उ बेलाका ‘प्रचण्ड’ : रङ कडा, चिनी कम दूध चियाका पारखी !
इन्द्र रिजाल
चैत १६, २०७५ शनिबार १४:४३:४९
ललितपुर । ०४७ साल ताकाको कुरा हो, डीडीसी र सीताराम ब्रान्डका दूध भर्खरै आउन थालेका थिए । ललितपुरको बगलामुखीस्थित कुम्भेश्वर मन्दिर परिसरमा त्यति बेला चिया बेच्थिन्— शान्ति खड्गी । चियाको मूल्य प्रतिकप तीन रुपैयाँ थियो । कुनोमा रहेको उनको पसलमा थुपै्र मानिस चिया पिउन आउँथे ।
खड्गीको परिवार बेरोजगार थियो । त्यसैले गहना बेचेर उनले चिया पसल खोलिन् । पसल खालेको केही वर्षपछि पुष्पकमल दाहाल नियमितजसो आउन थाले यहाँ । ‘रङ कडा, चिनी कम भएको दूध हालेकै चिया रुचाउँथे दाहाल’, खड्गी भन्छिन्, ‘दाहालपत्नी सीता पनि आउँथिन् । दुवैले दूध चिया रुचाउँथे । उनका छोरा प्रकाश र छोरीहरू भने आक्कलझुक्कल मात्रै देखिन्थे । खासै चिया खाँदैनथे ।’
दाहाल चिया पिउँदै राजनीतिक गफ गर्थे । चासोसाथ पत्रपत्रिका पढ्थे । राजनीतिक परिवर्तनका बहस गर्थे । घोत्लिइरहन्थे । तर उनी एकाएक गायब भए । एकाएक हराउने व्यक्ति दाहाल हुन् भन्ने थाहा थिएन, ५६ वर्षीय खड्गीलाई । त्यसैले त उनी चिया खान आउन छाडेकोमा उनलाई खासै वास्ता पनि लागेन । तर जब पत्रपत्रिकामा उनकोे तस्बिर छापियो, त्यसपछि भने उनलाई अचम्म लाग्यो । ‘विभिन्न पत्रपत्रिकामा समाचार छापिन थालेपछि मात्रै चिया खान आउने दाहाल रहेछन् भन्ने थाहा पाएँ’, उनले भनिन्, ‘त्यति बेला अचम्म लाग्याथ्यो ।’
उनको मस्तिष्कमा त्यो बेलाका दाहालको आकृति, वेशभूषा, भावभंगिमा स्पष्ट छ । त्यो बेलाको सम्झना गर्दै भनिन्, ‘त्यति बेला पनि दाहालले अहिलेको जस्तै कपाल मिलाउँथे ।’ यो समाचार नितु घलेले अन्नपूर्णमा लेखेकी छन् ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपसंसदीय छानबिनको सूचीमा नअटाएको माओवादी निकट गतिशील सहकारीको २ अर्ब हिनामिना
जेठ १६, २०८१ बुधबार
सशस्त्रमा आईजीपी अर्याल विरुद्ध मोर्चाबन्दी !
जेठ १६, २०८१ बुधबार
सशस्त्रमा आईजीपी अर्याल विरुद्ध मोर्चाबन्दी !
नेपालबहस संवाददाता
जेठ १६, २०८१ बुधबार
के हो गृहमन्त्री लामिछानेको महिनावारी फण्डा ?
नेपालबहस संवाददाता
जेठ १५, २०८१ मंगलबार
सशस्त्रमा आईजीपी अर्याल विरुद्ध मोर्चाबन्दी !
जेठ १६, २०८१ बुधबार
झापामा हुरीबतासले करोडौँको क्षति, विद्युत् आपूर्ति बन्द
जेठ १६, २०८१ बुधबार
वि.सं. २००७ सालपछिको राजनीति: अस्थिरताको पर्याय
जेठ १६, २०८१ बुधबार
हान्सी फ्लिक बने बार्सिलोनाको प्रशिक्षक
जेठ १७, २०८१ बिहिबार
भारतको दिल्लीमा अहिलेसम्मकै उच्च गर्मी, तापक्रम ५२.३ डिग्री
जेठ १७, २०८१ बिहिबार
राष्ट्रिय परिचयपत्र बनाउन लामबद्ध सेवाग्राही
जेठ १७, २०८१ बिहिबार
विद्यार्थीलाई झोला उपहार
जेठ १७, २०८१ बिहिबार
सुर्खेत जीप दुर्घटनाः मृतकको सङ्ख्या ४ पुग्यो
जेठ १७, २०८१ बिहिबार
जनकनन्दिनी बन्यो पूर्णखोप पालिका
जेठ १७, २०८१ बिहिबार