समुदाय प्रहरी साझेदारी : ७५१ तहसँग सम्झौता
इन्द्र रिजाल
चैत १२, २०७५ मंगलबार २१:१३:५४
काठमाडौं । नेपाल प्रहरीले अवलम्बन गरेको ‘समुदाय–प्रहरी साझेदारी’ कार्यक्रमअन्तर्गत अहिलेसम्म ७५१ स्थानीय तहसँग सम्झौता भएको छ । सम्झौता भएकामध्ये ७४० स्थानीयतहमा पालिका समिति समेत गठन भइसकेको छ ।
समाजमा हुने अपराध नियन्त्रण तथा रोकथाम गरी शान्ति सुरक्षा कायम गर्ने मूलभूत उद्देश्यले स्थानीय तहसँग समझदारी कायम गरी साझा संयन्त्रको माध्यमद्वारा सामुदायिक सुरक्षालाई अभिवृद्धि गर्न सम्झौता गरिएको प्रहरी प्रवक्ता उत्तमराज सुवेदीले जानकारी दिए ।
पाँच महीनाअघि नेपाल प्रहरीले थालेको उक्त अभियानअन्तर्गत सात प्रदेशमा १६ हजार बढी समिति निर्माण भएको सुवेदीले जानकारी दिए।
‘हर प्रहर, गाउँ र नगरी, टोल टोलमा नेपाल प्रहरी’ नाराका साथ गत कात्तिक ११ गतेदेखि शुरु भएको सो कार्यक्रमअन्तर्गत ७७ जिल्ला समिति, ७४० पालिका समिति, पाँच हजार २९३ वडा समिति, चार हजार ८८८ टोल समिति र पाँच हजार ८७४ विद्यालय सम्पर्क समिति गठन गरिएको छ ।
नागरिक समाज, स्थानीय सरकार, विभिन्न सङ्घसंस्था, विद्यालयसमेतको सहभागितामा कार्यक्रम थालिएको छ । यसको मूल लक्ष्य सामाजिक न्याय, राष्ट्रिय सुरक्षा, आपसी मेलमिलाप, सामुदायिक शिक्षा र जनचेतना जगाउने रहेको छ ।
समुदायसँगको साझेदारीबाट मात्रै दिगो शान्ति सम्भव हुनेहुँदा समुदायका अन्य निकायसँग साझेदारीको आवश्यकतालाई महसुस गर्दै प्रहरीले उक्त अवधारणा ल्याएको थियो ।
प्रहरीका अनुसार प्रदेश नं १ मा एक हजार २७६, प्रदेश नं २ मा दुई हजार २४८, प्रदेश नं ३ मा दुई हजार ८३, प्रदेश नं ४ मा एक हजार ७४२ प्रदेश नं ५ मा तीन हजार १६९, कर्णली प्रदेशमा दुई हजार ३८८ र सुदूरपश्चिम प्रदेशमा दुई हजार १९५ वटा समिति गठन भएका छन् ।
कार्यक्रम सञ्चालनका लागि १० हजार बढी प्रहरी कर्मचारीलाई प्रशिक्षण गराएर स्थानीय तहमा खटाइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपआजदेखि संसद भवन वरिपरीका पेटीबाट हिँड्न नपाइने
जेठ ४, २०८१ शुक्रबार
ट्राफिकको यान्त्रिक चेकिङमा ५३ जना चालकमाथि कारबाही
जेठ २, २०८१ बुधबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ६, २०८१ आइतबार
हावाहुरीले उदयपुरमा करोडौँको क्षति
जेठ ६, २०८१ आइतबार
ट्राफिक प्रहरी जवानको हत्या आरोपमा ६ जना पक्राउ
जेठ ६, २०८१ आइतबार
७५ प्रतिशत नागरिक उच्च गुणस्तरको खानेपानीको पहुँच बाहिर
जेठ ६, २०८१ आइतबार
बर्दियामा मृतावस्थामा पाटेबाघ फेला पर्यो
जेठ ६, २०८१ आइतबार
बर्दियामा मृतावस्थामा पाटेबाघ फेला प¥यो
जेठ ६, २०८१ आइतबार
कञ्चनपुरको न्यायिक समितिमा इजलास र जनशक्ति अभाव
जेठ ६, २०८१ आइतबार
बिआरआई कार्यान्वयन योजना अन्तिम चरणमा
जेठ ६, २०८१ आइतबार
संसदीय छानबिन समिति गठन नभएसम्म संसद् बैठकमा अवरोध जारी रहन्छ : कांग्रेस
जेठ ६, २०८१ आइतबार