तीन कम्पनीको १६ लाख ४५ हजार कित्ता शेयर सूचीकृत
इन्द्र रिजाल
चैत १९, २०७५ मंगलबार १८:९:४३
काठमाडौं । नेपाल स्टक एक्सचेञ्जमा चैत १८ गते सोमबार १६ लाख ४५ हजार ७९८ दशमलव ६० कित्ता शेयर सूचीकृत भएको छ। तीन कम्पनीको बोनस र हकप्रद गरि सो परिमाणमा शेयर सूचीकरण भएको हो।
स्टकका अनुसार सांग्रिला डेभलपमेन्ट बैंक र सिन्धु विकास बैंकको बोनस शेयर तथा लुम्बिनी विकास बैंकको हकप्रद सूचीकरण भएको हो। सूचीकरणसँगै सम्बन्धित बैंकका शेयरधनीले उक्त शेयरहरु खरिद बिक्री गर्न सक्नेछन्।
सांग्रिला डेभलपमेन्ट बैंकले १० लाख २ हजार ५५४ कित्ता बोनस शेयर सूचीकरण गराएको हो। बैंकको गत पुस ३० गते सम्पन्न चौधौं वार्षिक साधारण सभाबाट आर्थिक वर्ष २०७४/७५ को मुनाफाबाट चुक्ता पूँजी दुई अर्ब ५० करोड ६३ लाख ८५ हजार रुपैयाँको ४ प्रतिशत बोनस शेयर र ५.४५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित भएको थियो। सोही बोनस अहिले सूचीकरण गरिएको हो।
यसैगरि सिन्धु विकास बैंकको २ लाख ८० हजार ८०८ दशमलव १६ कित्ता बोनस शेयर सूचीकृत भएको छ। सिन्धुको गत असार ३१ गते सम्पन्न आठौं वार्षिक साधारण सभाबाट आर्थिक वर्ष २०७३र७४ को मुनाफाबाट चुक्ता पूँजीको ५.९५ प्रतिशत बोनस पारित भएको थियो । सोही बोनस शेयर सोमबार बल्ल सूचीकृत भएको हो।
उता लुम्बिनी विले पनि सोमबार नै ३ लाख ६२ हजार ४३६ दशमलव ४४ कित्ता हकप्रद शेयर सूचीकृत गराएको छ । बैंकले २०७४ माघ ११ देखि फागुन २३ सम्म चुक्ता पूँजीको १० प्रतिशत हकप्रद निष्काशन गरि अवितरित शेयर लिलाम बढाबढमा बिक्री गरि सूचीकरण गर्न बाँकी उक्त परिमाणको संस्थापक शेयर सोमबार सूचीकरण भएको हो ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपडीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
बालमन्दिर जग्गा हिनामिना आरोपीलाई पक्राउ नगर्न दबाब, अधिकांश भारततर्फ फरार
जेठ ४, २०८१ शुक्रबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ६, २०८१ आइतबार
ट्राफिक प्रहरी जवानको हत्या आरोपमा ६ जना पक्राउ
जेठ ६, २०८१ आइतबार
हावाहुरीले उदयपुरमा करोडौँको क्षति
जेठ ६, २०८१ आइतबार
७५ प्रतिशत नागरिक उच्च गुणस्तरको खानेपानीको पहुँच बाहिर
जेठ ६, २०८१ आइतबार
बर्दियामा मृतावस्थामा पाटेबाघ फेला पर्यो
जेठ ६, २०८१ आइतबार
बर्दियामा मृतावस्थामा पाटेबाघ फेला प¥यो
जेठ ६, २०८१ आइतबार
कञ्चनपुरको न्यायिक समितिमा इजलास र जनशक्ति अभाव
जेठ ६, २०८१ आइतबार
बिआरआई कार्यान्वयन योजना अन्तिम चरणमा
जेठ ६, २०८१ आइतबार
संसदीय छानबिन समिति गठन नभएसम्म संसद् बैठकमा अवरोध जारी रहन्छ : कांग्रेस
जेठ ६, २०८१ आइतबार