विप्लवलाई प्रतिबन्ध : कानुनी कि गैह्रकानुनी ?
इन्द्र रिजाल
चैत १, २०७५ शुक्रबार १७:४५:५५
काठमाडौं । नेपालको संविधानमा कुनैपनि दल वा समुहलाई प्रतिबन्ध लगाउने व्यवस्था छैन । पछिल्लो समय सरकारले नेत्रविक्रम चन्द नेतृत्वको नेकपालाई प्रतिबन्ध लगाएको छ ।
कतिपयले यो प्रतिबन्धलाई गैह्रकानुनी भनेका छन् । तर चन्द नेतृत्वको पार्टी निर्वाचन आयोगमा दर्ता छैन । अर्कोतिर लोकतान्त्रिक मूल्य मान्यता विपरित नेकपाले बम विष्फोट र चन्दा आतंक मच्चाएकाले पार्टीलाई नभै त्यस्ता गतिविधिलाई प्रतिबन्ध लगाएकाले गैह्रकानुनी भन्न नमिल्ने अवस्था देखिएको हाे ।
नेपालको संविधानले स्वतन्त्रतापूर्वक राजनीतिक दल खोल्न पाउने अधिकार मौलिक हकमा नै उल्लेख गरेको छ । सरकारले नेत्रविक्रम चन्द नेतृत्वको नेकपामाथि प्रतिबन्ध लगाएपछि यस सम्बन्धमा बहस सुरु भएको छ ।
प्रहरी प्रधान कार्यालयले मौखिक रुपमा विप्लवसहित शीर्ष नेताहरुलाई देख्यो कि समात्न निर्देशन
कतिपयले चन्द नेतृत्वको नेकपाले बम विष्फोट र चन्दा असुलीजस्ता अपराधिक गतिविधि गरेकाले प्रतिबन्ध लगाउनुलाई स्वभाविक रुपमा लिएका छन् भने कतिपयले दलमाथिकै प्रतिबन्ध गैह्रकानुनी भएको अथ्र्याएका छन् । सरकारले गतिविधिमा प्रतिबन्ध लगाएपछि अब विप्लवको नेकपाले सार्वजनिक रुपमा सभा, जुलुस, संगठन विस्तार आदि गर्न पाउने छैनन् ।
यस्तो अवस्थामा प्रहरीले पर्चा–पम्प्लेट वितरण, संगठन विस्तार, चन्दा संकलनलगायत सहयोग गरेमा पनि पक्राउ गर्न सक्नेछ । यसअघि नै प्रहरी प्रधान कार्यालयले मौखिक रुपमा विप्लवसहित शीर्ष नेताहरुलाई देख्यो कि समात्न निर्देशन दिइसकेको थियो ।
संविधानमा राजनीतिक दलमाथि प्रतिबन्ध लगाउन पाइने व्यवस्था नभएपनि चन्द समूह अपराधिक क्रियाकलापमा संलग्न रहेको र कतिपय घटनाको जिम्मेवारी लिएकाले प्रतिबन्धसम्बन्धी संविधान आकर्षित नहुने वरिष्ठ अधिवक्ता चन्द्रकान्त ज्ञवालीको तर्क छ ।
सरकारले लगाएको प्रतिबन्ध दलमाथि नभै गतिविधिमाथि भएको ज्ञवालीले बताए । “नेपालमा लोकतान्त्रिक विधिअनुसार दर्ता भएको कुनैपनि राजनीतिक दललाई प्रतिबन्ध लगाउन नपाइने व्यवस्था छ । तर चन्द नेतृत्वको नेकपा निर्वाचन आयोगमा दर्ता पनि भएको छैन । जसकारण दलमाथिको प्रतिबन्धसम्बन्धी संविधानको व्यवस्थाले छुँदैन ।” ज्ञवालीले भने ।
पछिल्लो समय चन्द नेतृत्वको नेकपाले देशका विभिन्न स्थानमा बम विष्फोट गराएको छ । जसका कारण एकजनाको त ज्यान गइसकेको छ भने केहीको उपचार भइरहेको छ ।
प्रहरीले पछिल्लो ११ महिनामा मुलुकका विभिन्न स्थानबाट ४ सय जनालाई पक्राउ गरेको छ । फागुन महिनामा मात्रै पाँच जना महिलासहित ५९ जना पक्राउ परेका छन् । उनीहरुमाथि चन्दा आतंक, धम्की, विस्फोटलगायतका कार्यमा संलग्न रहेको कसुरमा मु्द्दा चलाइएको छ ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपद्वन्द्वकालीन गम्भीर अपराधका घटनामा आममाफी दिइने छैन : प्रधानमन्त्री ओली
असोज १२, २०८१ शनिबार
शनिबार २ बजेसम्ममा देशभर ५० जनाको मृत्यु: १०५३ जनाको उद्धार, १२४४ घर डुबे
असोज १२, २०८१ शनिबार
क्यानडाविरुद्ध नेपालले टस जित्यो
असोज १२, २०८१ शनिबार
विपद् अपडेट : देशभर बाढी, पहिरो र डुबानबाट ८७ जनाको मृत्यु, ७२ बेपत्ता
असोज १२, २०८१ शनिबार
आपत्कालीन उपचारका लागि चौबिसै घण्टा तयार रहन स्वास्थ्यमन्त्री पौडेलको निर्देशन
असोज १२, २०८१ शनिबार
झ्याप्ले खोलामा पहिरोले पुरिएका २ सवारी साधनबाट १४ शव निकायो
असोज १२, २०८१ शनिबार
काठमाडौं उपत्यकामा वर्षाको ‘रेकर्ड ब्रेक’
असोज १२, २०८१ शनिबार