एमालेको उमेर हदले राजनीतिमा ल्याएको बहस
नेपालबहस संवाददाता
चैत २५, २०७९ शनिबार १०:५३:५९
२५ चैत्र, काठमाडौं । निजामति कर्मचारी, नेपाली सेना र प्रहरी जस्ता सरकारी जागिरमा ५८ देखि ६० वर्षको उमेर हद ताकिएको छ । सर्वोच्च अदालतका प्रधानन्यायाधीशले ६५ वर्षसम्म सेवामा बसेर काम गर्न पाउँछन् । निजामति जागिरमा पुरुषलाई ३५ वर्ष र महिलालाई ४० वर्षभित्र आवेदन दिन नपाइने व्यवस्था छ । सेवाबाट अवकाश पाएका विशिष्टहरुलाई निर्वाचन आयोग, मानवअधिकार आयोग जस्ता निकायहरूमा नियुक्त दिने प्रचलन छ । तर, राजनीतिमा उमेरको सीमा छैन ।
शासकीय स्वरुपले तय गरेका संस्थाहरुतर्फ सांसद बन्न न्यूनतम् २५ वर्ष तोकिएको छ । तर, यो पदमा माथिल्लो उमेरको हत ताकिएको छैन् । संसदका दुवै सदनको प्रमुख सभामुख र राष्ट्रिय सभापति अध्यक्ष बन्नका लागि ४५ वर्ष पार गरेको हुनुपर्छ । यही नियम उपसभामुख र उपाध्यक्षमा पनि छ । राष्ट्रपति र उपराष्ट्रपति बन्न पनि ४५ वर्षभन्दा माथिको नै हुनुपर्दछ । विवाहको उमेर पनि २० वर्ष ताकिएको छ । एउटा यस्तो क्षेत्र भनेको राजनीति हो । जहाँ सुरु गरेपछि मरणोपरान्त मात्र अवकास लिइन्छ । नेपालमा पनि राजनीतिमा उमेरहद विषयले समय समयमा चर्चा नपाएका होइनन् । तर, यी चर्चा इमान्दारी पुर्वक आएनन् । उमेर कटेकाले पद छोड्ने चाहना नदेखाएपछि पुस्तान्तरण नभएको र पुस्तान्तरण नहुँदा युवा पिँडीले अवसर नपाउने देखिएपछि यसलाई बहमा ल्याइएको थियो । माथिल्लो उमेरका नेताले पद नछाडेपछि तल्लो तहमा रहेका नेताहरुको उमेरले नाटो काटेपनि उनहिरु अहिलेसम्म युवा नेताका रुपमा नै परिचित छन् ।
वास्तामा ६० कटेपछि शारीरिक र मानसिकम रुपले पनि कामगर्ने क्षमतामा ह्रास आउने भएकाले यसपछिको उमेरमा सक्ने मात्र काम उनीहरूले गर्नुपर्छ भन्ने भनाइ हो । नेपालमा कुनै पनि पार्टी उमेर हदको व्यवस्था लागु छैन् । नेकपा एमालेले गएको महाधिवेशनपछि विधनमा नै यसको प्रबन्ध गरेको छ । त यो प्रबन्ध गर्दा केही नेतालाई समस्या परेको भन्दै यसलाई संशोधन गरेर हटाउनुपर्ने आवाज उठिरहेको छ । यसबारे नेकपा एमालेले पार्टी संरचनामा लागू गर्दै आएको अधिकतम उमेर हदको प्रावधानलाई हटाउन माग गर्दै वामदेव गौतम निकट नेता निमकान्त पाण्डेले निर्वाचन आयोगमा निवेदन नै दिएका छन् ।
पार्टीको यस्तो प्रावधानले पार्टीमा आबद्ध नेताहरूलाई विभेद् गरेको भन्दै पाण्डेले शुक्रबार आयोगमा निवेदन दिएका हुन् । उक्त प्रावधान नेकपा एमालेले अबलम्वन गर्दै आएको लेनिनवादी संगठनात्मक सिद्धान्त विपरीत गरेको उनको तर्क छ । नेकपा एमालेको ९ औं महाधिवेशनबाट पार्टी केन्द्रीय सदस्यका लागि ७० वर्षे उमेर हद लगाएको थियो । सोही प्रावधान पार्टीको विधान, नेपालको संविधान, प्रचलित कानुन र लोकतान्त्रिक मुल्य मान्यता विपरीत रहेको भन्दै नेता पाण्डेले खारेजीको माग गर्दै निर्वाचन आयोगमा उजुरी दिएपछि उक्त पाटीमा यसको पुनः बहस सुरु भएको छ ।
