
२०६९ साल जेठ सात गते काठमाडौँमा पत्रकार सम्मेलन गरेर आन्दोलनको घोषणा गरेको स्मरण गर्दै उनले भने, ‘त्यसबेलाका मन्त्रीहरुले पनि आन्दोलनको संवेदनालाई सम्मान गर्नुभयो । बल प्रयोग गर्नुभएन । जसले गर्दा आन्दोलनले नकारात्मक मोड लिएन ।’
यसअघिका प्रधानमन्त्री, शेरबहादुर देउवा, सुशील कोइराला, पुष्पकमल दाहाल, डा। बाबुराम भट्टराई पनि धन्यवादका पात्र भएको राउतले जिकिर गरे ।
राज्य पक्षले जनतामा निहित रहेको सम्प्रभुतालाई स्वीकार गर्दै आफूलाई राजनीतिक स्पेश प्रदान गरेको बताउँदै राउतले भने, ‘जनता नै सर्वोपरी हो । यो राज्यको पनि जीत हो । जताको पनि जित हो । कसैले पनि अनर्थ नलगाउन अनुरोध गर्दछु ।’
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपप्रतिनिधि सभाबाट प्राप्त सन्देश राष्ट्रियसभामा टेबुल
असार १९, २०८१ बुधबार
सचिव अधिकारीले लिए शपथ
असार १९, २०८१ बुधबार
एआईजी कि हबल्दार मेजर ?
नेपालबहस संवाददाता
असार १८, २०८१ मंगलबार
सभापति देउवासँग अध्यक्ष नेपालको भेट
नेपालबहस संवाददाता
असार १८, २०८१ मंगलबार
सभापति देउवासँग अध्यक्ष नेपालको भेट
असार १८, २०८१ मंगलबार
सत्ता सजिलै नछाड्ने प्रधानमन्त्री प्रचण्डको संकेत, अब कसरी गठन हुन्छ नयाँ सरकार ?
असार १९, २०८१ बुधबार
नुनको भाउ बढ्यो, कति पुग्यो मूल्य ?
असार १८, २०८१ मंगलबार
अपांगता भएकालाई बाख्रा वितरण
असार १९, २०८१ बुधबार
संखुुवासभामा बाढीपहिरोबाट ४३ परिवार विस्थापित
असार १९, २०८१ बुधबार
किसानलाई कृषि उपकरणसँगै बीउविजन वितरण
असार १९, २०८१ बुधबार
प्रतिनिधि सभाबाट प्राप्त सन्देश राष्ट्रियसभामा टेबुल
असार १९, २०८१ बुधबार
सचिव अधिकारीले लिए शपथ
असार १९, २०८१ बुधबार
गरुडामा बाँदरविरुद्ध किसान
असार १९, २०८१ बुधबार