शेयर बजारमा सामान्य अंकले बृद्धि
इन्द्र रिजाल
चैत १४, २०७५ शुक्रबार १:२९:३२
काठमाडौं । शेयर बजारमा सुधारको क्रम जारी छ । पछिल्लो दिनमा सामान्य अंकले बृद्धि भएको बजारमा बिहीबार कारोबारमापक नेप्से परिसूचक २०१ बिन्दुले बढेको छ ।
नेपाल स्टक एक्सचेन्जका अनुसार बजार बढेर एक हजार १४४.५३ विन्दुमा पुगेको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.३२ बिन्दुले बढेर २४३.४९ विन्दुमा पुगेको छ ।
कुल १६८ कम्पनीको नौ लाख ५६ हजार ७९ कित्ता शेयर १४ करोड ५९ लाख ११ हजार ९ सय १५ मूल्यमा खरिद–बिक्री भए । स्टकका अनुसार कारोबार भएका १० उपसमूहमध्ये चार उपसमूहको शेयर भने घटेका छन् ।
यस्तै ६ उपसमूहको शेयरमा भने वृद्धि भएको छ । बैंकिङ १.३८, निर्जीवन बिमा १८.२, उत्पादन ४.४६,अन्य ३.४७, लघुवित्त २.५२, जीवन बिमा २६.९८ विन्दुले बढेका छन् । यस्तै होटल १४.०४, विकास बैंक तीन जलविद्युत् ०.०६ र वित्त ०.१३ विन्दुले घटेका छन् ।
कारोबारका आधारमा शिवम् सिमेन्ट शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको दुई करोड ६२ लाख ८४ हजार ८ सय १६ मूल्यमा खरिद– बिक्री भयो । यस्तै, प्रभु बैंकको एक करोड २३ लाख २३ हजार ३ सय ५१, नेपाल लाइफ इन्स्योरेन्सको ९९ लाख ७६ हजार ५ सय ४, बैंक अफ काठमाडौं ९३ लाख ५५ हजार ३ सय ३०, एनएमबी बैंकको ८६ लाख ४६ हजार ५ सय २५ मा कारोबार भई शीर्ष स्थानमा रहेका छन् ।
स्टकका अनुसार सिभिल लघुवित्त वित्तीय संस्थाका शेयरधनीले ५.८८ प्रतिशतले कमाएका छन् । फरवार्ड कम्युनिटी माइक्रोफाइनान्स वित्तीय संस्था ४.७७, लक्ष्मी भ्याल्यू फन्ड एक ४.७३, नबिल इक्विटी फन्ड ४.०७ र मिर्मिरे लघुवित्त वित्तीय संस्थाका शेयरधनीले चार प्रतिशतले कमाएका छन् ।
यस्तै युनिभर्सल पावर कम्पनीका शेयरधनीले ९.५९ प्रतिशतले गुमाएका छन् । यस्तै, स्वरोजगार लघुवित्त विकास बैंक ९.१९, सिनर्जी पावर डेभलपमेन्ट ५.६०, नयाँ नेपाल लघुवित्त वित्तीय संस्था ४.६७ र सिटी उक्सप्रेस फाइनान्स कम्पनीका शेयरधनीले चार प्रतिशतले गुमाएका छन् ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपनेप्से सामान्य अंकले बढ्यो, तीन अर्ब ८९ करोडभन्दा बढीको कारोबार
जेठ १४, २०८१ सोमबार
नेप्सेमा दोहोरो अंकको गिरावट, चार अर्ब ४४ करोडभन्दा बढीको कारोबार
जेठ १३, २०८१ आइतबार
नेप्सेमा आज उच्च अङ्कको वृद्धि, पाँच अर्ब ८५ करोडको कारोबार
जेठ ७, २०८१ सोमबार
सशस्त्रमा आईजीपी अर्याल विरुद्ध मोर्चाबन्दी !
नेपालबहस संवाददाता
जेठ १६, २०८१ बुधबार
के हो गृहमन्त्री लामिछानेको महिनावारी फण्डा ?
नेपालबहस संवाददाता
जेठ १५, २०८१ मंगलबार
सशस्त्रमा आईजीपी अर्याल विरुद्ध मोर्चाबन्दी !
जेठ १६, २०८१ बुधबार
झापामा हुरीबतासले करोडौँको क्षति, विद्युत् आपूर्ति बन्द
जेठ १६, २०८१ बुधबार
दिल्लीको तापक्रम ४९.९ डिग्री सेल्सियस, पानीको अभाव हुन सक्ने चेतावनी
जेठ १६, २०८१ बुधबार
भीमफेदीमा कार दुर्घटना हुँदा ३ जनाको मृत्यु
जेठ १६, २०८१ बुधबार
सुदूरपश्चिम प्रदेशसभाः संसदीय दलका नेताको आधिकारिकतामा विवाद
जेठ १६, २०८१ बुधबार
महिलाले राष्ट्रको नेतृत्व लिन अग्रसर हुनुपर्छ : पूर्वराष्ट्रपति भण्डारी
जेठ १६, २०८१ बुधबार
१६ जिल्लाका सीडीओसहित गृहका २५ जना सहसचिवको सरुवा (सूचीसहित)
जेठ १६, २०८१ बुधबार
विकल पौडेललाई थुनामा पठाउने अदालतको आदेश
जेठ १६, २०८१ बुधबार
हाजिरी जमानीमा छुटे कैलाश सिरोहिया
जेठ १६, २०८१ बुधबार