चलचित्र ‘कालो बर्ष’को यस्तो साथी बोलको गीत सार्वजनिक
इन्द्र रिजाल
चैत १४, २०७५ बिहिबार १९:४२:२९
काठमाडौं । चलचित्र ‘कालो वर्ष’को पहिलो गीत सार्वजनिक भएको छ । वैशाख १३ गते प्रदर्शनमा आउन लागेको चलचित्रको गीत वुधबार सार्वजनिक भएको हो ।
चलचित्रको निर्माण पक्षले ‘यस्तो साथी’ बोलको गीत सार्वजनिक गरेको हो । गीतमा अन्जु पन्त र विशाल निरौलाले स्वर दिएका छन् ।
गीतको शब्द रचना खेम सारु मगरले गरेका हुन भने संगीत पनि मगरकै रहेको छ । चलचित्रमा समावेश गीत प्रेममय रहेको छ । यसअघि निर्माण पक्षले चलचित्रको पहिलो पोष्टर गत ७ गते सार्वजनिक गरेको थियो ।
चलचित्रको मूख्य भूमिकामा ओकेस पनेरु, अनुपा खड्का, पबन भट्टराई, सुरेन्द्र बुढा, रस्मी शाह, रविन भुजेलको रहेको छ । योगिराम फिलिम्स्को प्रस्तुति रहेको यस चलचित्रको योगेन्द्र प्रसाद पनेरु र राम खड्का,श्याम खड्काकोको सयुक्त लगानीमा निर्माण गरिएको हो ।
सुवास देवकोटाको सम्पादन रहेको यस चलचित्रलाई रिच इन्टरटेनमेन्ट ‘करन श्रेष्ट’ ले चलचित्र बितरकको जिम्मा लिएका छन् । लक्षु गौतमको निर्देशन रहेको ‘कालो बर्ष’ आगामी बैशाख १३ गतेबाट देशभरीका चलचित्र घरहरुमा एकसाथ प्रदर्शन हुँदै छ ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपनिखिल नयाँ हेयरका साथ पर्दामा फर्किने तयारीमा
असोज ११, २०८१ शुक्रबार
फिल्म ‘नरसिंहाः अवतार’ को शुभ मुहूर्त
असोज १०, २०८१ बिहिबार
फिल्म ‘गुन्यो चोलो’ को रिलिज स्थगित
असोज १०, २०८१ बिहिबार
द्वन्द्वकालीन गम्भीर अपराधका घटनामा आममाफी दिइने छैन : प्रधानमन्त्री ओली
असोज १२, २०८१ शनिबार
शनिबार २ बजेसम्ममा देशभर ५० जनाको मृत्यु: १०५३ जनाको उद्धार, १२४४ घर डुबे
असोज १२, २०८१ शनिबार
क्यानडाविरुद्ध नेपालले टस जित्यो
असोज १२, २०८१ शनिबार
विपद् अपडेट : देशभर बाढी, पहिरो र डुबानबाट ८७ जनाको मृत्यु, ७२ बेपत्ता
असोज १२, २०८१ शनिबार
आपत्कालीन उपचारका लागि चौबिसै घण्टा तयार रहन स्वास्थ्यमन्त्री पौडेलको निर्देशन
असोज १२, २०८१ शनिबार
झ्याप्ले खोलामा पहिरोले पुरिएका २ सवारी साधनबाट १४ शव निकायो
असोज १२, २०८१ शनिबार
काठमाडौं उपत्यकामा वर्षाको ‘रेकर्ड ब्रेक’
असोज १२, २०८१ शनिबार