राजपा र राष्ट्रिय जनमुक्ति पार्टीबीच एकता
![इन्द्र रिजाल](
https://nepalbahas.prixacdn.net/media/albums/Indra_Rijal_MwZXtSM0ir.jpg
)
इन्द्र रिजाल
फागुन २५, २०७५ शनिबार १३:२:४२
![](https://snowberry.prixacdn.net/media/gallery_folder/logo_u9UuLIVas7_gfmsqcbqyudnlk52y0lythcjrnu7anmatg1lb8rylf5mt4quwfztywuergov.png)
काठमाडौँ । राष्ट्रिय जनता पार्टी ‘राजपा’ नेपाल र राष्ट्रिय जनमुक्ति पार्टीबीच शुक्रबार एकता भएको छ । राजपा अध्यक्षमण्डलका सदस्यले आयोजित कार्यक्रममा सो पार्टीका सहअध्यक्ष मानध्वज ब्लोनसहितका नेता कार्यकर्तालाई टिका लगाएर स्वागत गरेका थिए ।
पार्टी एकीकरणमा जनमुक्ति पार्टीका अध्यक्ष सञ्जुहाङ पालुङ्वा सहभागी भएका थिए । उक्त पार्टीका दुई तिहाइभन्दा बढी केन्द्र र जिल्लास्तरका नेता राजपामा प्रवेश गरेको राजपाका नेता केशव झाले जानकारी दिए । पार्टी एकीकरण घोषणा कार्यक्रममा राजपा अध्यक्ष मण्डलका सदस्यहरु महन्थ ठाकुर, राजेन्द्र महतो, शरतसिंह भण्डारीलगायत नेताको उपस्थिति थियो ।
सो अवसरमा राजपा अध्यक्ष मण्डलका सदस्य महन्थ ठाकुरले अधिकारप्राप्तिको संघर्षमा एकताबद्ध भएर लाग्न अपिल गरे । आफ्ना पार्टीका सांसद रेशम चौधरीलगायतका नेता, कार्यकर्तालाई जन्मकैदको सजाय दिने अदालतको फैसलाप्रति आपत्ति जनाउँदै उनले सबैको अधिकार सम्बोधनका लागि सरकारलाई आग्रह गरे । अर्का नेता महतोले अधिकार प्राप्तिको आन्दोलनमा सबै उपेक्षित समुदायलाई एकजुट भएर अघि बढ्न आह्वान गरे ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपप्रतिनिधि सभाबाट प्राप्त सन्देश राष्ट्रियसभामा टेबुल
असार १९, २०८१ बुधबार
सचिव अधिकारीले लिए शपथ
असार १९, २०८१ बुधबार
एआईजी कि हबल्दार मेजर ?
नेपालबहस संवाददाता
असार १८, २०८१ मंगलबार
सभापति देउवासँग अध्यक्ष नेपालको भेट
नेपालबहस संवाददाता
असार १८, २०८१ मंगलबार
सभापति देउवासँग अध्यक्ष नेपालको भेट
असार १८, २०८१ मंगलबार
सत्ता सजिलै नछाड्ने प्रधानमन्त्री प्रचण्डको संकेत, अब कसरी गठन हुन्छ नयाँ सरकार ?
असार १९, २०८१ बुधबार
नुनको भाउ बढ्यो, कति पुग्यो मूल्य ?
असार १८, २०८१ मंगलबार
बेनीका ग्रामीण क्षेत्रका सडक धमाधम कालोपत्र
असार १९, २०८१ बुधबार
अपांगता भएकालाई बाख्रा वितरण
असार १९, २०८१ बुधबार
संखुुवासभामा बाढीपहिरोबाट ४३ परिवार विस्थापित
असार १९, २०८१ बुधबार
किसानलाई कृषि उपकरणसँगै बीउविजन वितरण
असार १९, २०८१ बुधबार
प्रतिनिधि सभाबाट प्राप्त सन्देश राष्ट्रियसभामा टेबुल
असार १९, २०८१ बुधबार