महोत्तरीका १० वटा क्रसर उद्योग बन्द गर्ने निर्णय
इन्द्र रिजाल
चैत २०, २०७५ बुधबार १८:२६:६
गौशाला । महोत्तरी जिल्लामा अवैध रुपमा सञ्चालित १० वटा क्रसर उद्योगलाई जिल्ला समन्वय समितिले बन्द गर्ने निर्णय गरेको छ ।
जिल्ला समन्वय समितिले मापदण्ड पूरा नगरी जिल्लाको चुरे क्षेत्र र रातु नदीलाई प्रभावित गर्ने उद्देश्यले अवैधरुपमा सञ्चालित महोत्तरी गोल्ड क्रसर इ प्रालि बर्दिवास, नमोबुद्ध बालुवा गिट्टी प्रशोधन भङ्गहा, जय भोलेबाबा वासिङसेन्टर बर्दिवास, मनोकामना रोडा बालुवा एग्रिगेसन बर्दिवास, सिद्धार्थ क्रसर उद्योग गौशाला, जय माँ राजदेवी गिट्टी बालुवा वासिङ सेन्टर गौशाला, जय माँ जल्पा बालुवा गिट्टी वासिङ सेन्टर गौशाला, बी एण्ड बी क्रसर उद्योग बर्दिवास, रमण क्रसर उद्योग बर्दिवास र दीपेन्द्र ठाकुरको नाम नखुलेको वासिङ सेन्टर गरी १० वटा क्रसर उद्योगलाई बन्द गर्ने निर्णय गरेको हो ।
जिल्ला समन्वय समिति संयोजक सुरेशप्रसाद सिंहको अध्यक्षतामा बसेको बैठकले ती उद्योगले जिल्ला अनुगमन तथा समन्वय समितिले माग गरेको क्रसर उद्योग सञ्चालनसम्बन्धी विवरण उपलब्ध नगराएकोमा ती उद्योग अवैधरुपमा सञ्चालनमा रहेको ठहर गर्दै बन्द गर्ने निर्णय गरेको छ ।
बैठकले ती उद्योग जिल्लाको चुरे क्षेत्र र रातु खोलाबाट नदीजन्य तथा ढुङ्गा, गिट्टी, बालुवा, खानीजन्य पदार्थको उत्खनन, सङ्कलन, बिक्री र स्टोकका लागि इजाजत, दर्ता र मापदण्ड पूरा नगरेको अनुगमनमा समेत फेला परेपछि ती उद्योग बन्द गर्ने निर्णय गरेको संयोजक सिंहले बताए । साथै ती १० वटै क्रसर उद्योगलाई सुरक्षा निकायमार्फत् बन्द गराइदिन हुन महोत्तरीका प्रमुख जिल्ला अधिकारीलाई पत्राचार गरेको छ ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपदूरसञ्चार प्राधिकरणले अन्य बक्यौतासहित २० अर्ब नतिरेसम्म एनसेलको लाइसेन्स नवीकरण नगर्ने
जेठ १८, २०८१ शुक्रबार
कैलालीमा दश महिनामा छ सय ६१ घरेलु तथा साना उद्योग दर्ता
जेठ १६, २०८१ बुधबार
‘लहान एक्पो’ मा एक करोड ५९ लाखभन्दा बढी कारोबार
जेठ १४, २०८१ सोमबार
घट्यो पेट्रोलियम पदार्थको मूल्य, ग्यासको यथावत
जेठ १८, २०८१ शुक्रबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ १९, २०८१ शनिबार
दरबार हत्याकाण्ड: जमिम शाहले भने, ‘आज ठूलै घटना भएको छ, पत्रिका प्रेसमा नपठाउनु’
जेठ १९, २०८१ शनिबार
मुगुमा यार्सागुम्बा संकलनमा गएका तीन जनाको मृत्यु
जेठ १९, २०८१ शनिबार
चीनमा खाद्य सुरक्षा कानुन लागु
जेठ १९, २०८१ शनिबार
नेपालको पूर्वी भूभागमा मनसुन भित्रिन अझै केही दिन लाग्ने
जेठ १९, २०८१ शनिबार
माछापुच्छ्रे बैंकद्धारा सल्यानको विद्यालयमा खानेपानी ट्याङ्की निर्माण
जेठ १९, २०८१ शनिबार
काठमाडौं महानगरले करारमा २४१ नगर प्रहरी भर्ना गर्दै
जेठ १९, २०८१ शनिबार