मध्यराति दिल्लीमा बन्धक बनाएका १२ नेपाली महिलाको उद्धार !
इन्द्र रिजाल
चैत १७, २०७५ आइतबार २१:१९:९
नयाँदिल्ली । इराक, कुवेत र दुबई पठाइदिने भन्दै केही महिना देखि नयाँदिल्लीको बाहिरी क्षेत्रमा पर्ने छावला थाना, द्वारकामा बन्धक बनाएर राखिएका १२ जना नेपाली महिलाको शनिबार मध्यराति उद्धार गरिएको छ ।
वैदेशिक रोजगारीमा संलग्न गिरोहले ती महिलाहरुलाई विगत केही महिनादेखि नयाँदिल्लीको ग्रामीण भेगका रुपमा चिनिने ती ठाउँमा कोठा भाडामा लिएर बन्धक बनाएर राखेका थिए। उनीहरुमध्ये ८ जनालाई कुतुब बिहारस्थित एउटा घरमा दुईवटा कोठामा र बाँकी चार जनालाई श्यामबिहारमा एउटा कोठामा राखिएको थियो।
दिल्ली महिला आयोग, दिल्ली प्रहरी, नेपाली दूतावास र केआई नेपालको संयुक्त टोलीले शनिबार राति छापामारेर उनीहरुको उद्धार गरेको हो। उद्धार गरिएका महिलाहरुले बताए अनुसार केहीलाई एक साता अघि र केहीलाई दुई महिनाअघि नै दिल्ली पुर्याइएको हो। उनीहरुलाई नेपालगञ्ज, सुनौली, काकडभिट्टा नाकाहुँदै बसमा ल्याइएको हो।
वैदेशिक रोजगारको गिरोहका एक सदस्य उदय रानाले उनीहरुलाई आकर्षक तलब सुविधा पाउने गरी घरेलु कामदारका रुपमा कुवेत, इराक र दुबई पठाइदिने प्रलोभन दिएको थियो। त्यसका लागि उनीहरुले रानालाई पासपोर्ट र बीसहजार देखि दुईलाखसम्म नगद बुझाएका थिए।
रानाको गिरोहले झापा, दाङ, धादिङ, मकवानपुर, रसुवा, कैलाली र प्यूठान घर भएका यी नेपाली महिलाहरुलाई सेटिङ मिलाएर सकेसम्म दिल्ली नभए म्यानमार हुँदै गन्तव्यमा पुर्याउने योजना बुनेको थियो। २२ देखि ४२ उमेरका यी महिलाहरुमध्ये एकजना मालदिभ्स र दुई कुवेतमा काम गरेर फर्किसकेका छन्।
करिब डेढ महिनाअघि पनि वैदेशिक रोजगारीका लागि भन्दै म्यानमारको बाटो हुँदै खाडी पठाउन लागिएका १७९ नेपाली महिलाहरुको उद्धार गरिएको थियो। मणिपुरको प्रहरी र दिल्ली दूतावासको समन्वयमा म्यानमारको सिमामा रहेका दर्जनौं होटलमा छापा मारेर ती महिलाहरुको उद्धार गरिएको थियो। शनिबारको घटनाले उक्त गिरोहले नेपाली महिलाहरुलाई गैरकानुनी रुपमा विदेश पठाउन म्यानमार रुटलाई अझै पनि प्रयोग गरिरहेको देखाउँछ।
उद्धार गरिएका महिलाहरुलाई आवश्यक कानुनी प्रक्रियापछि नेपाल फर्काइने बताइएको छ। उनीहरुका तर्फबाट रानाविरुद्ध छावला थानामा एफआइआर दायर गरिएको छ। मुद्दालगायतका कानुनी प्रक्रिया पूरा भएपछि नेपाल फर्काउने प्रक्रिया सुरु हुने केआई नेपालका दिल्ली प्रतिनिधि नविन जोशीले बताए।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपडीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
बालमन्दिर जग्गा हिनामिना आरोपीलाई पक्राउ नगर्न दबाब, अधिकांश भारततर्फ फरार
जेठ ४, २०८१ शुक्रबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ६, २०८१ आइतबार
हावाहुरीले उदयपुरमा करोडौँको क्षति
जेठ ६, २०८१ आइतबार
ट्राफिक प्रहरी जवानको हत्या आरोपमा ६ जना पक्राउ
जेठ ६, २०८१ आइतबार
७५ प्रतिशत नागरिक उच्च गुणस्तरको खानेपानीको पहुँच बाहिर
जेठ ६, २०८१ आइतबार
बर्दियामा मृतावस्थामा पाटेबाघ फेला पर्यो
जेठ ६, २०८१ आइतबार
बर्दियामा मृतावस्थामा पाटेबाघ फेला प¥यो
जेठ ६, २०८१ आइतबार
कञ्चनपुरको न्यायिक समितिमा इजलास र जनशक्ति अभाव
जेठ ६, २०८१ आइतबार
बिआरआई कार्यान्वयन योजना अन्तिम चरणमा
जेठ ६, २०८१ आइतबार
संसदीय छानबिन समिति गठन नभएसम्म संसद् बैठकमा अवरोध जारी रहन्छ : कांग्रेस
जेठ ६, २०८१ आइतबार