सिके राउतसँग गरेको सम्झौता नेपाल र नेपालीका लागि अहित : उदयशम्शेर राणा
![इन्द्र रिजाल](
https://nepalbahas.prixacdn.net/media/albums/Indra_Rijal_MwZXtSM0ir.jpg
)
इन्द्र रिजाल
फागुन २८, २०७५ मंगलबार १५:४८:५९
![](https://snowberry.prixacdn.net/media/gallery_folder/logo_u9UuLIVas7_gfmsqcbqyudnlk52y0lythcjrnu7anmatg1lb8rylf5mt4quwfztywuergov.png)
काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य उदयशम्शेर राणाले सिके राउतसँग गरेको सम्झौता नेपाल र नेपालीका लागि अहित रहेको बताएका छन् ।
पूर्व अर्थराज्य मन्त्रीसमेत रहेका राणाले वर्तमान सरकारले सिके राउतसँग गरेको सम्झौतामा नागरिकको अभिमतले संसदमा प्रबेश गर्ने वातावरण बन्नेमा विश्वास गर्दै जनमत संग्रहमा जाने निर्णय भएमा नेपाली कांग्रेस चुप लागेर नबस्ने बताए ।
स्याङ्जाको भीरकोटमा आयोजित तेस्रो बयरघारी रमाईलो मेलाको समापन गर्दै राणाले सरकार र सरकारकै पार्टी भित्र देखिएको विभिन्न खाले प्रश्नले यो सरकार मधेशमा जनमत संग्रह गर्न खोजेको हो कि सिके राउतलाई मुलधारमा ल्याएको हो भन्ने प्रष्ट पार्न आग्रह गरे ।
उनले जनताले विश्वास गरेको सरकार जनताबाटै तिरस्कार हुन थालेको बताए। जनताले आशा, भरोसा गरेका जनतालाई नैराश्यता बनाएको बताएका हुन् । नेपालको अर्थतन्त्र ओरालो लागेको बताउदै व्यापार घाटाले नेपाल आर्थिक रूपमा लथालिङ्ग भएको आरोप लगाए ।
भ्रष्टाचार र बेथितिले निर्देशित हुन लागेको देश दुईतिहाईको दम्भले बिखण्डकारीहरुलाई सहकार्य गर्ने प्रविधिले नेपाल र नेपालीलाई निराश बनाएको राणाको भनाई थियो ।
कलाकारले गाउन नपाउने, पत्रकारले लेख्न नपाउने देश निंरकुश शासन लादेर नेपाली जनताको स्वतन्त्रतामा अंकुश लगाउने काम गरेको बताए । सरकार विकासका कामलाई ढप्प पारेर देशको ढुकुटी घुमाउरो ढंगले लुट्ने रणनीतिमा लागेको आरोप राणााको थियो ।
कार्यक्रममा नेपाली कांग्रेसका पुर्व सभापति खगेन्द्रराज रेग्मी, भागवत प्रकाश मल्ल, भीरकोट नगर प्रमुख छाँयाराम खनाल, क्लवका अध्यक्ष राजकुमार गुरुङ, घनश्याम रिजाल लगायतका बक्ताले भीरकोट चिनाउन रमाईलो मेलाले महत्वपूर्ण भुमिका खेलेको बताएका थिए ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपप्रतिनिधि सभाबाट प्राप्त सन्देश राष्ट्रियसभामा टेबुल
असार १९, २०८१ बुधबार
सचिव अधिकारीले लिए शपथ
असार १९, २०८१ बुधबार
एआईजी कि हबल्दार मेजर ?
नेपालबहस संवाददाता
असार १८, २०८१ मंगलबार
सभापति देउवासँग अध्यक्ष नेपालको भेट
नेपालबहस संवाददाता
असार १८, २०८१ मंगलबार
सभापति देउवासँग अध्यक्ष नेपालको भेट
असार १८, २०८१ मंगलबार
सत्ता सजिलै नछाड्ने प्रधानमन्त्री प्रचण्डको संकेत, अब कसरी गठन हुन्छ नयाँ सरकार ?
असार १९, २०८१ बुधबार
नुनको भाउ बढ्यो, कति पुग्यो मूल्य ?
असार १८, २०८१ मंगलबार
बेनीका ग्रामीण क्षेत्रका सडक धमाधम कालोपत्र
असार १९, २०८१ बुधबार
अपांगता भएकालाई बाख्रा वितरण
असार १९, २०८१ बुधबार
संखुुवासभामा बाढीपहिरोबाट ४३ परिवार विस्थापित
असार १९, २०८१ बुधबार
किसानलाई कृषि उपकरणसँगै बीउविजन वितरण
असार १९, २०८१ बुधबार
प्रतिनिधि सभाबाट प्राप्त सन्देश राष्ट्रियसभामा टेबुल
असार १९, २०८१ बुधबार
सचिव अधिकारीले लिए शपथ
असार १९, २०८१ बुधबार