बार एशोसिएशनको नयाँ नेतृत्वका लागि पोखरेलको दाबी, कति छ त सम्पत्ति ?
इन्द्र रिजाल
चैत १५, २०७५ शुक्रबार १२:१४:४२
काठमाडौं । नेपाल बार एशोसिएशनको नयाँ नेतृत्वका लागि लोकतान्त्रिक समूहबाट अध्यक्षका उम्मेदवार सुनिल पोखरेलले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । उनलाई उम्मेदवार बनाएको डेमोक्र्याटिक लयर्स एशोसिएसन नेपालले आज राजधानीमा आयोजना गरेको चुनावीसभामा पोखरेलले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका हुन् ।
कानून व्यवसायी पारदर्शी हुनुपर्छ भन्ने मान्यतालाई व्यवहारमा देखाउन र बारलाई समेत पारदर्शी बनाउन सम्पत्ति विवरण सार्वजनिक गरेको उनले बताए । उनले बारको अध्यक्षमा निर्वाचित भएमा कार्यकाल सकिएपछि पनि आफ्नो सम्पत्ति विवरण सार्वजनिक गर्ने जानकारी दिए । बार एशोसिएशनको उम्मेदवारले सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने वैधानिक व्यवस्था नभए पनि उनले विवरण सार्वजनिक गरेका हुन् ।
सार्वजनिक गरेको विवरणअनुसार ललितपुरको महालक्ष्मी नगरपालिका वडा नं ४ को कित्ता नं ७२ मा पाँच आनामा साढे दुई तल्लाको घर, भक्तपुरको दधिकोटमा वडा नं ३ (क) को कित्ता नं १२६२ र १२७० मा चार आना जग्गा, मकवानपुर हेटौँडा नगरपालिका वडा नं १७ मा १ कट्ठा जग्गा र सप्तरीको राजगढ गाउँपालिका वडा नं २ मा चार कट्ठा १० धुर जग्गा पोखरेलको छ । चल सम्पत्तिका रुपमा पोखरेलको सुन २५ तोला, चाँदी ४० तोला र स्ट्याण्डर्ड चार्टड बैंक, प्रभु बैंक र बैंक अफ काठमाडौँमा रु ११ लाख ५० हजार नगद रहेको छ भने रु १० लाख बराबरको विभिन्न बैंक तथा वित्तीय संस्थामा शेयर र एक हुन्डाइको कार रहेको छ ।
चुनावीसभामा बार र डिएलएका पूर्वअध्यक्षसहितका पदाधिकारी, वरिष्ठ अधिवक्ता लगायतले उम्मेदवारलाई जितका लागि शुभकामना र सुझाव दिएका थिए । उनीहरुले बार एशोसिएन सरकारको प्रभावमा नपरी नागरिककोतर्फबाट आवाज उठाउनुपर्ने सङ्गठन भएकाले सत्तासँग नजिक नभएकालाई विजयी बनाउनुपर्नेमा जोड दिए ।
डिएलएको उम्मेदवारीप्रति असन्तुष्ट भएको भनिएका वरिष्ठ अधिवक्ता तथा बारका पूर्वअध्यक्षद्वय हरिहर दाहाल, प्रेमबहादुर खड्का, अध्यक्षका आकाङ्क्षीद्वय माधव बास्कोटा, यदुनाथ खनाललगायतले पनि व्यक्तिगत चाहनाभन्दा माथि उठेर लोकतान्त्रवादी कानून व्यवसायीलाई विजयी गराउनु अहिलेको आवश्यकता भएको बताए । अध्यक्षका उम्मेदवार पोखरेलले लोकतन्त्र, स्वतन्त्र न्यायपालिका, प्रेस स्वतन्त्रता, विधिको शासन, भ्रष्टाचार तथा राजनीतिक हस्तक्षेपमुक्त न्यायपालिकालगायतका विषयमा प्राथमिकताका साथ काम गर्ने अठोट व्यक्त गरेका छन् । उनले उपत्यका बाहिरका कानुन व्यावसायीको क्षमता अभिवृद्धिका लागि पहल गर्ने पनि बताए । बारको निर्वाचन आगामी चैत्र १६ गते शनिवार सम्पन्न हुँदैछ ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपडीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
बालमन्दिर जग्गा हिनामिना आरोपीलाई पक्राउ नगर्न दबाब, अधिकांश भारततर्फ फरार
जेठ ४, २०८१ शुक्रबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
हावाहुरीले उदयपुरमा करोडौँको क्षति
जेठ ६, २०८१ आइतबार
ट्राफिक प्रहरी जवानको हत्या आरोपमा ६ जना पक्राउ
जेठ ६, २०८१ आइतबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ७, २०८१ सोमबार
७५ प्रतिशत नागरिक उच्च गुणस्तरको खानेपानीको पहुँच बाहिर
जेठ ६, २०८१ आइतबार
बर्दियामा मृतावस्थामा पाटेबाघ फेला पर्यो
जेठ ६, २०८१ आइतबार
बर्दियामा मृतावस्थामा पाटेबाघ फेला प¥यो
जेठ ६, २०८१ आइतबार
कञ्चनपुरको न्यायिक समितिमा इजलास र जनशक्ति अभाव
जेठ ६, २०८१ आइतबार
बिआरआई कार्यान्वयन योजना अन्तिम चरणमा
जेठ ६, २०८१ आइतबार