जन प्रर्दशनको तयारीमा देशभक्त जनगणतान्त्रिक मोर्चा : सिपि गजुरेल
इन्द्र रिजाल
चैत २१, २०७५ बिहिबार १२:४०:४१
काठमाडौं । राष्ट्रिय स्वाधिनताको रक्षा गरौँ, संघीय जनगणतन्त्र स्थापनाको लागि संघर्स गरौँ, देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालको प्रथम राष्ट्रिय सम्मेलन सफल पारौँ भन्ने मुल नाराका साथ देशभक्त जनगणतान्त्रिक मोर्चाले आगामी चैत्र २४ गते काठमाडौंमा जन प्रर्दशन गर्ने जानकारी को छ ।
बुधवार राजधानीमा पत्रकार सम्मेलन गर्दे मोर्चाका संयोजक सिपि गजुरेलले फागुन ७ गतेदेखि २१ गते सम्म देशको बिभिन्न भागमा सफलतापुर्वक सञ्चालन गरेको ‘मेचि–महाकालि जन जागरण अभियान’को उत्कर्षको रुपमा जन प्रर्दशन हुन गैरहेको बताए ।बर्तमान सरकार जनविरोधी र राष्टधाती भएको आरोप लगाउदै उनले सरकारलाई जनताको पक्षमा निणर्य गराउन आफ्नो पार्टीले जनप्रर्दशनको तयारीमा लागेको बताए ।
दुई तिहाइ बहुमतको आधारमा बनेको के पी ओली नेतृत्वको सरकारले ‘समृद्ध नेपाल,सुखी नेपाली’को कपोल कल्पित नारा भन्दा अरु केहि जनतालाई सुनाउन र देखाउन नसकेको उनको भनाई रहेको थियो । अहिलेको सरकारले जनतालाई के दियो रु अहिलेपनि पहिलेका राष्ट्रघाती कार्यहरु अहिलेपनि यथावत रहेको भन्दै उनले भारतले छापेर पठाएका नक्कली नक्सा मन्त्रालय लगायत सबै सरकारी कार्यालयहरुमा झुण्डाएको आरोप लगाए ।
सरकारले सार्वजनिक गरेको नक्सामा लिपुलेक, कालापानी, लिम्पियाधुरा नै भारतमा गाभिएको भन्दैे सातै प्रदेशले निकालेको नेपालको नक्साको क्षेत्रफल जोड्दा समग्र नेपालका कुल क्षेत्रफलमध्ये १००१९ वर्ग कि मि भारतमा नै गएको उनको भनाई रहेको छ ।जनताको ढाड सेक्नेगरि दैनिक उपभोग्य बस्तुहरुको मुल्य ३०० प्रतिशतसम्म बर्तमान सरकारको दोस रहेको उनको भनाई रहेको थियो ।
कार्यक्रममा उनले नेपाल आयल निगम भष्टाचारको केन्द्र रहेको बताउँदै नेपालमा जन्मन र मर्न पनि डराउनुपर्ने अवस्था रहेको प्रष्ट पारेका थिए । तिनै तहका निकायहरुले गरीव जनतामाथि करको नाममा लुट मच्चाईरहेको, देशमा भष्ट्राचार संस्थागत र खुला रुपमा भईरहेको भन्दै वाईड वडी विमान काण्ड यसको पछिल्लो प्रमाण उनको भनाई रहेको थियो ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपन्यून कार्बन उत्सर्जन गर्न ऊर्जा प्रभावकारी भवन निर्माण आवश्यक छ : उपप्रधानमन्त्री सिंह
असोज ११, २०८१ शुक्रबार
नेपाली कांग्रेस शिक्षा विभागमा १० सदस्य मनोनीत
असोज ११, २०८१ शुक्रबार
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा चङ्गा, ड्रोन र बेलुन उडाउनेलाई कारबाही गरिने
असोज ११, २०८१ शुक्रबार
उखु र दुध किसानको भुक्तानीका लागि रकम निकासा
असोज ११, २०८१ शुक्रबार
उपत्यकाका नदीहरुमा पानी सतह बढ्यो, बागमती नदीले खतराको तह पार गर्यो
असोज ११, २०८१ शुक्रबार
न्यायाधीश सिफारिस गरेकोप्रति बारको असन्तुष्टि
असोज ११, २०८१ शुक्रबार