नेकपा एमालेको विधानको धारा ४ मा पार्टी सदस्यको योग्यता तोकिएको छ भने धारा ५ मा सदस्यता प्राप्त गर्ने प्रक्रिया तोकिएको छ । विधानको प्रस्तावनामा पार्टीको सार्वभौम अधिकार सदस्यहरूमा निहित रहनेछ भन्ने उल्लेख हुनुका साथै विधानको धारा ७५ बमोजिम पार्टी सदस्य भइसकेपछि सार्वभौम अधिकार प्राप्त हुने तथ्य स्थापित छ । पार्टी सदस्य पार्टीको महाधिवेशन वा अधिवेशन प्रतिनिधि भएपछि निजले पार्टीको नेतृत्वमा निर्वाचित हुन पाउने नैसर्गिक अधिकारमा विधानको अन्य कुनै पनि व्यवस्थाले बाधा पुर्याउन हुँदैन । प्रचलित जातीय तथा अन्य छुवाछुत र भेदभाव (कसुर र सजाय) ऐन, २०६८ को दफा ३ मा जातीय तथा अन्य सामाजिक छुवाछुत र भेदभाव गर्न नहुने व्यवस्था गरिएको छ ।
यसबाट कसैलाई कुनैपनि भेदभाव गर्न नहुने स्पष्ट छ । यस्तो अवस्थामा एमालेको विधानको धारा ६४ मा उल्लेख गरिएको सबै तहको कार्यकारी कमिटीको पदाधिकारी वा सदस्यमा निर्वाचित वा मनोनित हुन ७० वर्ष उमेर पुरा नभएको हुनुपर्नेछ भन्ने उल्लेख छ । यो व्यवस्था पार्टीको विधानको प्रस्तावना र धारा ४ सँग स्पष्ट रुपमा बाझिएको छ । एमालेको उमेर हदको प्रावधानले राजनीतिक दल सम्बन्धी ऐन २०७३ को दफा ४३ आकर्षित हुने केहिको तर्क छ । एमाले बाहेक कांग्रेसमा पनि उमेर हदको विषय उठेको थियो तर, यसले वैधानिकता पाएको छैन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएक एआईजी र एक डीआईजीका लागि दर्जन अधिकृतहरुको दौडधूप !
असार २४, २०८१ सोमबार
सत्ता समीकरणमा हलचल ल्याउने बेचनको बेचैनीमाथि प्रहरीको अनुसन्धान
असार २४, २०८१ सोमबार
एमालेमा अर्थमन्त्री भेटिएन, गृह मन्त्रालय नलिन कांग्रेसमा दवाव
नेपालबहस संवाददाता
असार २४, २०८१ सोमबार
एमालेमा अर्थमन्त्री भेटिएन, गृह मन्त्रालय नलिन कांग्रेसमा दवाव
असार २४, २०८१ सोमबार
आइओएफद्वारा लगातार ४० प्यालेस्टिनीको हत्या
असार २४, २०८१ सोमबार
बागलुङमा पहिलाे पटक भेटियो कालाजार
असार २४, २०८१ सोमबार
सुदूरपश्चिममा बाढी, डुबान र पहिरोमा परी ५ जनाको मृत्यु, २ बेपत्ता
असार २४, २०८१ सोमबार
बाढीपहिरोले १९ राजमार्ग अवरुद्ध, १४ वटा सडकखण्ड एकतर्फी सञ्चालनमा
असार २४, २०८१ सोमबार
बेनी–जोमसोम सडक चार दिनपछि सञ्चालन
असार २४, २०८१ सोमबार
उद्योग वाणिज्य महासंघको अध्यक्ष अब प्रत्यक्ष निर्वाचित हुने
असार २४, २०८१ सोमबार