सिके राउतसंग सम्झौताको खारेजीको माग गर्दै नेविसंघ सडकमा उत्रियो
इन्द्र रिजाल
फागुन २८, २०७५ मंगलबार २०:३१:५१
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भातृ संगठन नेपाल बिद्यार्थी संघले पृथकतावादी आन्दोलन गरी रहेका सिके राउतसंग सरकारले गरेको सम्झौता खारेज गर्न माग गरेको छ । सो माग गर्दै आज काठमाडौका क्याम्पस अगाडि प्रदर्शन गरेका छन् ।
उनीहरुले सम्झौता राष्ट्रघाती भएको भन्दै सम्झौता खारेज नगरे कडा आन्दोलन गर्ने चेतावनी दिएकाछन् । त्रिचन्द्र, शंकरदेव, पशुपति, रत्नराज्यलगायत क्याम्पस अगाडिबाट नेपाल बिधार्थी संघले बिरोध प्रदर्शन गरेको हो ।
सम्झौतामा देश टुक्र्याउन जनमत संग्रह गर्ने अर्थ लाग्ने गरी जनअभिमत भनिएकाले यो कुनै हालतमा मान्य नहुने भन्दै सम्झौता खोरेज गर्नु पर्ने नेबिसंघको माग छ । उनीहरुले सरकारले नै राष्ट्रिय अखण्डतामाथि प्रहार गरेको आरोप लगाएकाछन् ।
देश टुक्र्याउन पाईदैन, देश सबैको साँझा हो, सिके राउतसंगको सम्झौता खारेज गर, सिके राउतलाई कारवाही गरलगायतका नारा र प्लेकार्डसहितको नेबिसंघको बिरोध र्याली त्रिचन्त्र क्याम्पस अगाडि आएर कोणसभामा परिणत भएको थियो ।
उनीहरुले नेपाली जनताको हित र जनचाहना अनुसार कसैलाई सम्झौत गर्ने छुट नभएको भन्दै सम्झौता तत्काल खारेज नगरे देश व्यापी आन्दोलन गर्ने चेतावनी दिएका छन् ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपप्रचण्ड सरकारलाई एक महिनाः काम चलाउन कि कमाउन ?
असार १८, २०८१ मंगलबार
एआईजी कि हबल्दार मेजर ?
असार १८, २०८१ मंगलबार
के देउवाले ओलीलाई सत्ताको साँचो सम्हाल्न आग्रह गरेका हुन ?
असार १६, २०८१ आइतबार
एआईजी कि हबल्दार मेजर ?
नेपालबहस संवाददाता
असार १८, २०८१ मंगलबार
सभापति देउवासँग अध्यक्ष नेपालको भेट
नेपालबहस संवाददाता
असार १८, २०८१ मंगलबार
सभापति देउवासँग अध्यक्ष नेपालको भेट
असार १८, २०८१ मंगलबार
सत्ता सजिलै नछाड्ने प्रधानमन्त्री प्रचण्डको संकेत, अब कसरी गठन हुन्छ नयाँ सरकार ?
असार १९, २०८१ बुधबार
नुनको भाउ बढ्यो, कति पुग्यो मूल्य ?
असार १८, २०८१ मंगलबार
बेनीका ग्रामीण क्षेत्रका सडक धमाधम कालोपत्र
असार १९, २०८१ बुधबार
अपांगता भएकालाई बाख्रा वितरण
असार १९, २०८१ बुधबार
संखुुवासभामा बाढीपहिरोबाट ४३ परिवार विस्थापित
असार १९, २०८१ बुधबार
किसानलाई कृषि उपकरणसँगै बीउविजन वितरण
असार १९, २०८१ बुधबार
प्रतिनिधि सभाबाट प्राप्त सन्देश राष्ट्रियसभामा टेबुल
असार १९, २०८१ बुधबार
सचिव अधिकारीले लिए शपथ
असार १९, २०८१ बुधबार