जलवायु परिवर्तन : भौतिक र आर्थिक प्रभाव विश्वभरि तीव्र गतिमा बढ्दै
इन्द्र रिजाल
चैत २१, २०७५ बिहिबार १८:२५:४०
काठमाडौं । विश्वव्यापी तापमान वृद्धिका भौतिक र आर्थिक असरहरू तीव्र गतिमा बढिरहेको संयुक्त राष्ट्रसङ्घको मौसमसम्बन्धी निकाय डब्ल्यूएमओले बताएको छ।
उसका अनुसार अहिलेसम्मकै उच्च तहमा पुगेको हरितगृह ग्यासले विश्वको तापमान ‘निकै खतरनाक तहमा’पुर्याउँदैछ।यो विवरण डब्ल्ल्यूएमको २५औँ वार्षिक प्रतिवेदन ‘स्टेट अफ द क्लाइमेट’मा प्रकाशित भएको छ।
भर्खरै प्रकाशित अन्तर्राष्ट्रिय ऊर्जा निकाय आईईएको अर्को प्रतिवेदनले सन् २०१८ मा कार्बन डाइअक्साइडको मात्रा बढेको देखाएको थियो।
सर्वप्रथम सन् १९९३ मा डब्ल्यूएमओको प्रतिवेदन प्रकाशित हुँदा वायुमण्डलमा कार्बन डाइअक्साइडको मात्रा ३५७ पीपीएम थियो। अहिले बढेर यो मात्रा ४०५.५ पीपीएम पुगेको छ र थप बढ्ने अनुमान गरिएको छ।
कार्बन डाइअक्साइडको बढ्दो मात्राले तापमान वृद्धि भएको छ। सन् १८५० देखि १९०० को अवधिमा भएको तापक्रमभन्दा अहिलेको तापक्रम एक डिग्री सेन्टिग्रेडले बढी छ।
उक्त अध्ययनका अनुसार सन् २०१५ देखि २०१८ का वर्षा सर्वाधिक गर्मी भयो। अभिलेख राख्न थालेदेखि सन् २०१८ चौथौ सर्वाधिक गर्मी वर्ष हो। सन् २०१८ मा समुद्री सतह पनि पहिलाको विश्वव्यापी रूपमा औसत ३।७ मिलिमिटरले बढिरहेको छ।
सन् २०१८ मा भएका मुख्य मौसमी असर
प्रतिवेदनका अनुसार सन् २०१८ मा छ करोड २० लाख मानिसहरूलाई प्रभाव पार्ने घटना मौसमी विपद् चरम मौसम र जलवायुसम्बन्धी घटनासँग सम्बन्धित थिए । विश्व मौसम सङ्गठनका प्रमुखका अनुसार विश्वव्यापी तापमानका असर सन् २०१९ मा समेत निरन्तर देखिएको छ।’
मोजाम्बिक, जिम्बाब्वे र मलावीमा आएको इडाई समुद्री आँधी र त्यसले ल्याएको बाढीले ठूलो जनधनको क्षति पुर्यायो जुन दक्षिणी गोलार्धमा भएको मौसमसम्बन्धी सबैभन्दा ठूलो विपद् हुनसक्छ,’ सङ्गठनका महासचिव पेटेरी तालसले भने।
सो तथ्याङ्कका अनुसार छ वर्षभित्र ऊर्जा खपत तीव्र गतिमा बढेकाले सन् २०१८ मा कार्बन उत्सर्जन १.७ प्रतिशतले वृद्धि भएको छ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपसंसदीय छानबिनको सूचीमा नअटाएको माओवादी निकट गतिशील सहकारीको २ अर्ब हिनामिना
जेठ १६, २०८१ बुधबार
सशस्त्रमा आईजीपी अर्याल विरुद्ध मोर्चाबन्दी !
जेठ १६, २०८१ बुधबार
सशस्त्रमा आईजीपी अर्याल विरुद्ध मोर्चाबन्दी !
नेपालबहस संवाददाता
जेठ १६, २०८१ बुधबार
के हो गृहमन्त्री लामिछानेको महिनावारी फण्डा ?
नेपालबहस संवाददाता
जेठ १५, २०८१ मंगलबार
विकल पौडेललाई थुनामा पठाउने अदालतको आदेश
जेठ १६, २०८१ बुधबार
हाजिरी जमानीमा छुटे कैलाश सिरोहिया
जेठ १६, २०८१ बुधबार
नेप्सेको ओरालो यात्रा जारी, चार अर्ब २१ करोडभन्दा बढीको कारोबार
जेठ १७, २०८१ बिहिबार
एक महिनादेखि खानेपानीको अभाव : होटल व्यवसायी मर्कामा
जेठ १७, २०८१ बिहिबार
काठमाडौं उपत्यकाको तापक्रम ३३ डिग्री पुग्यो
जेठ १७, २०८१ बिहिबार
सादा पोसाकका प्रहरी हो भन्दै लुटपाट गर्ने व्यक्ति पक्राउ
जेठ १७, २०८१ बिहिबार
सिनामङ्गल क्षेत्रमा कालोपत्र गरिँदै
जेठ १७, २०८१ बिहिबार
अत्यधिक गर्मीले बाँकेमा खोप अभियान प्रभावित
जेठ १७, २०८१ बिहिबार