३ वर्षे कार्यकालाका लागि बारको निर्वाचन भोली, १ हजार ८ सय मतदाता मतदानबाट बञ्चित
इन्द्र रिजाल
चैत १५, २०७५ शुक्रबार १२:५१:२८
काठमाडौं । नेपाल बार एशोसिएशन केन्द्रीय कार्यसमितिको तीन वर्षे कार्यकालका लागि भोली निर्वाचन हुँदै छ । २५ औं केन्द्रीय कार्यसमितिको निर्वाचनमा १ हजार ८ सय नयाँ कानून व्यवसायीले भने मतदान गर्न नपाउने भएका छन् ।
बारको निर्वाचन आउनका लागि एक दिन मात्र बाँकी रहेको अवस्थामा सर्वोच्च अदालतका न्यायाधीश तेजबहादुर केसीको एकल इजलासले हिजो निर्वाचनमा भाग लिन नपाउनुका कारण देखाउ आदेश जारी गरेपछि मतदानबाट बञ्चित हुने भएका हुन् ।
रुकुम जिल्ला बार एकाइका संस्थापक कोषाध्यक्ष लोकेन्द्र ओली र काठमाडौं जिल्ला बार एकाइका सदस्य उमा प्रसाईंले पेश गरेको रिट निवेदन सर्वोच्च प्रशासनले यही चैत ८ गते दरपीठ (दर्ता गर्न अस्वीकार) गरेको थियो । सो दरपीठविरुद्ध इजलासमा निवेदन परेकोमाथि सुनुवाइ हुँदा हिजो मात्र कारण देखाउ आदेश जारी भएको छ ।
सो मुद्दामा वरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भण्डारी, अधिवक्ता डासीराम ढुङ्गाना, विनोद फुयाँल, कमल कोइराला, लक्ष्मी थापा, रिट निवेदनक ओलीले बहस गरेका थिए । बारको निर्वाचनमा मताधिकारबाट बञ्चित हुनुपर्ने कुनै कानूनी आधार नभएको तर्क उनीहरुले प्रस्तुत गरेका थिए ।
निर्वाचनमा मताधिकारबाट बञ्चित भएपछि मतदान गर्न पाउनुपर्ने माग राख्दै पेश गरेको रिट निवेदन सर्वोच्च अदालतका रजिस्ट्रार महेन्द्रनाथ उपाध्यायले दरपीठ गरेका थिए ।
बारको चुनावी भेला
बारले कार्यसमितिको निर्वाचनका लागि प्रगतिशील, पेशागत तथा समावेशी समूह र ‘बृहत् लोकतान्त्रिक समूह’ले छुट्टाछुट्टै चुनावी भेला गरेका छन् । चुनावी भेलालाई संशोधन गर्दै अध्यक्षका उम्मेदवार दुवैले निष्ठावान् र प्राज्ञिक न्यायलय बनाई न्यायपालिकाको प्रमुख प्रतिपक्षको भूमिका निर्वाह गर्नका लागि आ–आफ्नो समूहले जित्नुपर्ने जिकिर गरेका थिए ।
प्रगतिशील, पेशागत तथा समावेशी समूहका तर्फबाट अध्यक्षका उम्मेदवार वरिष्ठ अधिवक्ता चण्डेश्वर श्रेष्ठले बारलाई व्यावसायिक, प्राज्ञिक र मर्यादिन बार बनाउन र स्वतन्त्र तथा निष्पक्ष न्यायपालिका निर्माणका लागि आफ्नो समूहले जिप्नुपर्नेमा जोड दिएका थिए । लोकतान्त्रिक समूहका अध्यक्षका उम्मेदवार सुनील पोखरेलले नेतृत्व केन्द्रितभन्दा पनि नीति केन्द्रित बार बनाइ प्राज्ञिक र भ्रष्टाचारमुक्त बार बनाउनका लागि आफ्नो समूहले जित्नुपर्नेमा जिकिर गरेका छन् ।
बारमा एक अध्यक्ष, एक महासचिव, एक कोषाध्यक्ष, महिला उपाध्यक्ष एक जना र सातै प्रदेशबाट एक÷एक जना गरी आठ जना उपाध्यक्ष निर्वाचित हुनेछन् । गत फागुन ६ गते मनोनयन दर्ता गरेको थियो । बारको २५ कार्यसमितिका लागि ६३ जनाको उम्मेदवारी परेको छ । देशभर रहेका १० हजार ३१३ मतदाताले ३५ मतदान केन्द्रबाट मतदान गर्नेछन् ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपबर्दियामा मृतावस्थामा पाटेबाघ फेला पर्यो
जेठ ६, २०८१ आइतबार
कस्तो छ आजको मौसम पूर्वानुमान ?
जेठ ५, २०८१ शनिबार
लागुऔषधको कुलतबाट विद्यार्थी जोगाउन अभियान
जेठ ४, २०८१ शुक्रबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
हावाहुरीले उदयपुरमा करोडौँको क्षति
जेठ ६, २०८१ आइतबार
ट्राफिक प्रहरी जवानको हत्या आरोपमा ६ जना पक्राउ
जेठ ६, २०८१ आइतबार
प्रतिनिधिसभाको बैठक बस्दै, प्रधानमन्त्रीले विश्वासको मत लिने कार्यसूची
जेठ ७, २०८१ सोमबार
मानसरोवर यात्राः रसुवागढी नाकामा बढ्याे चहलपहल
जेठ ७, २०८१ सोमबार
म्यानचेस्टर सिटीले जित्यो प्रिमियर लिगको उपाधि
जेठ ७, २०८१ सोमबार
दमौलीको मुख्यचोकका सटरमा भीषण आगलागी
जेठ ७, २०८१ सोमबार
कस्तो छ आजको मौसम पूर्वानुमान ?
जेठ ७, २०८१ सोमबार
प्रधानमन्त्री प्रचण्डले आज विश्वासको मत लिँदै
जेठ ७, २०८१ सोमबार