वरिष्ठ पत्रकार कुसुम भन्नुहुन्छ, ‘भविश्यको पुर्वाभास खै’ ?
इन्द्र रिजाल
चैत ११, २०७५ मंगलबार २:५०:३३
काठमाडौं । पछिल्लो समय मानिसहरुलाई मनभित्रका भावना, रमाइला पल अनि दुख सुख साट्ने माध्यम बनेको छ, सामाजिक सञ्जाल फेसबुक !!!!!
फेसबुकमा कतिपयले रमाइला कुरा लेखेर पोष्ट गर्छन् । कतिपयले आफुले गरेका दैनिक गतिविधी भित्रका कुरा पोष्ट गर्छन् । सहज अर्थमा भन्ने हो भन्ने सामाजिक सञ्जाल नै सुचना छिटो र छरितो माध्यमका रुपमा धेरै जसोले प्रयोग गरेका छन् ।
अहिले नेपालका अधिकांश मानिसहरु कुनै कुनै तवरले समय निकालेर दिनमा एक फेर सामाजिक सञ्जालमा जोडिएका हुन्छन् । यो त भयो फेसबुकको कुरा, यतिबेला नेपालबहसको डेसमा यो कुरा लेखिरहदा वरिष्ठ पत्रकार कुसुम कुसुमले आफ्नो सामाजिक सञ्जालमा आफ्ना विचारहरु बारम्बार पोष्ट गर्नुभएको छ । वरिष्ठ पत्रकार कुसुमले ‘भविश्यको पुर्वाभास खै’ शिर्षक लेखेको विचार हामी जस्ताको तेस्तै यहाँ राखेका छौ ।
उहाँले यसरी अघि लेख्नु हुन्छ,,,,
संसार परिवर्तनशील छ । भविश्यमा हुनसक्ने परिवर्तनको पुर्वाभास गर्न सकिएन भने मानिस सफल नहुँदोरहेछ । हामी निम्न मध्यमबर्गीय मानिसहरुको एउटा बिडम्बना हामी बर्तमानलाई चुम्न सक्दैनौं । उदाहरणका लागि बर्तमान आइफोनको हो, तर आइफोन किन्ने पैसा हुँदैन । जुन दिन आइफोन किन्नसक्ने हैसियत बन्नेछ, त्यो भूत भइसक्नेछ । किनकी, बर्तमानमा चाहिँ आइफोनभन्दा उन्नत अर्को कुनै प्रविधि आइसक्नेछ, जसमा पहुँच हुनेछैन ।
एउटा रमाइलो प्रसँग छ । एकताका पेजरको जमाना थियो । मानिसहरु कम्मरमा पेजर बाँधेर हिँडथे । पेजरको फेसन चलुन्जेल ममा पेजर किन्ने हैसियत भएन, एकदिन कसो कसो पेजर किनेर कम्मरमा के बाँधेको थिएँ, मोबाइल फोनको जमाना आइहाल्यो, पेजर कम्पनी बन्द भए ।
सानोमा लागेको थियो, सँधैभरी कलमले कापीमै लेख्नुपर्नेछ । यही कारण अक्षर राम्रो बनाउन भन्दै सयौं कापी खेर फालीयो । एसएलसी दिएर काठमाडौं आउन पाएको छैन, कम्प्युटरको जमाना आयो । पच्चिस वर्ष भयो, किबोर्डमा औंला खेलाउन थालेको । सादा कापीमा दुई चार पृष्ठ नलेखेको पनि जुगौं बितेछ । मेरा राम्रा अक्षरको अब के काम ? प्रेमपत्र लेख्ने जमाना पनि गइहाल्यो ।
अतः आज हामीले जेलाई मानक मानेर सोचीरहेको छौं र जेलाई अकाटय मानेर पछयाइरहेका छौं, त्यो भोली रहनेछैन । अबको दश वर्षपछि यो सँसार आज हामीले देखेको, भोगेको र सोचेको जस्तो पक्कै हुनेछैन । तर, के हाम्रो देशका शासकहरुसँग अबको दश वर्षपछिको विश्वको परिवर्तनको पुर्वाभास छ त ? छैन, किनकी, ओली या प्रचण्डलाई बर्तमानकै राम्रो हेक्का छैन, भविश्यको के हून्थ्यो ? जनताका गास, बास र कपासको समस्या थाती राखेर कमरेडहरु राजा महेन्द्रले शिलान्यास गरेर बनाइसकेको बाटो फेरी शिलान्यास गर्दैछन् ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपप्रेम साधक होइन, बाधक हो !! ह्याप्पी भ्यालेन्टाइन !!
फागुन २, २०८० बुधबार
प्रदर्शनरत अभियन्ताहरू राजनीतिक स्वार्थले संवादमा आएनन् : मेयर शाह
असोज ८, २०८० सोमबार
नेम्वाङले ओलीलाई भनेका थिए, ‘संविधान जारी गर्नबाट रोकियो भने देश नै सकिन्छ’
भदौ २९, २०८० शुक्रबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ६, २०८१ आइतबार
हावाहुरीले उदयपुरमा करोडौँको क्षति
जेठ ६, २०८१ आइतबार
ट्राफिक प्रहरी जवानको हत्या आरोपमा ६ जना पक्राउ
जेठ ६, २०८१ आइतबार
७५ प्रतिशत नागरिक उच्च गुणस्तरको खानेपानीको पहुँच बाहिर
जेठ ६, २०८१ आइतबार
बर्दियामा मृतावस्थामा पाटेबाघ फेला पर्यो
जेठ ६, २०८१ आइतबार
बर्दियामा मृतावस्थामा पाटेबाघ फेला प¥यो
जेठ ६, २०८१ आइतबार
कञ्चनपुरको न्यायिक समितिमा इजलास र जनशक्ति अभाव
जेठ ६, २०८१ आइतबार
बिआरआई कार्यान्वयन योजना अन्तिम चरणमा
जेठ ६, २०८१ आइतबार
संसदीय छानबिन समिति गठन नभएसम्म संसद् बैठकमा अवरोध जारी रहन्छ : कांग्रेस
जेठ ६, २०८१ आइतबार