नेपाल एयरलाइन्सको भाडामा मनपरी, सीताले यात्रु बोक्नै छोड्यो
इन्द्र रिजाल
चैत १७, २०७५ आइतबार १४:२६:११
हुम्ला । नेपाल एयरलाइन्स कम्पनीका कर्मचारीहरूकाे मनपरि उडानले गर्दा यात्रुहरुले सास्ती खेप्नु परेको छ ।
नेपालगञ्जस्थित नेपाल एयरलाइन्सको कार्यालयले एक हप्ताअघि वितरण गरेको जहाजको टिकट विभिन्न कारण देखाउँदै विमानस्थलमा बोलाउने र फर्काउने गरेको सिमकोट गाउँपालिका–८ निवासी छक्कबहादुर शाहीले बताए ।
आफू नेपाली सेना पाल्पा ब्यारेकमा कार्यरत भएको बताउने शाही २० दिनका लागि घर बिदा लिएर आएको र जहाजको टिकट धाउँदा २ हप्ता बितिसक्यो, अब घर कसरी जाने भन्ने बारेमा चिन्ता गरे ।
नेपालकै ७७ वटा जिल्लामध्ये सडक यातायातले नछोएको हुम्ला जिल्लामा सरकारी स्वामित्वको जहाजले समेत उडानमा ठग्दै आएको सिमकोट उडानका लागि जहाज टिकट लिएर बसेका शाहीले गुनासो गरे ।
नेपाल एयरलाइन्सको नियमित उडान भर्ने भनिए पनि जहाजमा कहिले प्राविधिक गडबडी त कहिले कर्मचारी समस्या देखाउँदै उडान स्थगित गर्दै आएको विमानस्थलमा कार्यरत नाम नबताउने शर्तमा एक कर्मचारीले बताए ।
दुर्गम हुम्लाको सिमकोट विमानस्थलमा उडान भर्दै आएका निजी सीता एयरलाइन्स कम्पनीले यात्रु बोक्न छोडेर काग्रोको समानमा चर्को भाडा असुल्दै उडान गरेको छ । यो समाचार आजको नेपाल समाचारपत्रमा अर्जुन बोहोराले लेखेका छन् ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपसंसदीय छानबिनको सूचीमा नअटाएको माओवादी निकट गतिशील सहकारीको २ अर्ब हिनामिना
जेठ १६, २०८१ बुधबार
सशस्त्रमा आईजीपी अर्याल विरुद्ध मोर्चाबन्दी !
जेठ १६, २०८१ बुधबार
सशस्त्रमा आईजीपी अर्याल विरुद्ध मोर्चाबन्दी !
नेपालबहस संवाददाता
जेठ १६, २०८१ बुधबार
के हो गृहमन्त्री लामिछानेको महिनावारी फण्डा ?
नेपालबहस संवाददाता
जेठ १५, २०८१ मंगलबार
झापामा हुरीबतासले करोडौँको क्षति, विद्युत् आपूर्ति बन्द
जेठ १६, २०८१ बुधबार
वि.सं. २००७ सालपछिको राजनीति: अस्थिरताको पर्याय
जेठ १६, २०८१ बुधबार
विकल पौडेललाई थुनामा पठाउने अदालतको आदेश
जेठ १६, २०८१ बुधबार
माधव नेपालको ओहोर-दोहोरले सत्ता समीकरणमा तरंग
जेठ १७, २०८१ बिहिबार
इजरायली सेनाद्वारा गाजाबाट इजिप्ट जाने सीमा नियन्त्रण
जेठ १७, २०८१ बिहिबार
इस्लामावादमा पनि बुद्ध जयन्ती मनाइयो
जेठ १७, २०८१ बिहिबार
ढकमक्क फुलेको ड्रागन फ्रुट
जेठ १७, २०८१ बिहिबार
हरियालीले हराभरा बनेको तनहुँको बैंडीफाँट
जेठ १७, २०८१ बिहिबार
घना बस्तीले भरिएको वीरेन्द्रनगरको पूर्वी क्षेत्र
जेठ १७, २०८१ बिहिबार