शेयर बजारः आज सात अङ्कले घट्यो
इन्द्र रिजाल
चैत ५, २०७५ बुधबार १:४०:३७
काठमाडौं । सोमबार जस्तै आज पनि धितोपत्र बजारमा शेयरको मूल्यमा ६.८३ अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार घटेर एक हजार १४७.१५ विन्दुमा पुगेको छ ।
यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक १.५७ विन्दुले घटेर २४३.९७ विन्दुमा पुगेको छ । नेप्से परिसूचक घटेसँगै कारोवार रकममा समेत कमी आएको छ । कूल १५८ कम्पनीको पाँच लाख ३४ हजार ९९५ कित्ता शेयर रु १४ करोड ८६ लाख ३३ हजार २४५ मूल्यमा खरीद बिक्री भए ।
कारोवार भएका कूल ११ उपसमूहमध्ये आज सबै उपसमूहको शेयर घटेको छ । बैंकिङ ६.७५, व्यापार २.८७, होटल उपसमूहको शेयर कारोवार भएन । यस्तै विकास बैंक ९.९८, जलविद्युत् ७.८५, वित्त ३.२७, निर्जीवन बीमा २२.३९, उत्पादन ४.७४, अन्य ४.३३,लघुवित्त ७.४३ र जीवन बीमा २०.२३ विन्दुले घटेका छन् ।
स्टकका अनुसार नागरिक लगानी कोषको रु दुई करोड ३५ लाख ४६ हजार ४०८, गुराँस लाइफ इन्स्योरेन्स कम्पनीको रु एक करोड ४६ लाख ७८ हजार ३९४, ग्लोबल आइएमइ बैंकको संस्थापक शेयर रु एक करोड १५ लाख १४ हजार १०२, माथिल्लो तामाकोशी जलविद्युत् कम्पनीको शेयर रु ४७ लाख ७१ हजार ५०१ मूल्यमा कारोवार भई शीर्ष स्थानमा रहे ।
घटेको बजारमा आशा लघुवित्त वित्तीय संस्थाको शेयरधनीले ९.९५ प्रतिशतले कमाउँदा श्रीराम सुगर मिल ४.८६, सिन्धु विकास बैंक ४.३५, सहयोगी विकास बैंक ३.६५, जनउत्थान सामुदायिक लघुवित्त विकास बैंक ३.२७ र नेशनल हाइड्रो पावर कम्पनीका शेयरधनीले २.७८ प्रतिशतले कमाएका छन् ।
नेशनल हाइड्रो पावर कम्पनीको शेयर अझै पनि प्रतिकित्ता रु ७४ मा कारोवार भइरहेको छ । यस्तै मितेरी डेभलपमेन्ट बैंकका शेयरधनीले ४।८९, रिडी हाइड्रो पावर डेभलपमेन्ट कम्पनी ३.१२, साइन रेसुङगा डेभलपमेन्ट बैंक २.९४ र अरुण काबेली पावरका शेयरधनीले २.८५ प्रतिशतले गुमाएका छन् । रासस
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपनेप्से सामान्य अंकले बढ्यो, तीन अर्ब ८९ करोडभन्दा बढीको कारोबार
जेठ १४, २०८१ सोमबार
नेप्सेमा दोहोरो अंकको गिरावट, चार अर्ब ४४ करोडभन्दा बढीको कारोबार
जेठ १३, २०८१ आइतबार
नेप्सेमा आज उच्च अङ्कको वृद्धि, पाँच अर्ब ८५ करोडको कारोबार
जेठ ७, २०८१ सोमबार
सशस्त्रमा आईजीपी अर्याल विरुद्ध मोर्चाबन्दी !
नेपालबहस संवाददाता
जेठ १६, २०८१ बुधबार
के हो गृहमन्त्री लामिछानेको महिनावारी फण्डा ?
नेपालबहस संवाददाता
जेठ १५, २०८१ मंगलबार
सशस्त्रमा आईजीपी अर्याल विरुद्ध मोर्चाबन्दी !
जेठ १६, २०८१ बुधबार
झापामा हुरीबतासले करोडौँको क्षति, विद्युत् आपूर्ति बन्द
जेठ १६, २०८१ बुधबार
दिल्लीको तापक्रम ४९.९ डिग्री सेल्सियस, पानीको अभाव हुन सक्ने चेतावनी
जेठ १६, २०८१ बुधबार
जीप दुर्घटनामा २ जनाको मृत्यु, दुई घाइते
जेठ १७, २०८१ बिहिबार
घोडाघोडीमा भेटियो नयाँ प्रजातिको चरा
जेठ १७, २०८१ बिहिबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ १७, २०८१ बिहिबार
कस्तो छ आजको मौसम पूर्वानुमान ?
जेठ १७, २०८१ बिहिबार
भीमफेदीमा कार दुर्घटना हुँदा ३ जनाको मृत्यु
जेठ १६, २०८१ बुधबार
सुदूरपश्चिम प्रदेशसभाः संसदीय दलका नेताको आधिकारिकतामा विवाद
जेठ १६, २०८१ बुधबार